गुण पहिचान गर्ने क्षमता राख

२०७९ बैशाख १६ गते, शुक्रबार
सुमन सिंह

यतिबेला हाम्रो पार्टीमा एक प्रकारको संकट आएको छ । यो संकटले हाम्रो पार्टीप्रति आकांक्षा राख्ने श्रमजीवि जनतालाई दुःखी तुल्याएको छ । बिरोधीहरुलाई सकुन मिलेको छ । बीचका खेलाडीहरुलाई रोमान्स अनुभूति भएको होला । सिद्धान्तका डिङ हाक्नेहरुलाई यो बेला आपूmलाई बिक्न निकै सहज बनेकै छ । आमजनता हामीलाई आशाको नजरले हेर्छन । हाम्रो नीति र हाम्रो नेतृत्वप्रति बिश्वस्तताको उचाइ आज कोही पार्टी र नेतासँग छैन यो नै सत्य हो । तर, अन्तिम सत्य होइन । यदि हामीले बाटो बिरायौं भने अवश्य अर्को बिकल्प जन्मन्छ, जन्माउनु पर्छ नै । तर, नीति र नेतृत्व सही होउन्जेल अर्को बिकल्प म हुँ भनेर कसैले दाबी त गर्न सक्छन तर खडा हुन सक्दैनन् । यसको अर्थ कसैको बुझाई प्रतिको निषेध होइन । बस्तु विकासको नियमले नै यसै भन्छ । हाम्रो पार्टीमा देखिएको छताछुल्ला बिवादसँगै कुण्ठा प्रेरित बिभाजन, हाम्रो बैचारिकी र नेतृत्वदायी दरिद्रता छताछुल्ल भएको छ । बिवाद सिद्धान्तको जगमा छैन– जो सबैले दिनको चारवटा अन्तर्वार्ता मिडियामा हेर्न पाएकै छौं । बस्तुलाई बुझ्ने ठिक चेतना हामीसँग छ भने दूधको दूध पानीको पानी अगाडि प्रस्तुत छ । एकीकृत जनक्रान्तिलाई जस्ताको तस्तै बोध गर्ने र कार्यनीतिहरुलाई सोही अनुरुप बुझ्ने र कार्यन्वयन गर्ने क्षमता प्राबिधिक होइन, सैद्धान्तिक मामला हो । आरोप जता लगाए पनि भयो तर वाकयुद्धमा खरो गरि एकपक्षिय ढंगले उत्रिएका कमरेडहरुको कुरा सुनेपछि सिद्धान्तको कुरा कम कुण्ठाप्रेरित बिक्षिप्तता स्पष्ट देख्न पाइन्छ ।

