चाटर्ड उडान भैरहवाबाट मात्रै !

२०७९ कार्तिक १४ गते, सोमबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै सम्पूर्ण चाटर्ड उडानलाई भैरहवाबाट गर्नुपर्ने निर्णय गरेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई जाडो याममा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिरकणले विदेशबाट आउने चार्टर्ड उडान भैरहवा पठाउन सुरु गरिसकेको छ । यस्तै, प्राधिकरणले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई सातामा कम्तिमा दुई दुई उडान भैरहवाबाट गर्नैपर्ने ब्यवस्था पनि गरेको छ । दैनिक तीनभन्दा बढी उडान गर्ने वायुसेवा कम्पनीले पुरानो गन्तव्यमा थप उडान गर्न भैरहवाबाटै उड्नुपर्ने नियम पनि बनाइएको छ ।
विदेशी वायुसेवा कम्पनीहरुलाई डिसेम्बर १५ सम्ममा भैरहवामा उडान भर्ने तालिका बनाउन भनिएको छ । प्राधिकरणले भैरहवाबाट उडान नगरेको भन्दै आइतबार नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिदिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु