नेकपा सल्यानले जाडरक्सी, जुवातास, मुल्यवृद्धि, कालोबजारी नियन्त्रणको लागि अभियान चलाउने

२०७९ आश्विन ११ गते, मंगलवार


काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी सल्यानको छैठौं जिल्ला समितीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ। सोमबार सम्पन्न बैठकले चाडपर्वमा हुने जाडरक्सी, जुवातास, मुल्यवृद्दी, कालोबजारी नियन्त्रणको लागि सचेतना अभियान संचालन गर्ने निर्णय गरेको छ। नेकपा सल्यानका सेक्रेटरी मदन चन्दले बैठकका निर्णयहरु सार्वजनिक गर्न आज एक प्रेस बिज्ञप्ति जारी गर्दै जाडरक्सी, जुवातास, मुल्यवृद्दी, कालोबजारी नियन्त्रणको लागि सचेतना अभियान संचालन गर्ने निर्णय भएको जनाएका छन।
यस्तै बिज्ञप्तिमा यहि असोज २५ गतेदेखि ३१ गतेसम्म कपिलवस्तुमा हुन गइरहेको पार्टीको नवौं महाधिवेशनको तयारीलाइ तिब्र पार्दै जिल्लाबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गरिएको,आउदै गरेको दशै तिहार लगाएतका चाडपर्वहरुमा यात्रुहरुको चाप बढ्ने हुँदा यसलाइ व्यवस्थित गर्न यातायात व्यवसायी र प्रशासनलाई अनुरोध गर्ने,ट्राफिक सचेतनाको लागि यातायात व्यवसायी,गाडी चालक र यात्रुहरुलाइ समेत जिल्लाका विभिन्न ठाउमा सचेतना अभियान चलाउने लगाएतका निर्णयहरु गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
नेकपाका केन्द्रिय सदस्य एवम सल्यान जिल्ला इन्चार्ज सबिन पोख्रेलको प्रमुख आतिथ्य,नेकपा सल्यानका निवर्तमान जिल्ला सेक्रेटरी नारायण चन्दको बिशेष उपस्थितिमा बसेको बैठकको अध्यक्षता नेकपा सल्यानका सेक्रेटरी मदन चन्दले गरेका थिए।

प्रतिक्रियाहरु