चुनाव रणनीतिको मामला होइन । यो अस्थायी कार्यनीति हो । सधैँ बहिस्कार भनिरहनु वा सधैँ प्रयोग भनिरहनु बरु यी दुबै अति रणनीति बन्न सक्छन् । अहिलेको सन्दर्भलाई हेरेर समाजलाई बुझ्नु र आफ्नो आत्मगत अवस्थालाई हेर्दै कार्यनीति बनाउनु पर्छ । धेरै कुरा छैन– विश्व दुई ध्रुबमा स्पष्ट भएको ब्यबहारिक प्रमाण युक्रेन युद्ध । एमसिसी हुँदै आन्तरिक नियन्त्रणभन्दा बाहिर गैसकेको देशको राजनीति । संसदिय ब्यवस्था र संसदवादीहरुको रास्ट्रघातमा पतन । र जनता बिकल्पको लागि तयार बनेको परिस्थिती । सबै छ्याङ्ग नखोलौं तर यी सन्दर्भहरुलाई बुझाई दिंदा एउटा सामन्य मानिसले पनि छर्लङ्ग देख्न सक्छ अब के हुन्छ र के गर्नु पर्छ । हो हामीले चुनाव प्रयोगको कार्यनीति तय ग¥र्यौं । एमसिसी र रास्ट्रघात बिरोधी स्वतन्त्र उम्मेदवारलाई सहभागी गराउने र सहयोग गर्ने । संसदिय ब्यवस्थाको भण्डाफोर गर्ने । यो निर्णय हामी सबैले एकमतले ग¥र्यौं । र यो किन ? दस्ताबेजले अझ राम्रोसँग स्पष्ट गरेको छ । तर यसको ब्याख्यालाई यति मनोगत बनाउँदै लगियो यो हेर्दा लाग्छ जेलबाट ल्याएको ब्रह्माश्त्र त यो नै रहेछ । सहभागी गराउने भनेको घरमा सुत्ने अनि कोही स्वतन्त्र उठे भने सहयोग गर्ने भनेको हो ? वा महान दार्शनिक बन्दै रोईलो गर्दै कोठाकोठा चाहार्ने भनेको हो ! वा के हो ? तर हामी के बुझ्छौं भने स्वतन्त्र उम्मेदवारहरुलाई उम्मेदवार बनाउने र त्यो मंचलाई प्रयोग गरेर ध्रुबिकरण बढाउने, संगठनलाई बिस्तार गर्ने, जनतालाई हाम्रो नीतिको वरिपरि गोलबद्ध हुन सहज बनाईदिने र क्रान्तिको समग्र परिस्थितिको नेतृत्व गर्ने तहमा पार्टीलाई सुदृढ गर्ने यही हो यसको मक्सद । हामीलाई भन्दा कंयौ ज्यादा सचिबालयका कमरेडहरुलाई महासचिवले बिस्तारमा भन्नू भएको छ । तर उहाँहरु तयार हुनु हुन्न यसलाई बोध गर्न । र उहाँहरु त्यही रटान लाउँदै हुनुहुन्छ कि चुनाव प्रयोग पछि हामी संसदवादमा फंस्छौं ! यस्तो लाग्नेहरुले आफैंलाई प्रश्न गरुन– के म यति कांचो र कमजोर छु ? के मैले बनाएको पार्टी यती कमजोर धरातल र कमजोर बस्तुगत संभावानामा अवस्थित छ ? जवाफ के आउँछ यसलाई यान्त्रिक वा जडशुत्र अतिले नहेरि द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले हेरौं । हामी सबैले पार्टी यो देशको बिकल्पको रुपमा अगाडि आएको रिपोर्ट सगर्व राख्ने गरेका छौं । उसो हो भने यसले नेतृत्वदायी भूमिकामा बसेर सम्पूर्ण संभावनाको परिचालन गर्नु पर्छ कि पर्दैन ? हामी चुनाव बहिस्कार पनि गर्न सक्थ्यौं । तर प्रयोग वा बहिस्कारमध्ये अगाडि देखापरेको क्रान्तिलाई फाईदा पुग्ने संभावनालाई कसले फाईदा पु¥याउँछ ? यो भेउ नपाएपछि होस गुम भएका ¥यापर जस्तो मात्र भएको स्पष्ट छ । अहिले निर्वाचन प्रयोगको मंचलाई टेकेर हामी जनतामा जाँदै रास्ट्रघात र संसदवादको भन्डाफोर गर्नु पथ्र्यो । तर, बिडम्बना आ–आफ्नो डम्फु बजाउने लम्फु तालले अवश्य पार्टीलाई क्षती ग¥यो । तर यो क्षती यसै यतिकै कुनै सिद्धान्त वा कुण्ठको मात्र मामला होइन । केन्द्रिय समितिको बैठकमा भएका हरेक कुरा बाहिर मिडियामा छताछुल्ल हुन थाल्दै गर्दा मलाई पार्टी बाहिरि षड्यन्त्रको घेरामा छ भन्ने लागेको थियो । यो देशमा आज रास्ट्रीय स्वाधिनता संघर्षको मोर्चा प्रधान मोर्चा बन्दै गएको छ । दस्ताबेजमा उल्लेख छ– “रुस र युक्रेनबीचको युद्ध रुसी विजयमा सकिन्छ या युरोपव्यापी फैलिन्छ या विश्वस्तरमा पुग्छ क्रमशः खुल्दै जानेछ तर परिणाम जे आए पनि अबको दुनियाँ शान्त र एक पक्षीय नरहने निश्चित छ । पूर्वको ताइवानदेखि मध्यपूर्वको इरान, सिरिया पश्चिमका भेनेजुएलासम्म यसका तरङ्गहरु देखा पर्दै जाने छन् । विश्वले एकपछि अर्को पूँजीवादी विपत्तिहरुको सामना गर्नु पर्नेछ ।”

