उम्मेदवार श्रेष्ठको गाडी तोडफोड !

२०७९ कार्तिक ३० गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी चितवनका कार्यकर्ताहरुले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी भरतपुरमा तोडफोड गरेका छन ।
चितवन क्षेत्र नं. २ बाट नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको हो । बा ३ च २०५० नम्बरको प्राडो कारमा नेकपाका कार्यकर्ताले आज बिहान ११ बजेतिर तोडफोड गरेको जनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी चितवनले कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले राष्ट्रघाति एमसीसी पास गर्न अग्रिम पङ्तीमा रहि भूमिका खेलेको , राष्ट्रघाती नागिरता विधेयकको पक्षमा ओकालत गरेकाे , दलाल पूँजीवादको मतियार बनेको , शैक्षिक माफियाको रुपमा निरन्तर क्रियाशील हुँदै आएको , आफ्नै संसद विकाश काेषको दुरुपयाेग गर्दा पनि मुखदर्शक बनेकाे , अर्बाैं काे अवैध सम्पत्ति थुपारेकाे , जनता र आफ्नै पार्टीको व्यापक विराेधकाे बावजुत भू – माफिया तथा दलालसँग मिलि कमिसनकाे जालाे निर्माण गरेको भन्दै सांकेतिक कारवाही गरेको जनाएको छ।
श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला नेकपा चितवनका कार्यकर्ताले गाडी सिसा फुटाएर सांकेतिक कारवाही गरेका थिए । नेकपाले मंसिर ४ को संसदीय निर्वाचन खारेज गर्ने निर्णय गरेको छ भने निर्वाचन खारेजीका लागि देशव्यापी वालिङ , पोस्टरिङ , भण्डाफोर सभा , कोणसभा ,घरदैलो अभियानहरु संचालन गरिरहेको छ ।
यसैक्रममा नेपाली कांग्रेस चितवन क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार उमेश श्रेष्ठ माथि Mcc पास गराउन भुमिका खेलेकाेले साङ्केतिक कार्वाही।। र अन्य कारणहरु तल उल्लेख गरिएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु