चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

२०७९ श्रावण १० गते, मंगलवार

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ । स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका केसीलाई देउवा सरकारले बार्डको अध्यक्षमा नियुक्त गरेको हो । उनले अहिलेसम्म सयौँ चलचित्रमा अभिनय गरेका छन्। उनी नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायक तथा चलचित्र निर्माता पनि हुन् ।

प्रतिक्रियाहरु