एमसिसी पास भएसंगै अन्तर्राष्ट्रिय शक्तिसंघर्षको तरलतामा गिजोलिएको नेपालको राजनीतिक चलखेल हाम्रो पार्टी भित्रको तरङ्गलाई सुता सुता नाप्दै कुण्ठाग्रस्त छिद्रहरुबाट भित्र छिर्यो र आज यसले बितण्डता शुरु गरेको छ । मेरो यो निष्कर्ष होइन तर यो निष्कर्षको नजिक भने अवश्य छ । किनभने हामीले बलिदान गरेर निर्माण गरेको पार्टी, यो पार्टीका नेताहरुमा देखिएको आफैप्रतिको अविश्वसनियता, चरम कुण्ठा, अराजक मनोरोग, र सिद्धान्तहीन हुत्याईले यो त्यतिकै भएको छैन सहजै भन्न सकिन्छ ।

महासचिब निवाश, कृषि कम्युनको लागि जग्गा, आवश्यक पर्ने सवारी साधन यी निर्णय गरेर योजनाबद्ध ढंगले सोचिएका विषय हुन । आज तिनैलाई उछालिएको छ । हामी पार्टीबाटै निर्णय गराएर– सुदर्शन, कंचन र बिसमलाई गाडि खरिद गरिदिन सक्छौं । एक प्रदेशमा एउटा एउटा दर्बिलो कम्युन निर्माण गरिदिन सक्छौं । आवश्यक छ भने आवास निर्माण गरिदिन सक्छौं । यति कुरा हाम्रो पार्टीको एउटै मुटु एउटै ज्यान भएका कन्चन, सुदर्शन र महासचिबको बीच छलफल नै हुन नसक्ने र गर्नै नसकिने विषय थियो र ? अनि सिंगो पार्टीले मान्दै नमान्ने कुरा थियो र ? यो सकिन्थ्यो तर यहाँ यसलाई यसरी बरालिएको छ त्यो छर्लङ्ग छ । यसका पछाडि के छ – पर्दापण हुन अलिकति समय लाग्छ । अर्को कुरा पार्टी चुनावमा गएपछि संसद्वादमा फस्छ, बिप्लव अब संसदिय बाटो तताउनतिर लागे भन्ने बेतुकका तर्क सुन्दा हासो लाग्छ । उहाँहरुलाई के लाग्छ, हामी यो नीतिलाई दृढतापूर्वक प्रयोग गरिरहेकाहरु संसदवादी हुन सक्छन् वा भए ? यदि यस्तो लाग्छ भने हेक्का रहोस् – तपाईंहरुको यात्रा कहाँसम्मको म भन्न सक्दिन तर हाम्रो यात्रा बलिदानको बाटो भएर हिँड्ने छ । र, चुनाव अस्थायी कार्यनीति हो भन्ने पनि बुझौं । उहाँहरुको यो तर्क आफैप्रतिको अविश्वास हो । जसमा आत्मविश्वास छैन उसले जनताको विश्वास जित्न सक्दैन । र प्रश्न उठ्छ उहाँहरुमा उत्पन्न आत्मअविश्वासको श्रोत के हो ? नेतृत्व, पार्टी पंक्ती, बस्तुगत परिस्थिति ! यो निमित्त कारण हो तर यसको पछाडि एउटा ठूलो षड्यन्त्र छ त्यो उहाँहरुले पनि बुझिरहनु भएको छैन ।

हाम्रो पार्टीले क्रान्ति पूरा गरिछाड्नु छ । सहिद परिवार, घाईते अपाङ्ग, जनता र सिंगो देशको अपेक्षा पूरा गर्नु छ । यसको निम्ति रगतको गोरेटो बाट आएका हामीले रगतकै राजमार्ग निर्माण गर्नु परे पनि हामी तयार हुनु पर्छ । तर, देश जनता, क्रान्तिलाई हाम्रा कार्यनीतिक गल्तीहरुले भड्खालोमा जाक्नु हुन्न । संभवानाहरुलाई अधिकतम परिचालन गर्नु पर्छ । हामीले क्रान्तिकारी रोमान्टिसिजममा लहसिएर मात्रै क्रान्ति पूरा गर्ने अभिभारा पूरा गर्न सक्दैनौ । हामी माझ निक्कै ठूलो षड्यन्त्र मडारिएको छ– हामीले यसलाई चिन्न सक्नु र पार्टी र क्रान्तिप्रति जिम्मेवार बन्नु अहिलेको आवश्यकता हो । म यो आवश्यकतालाई बोध गर्न कमरेड सुदर्शन, कंचनलगायत सबैलाई अनुरोध गर्दछु । साथै, पार्टीमा देखापरेको यो संकटलाई ‘बिग ब्याङ’ मान्ने हो भने यो उर्जा निर्माण र बिस्तारको श्रोत हो । सबै उर्जा लाभवद्र्धक मात्र हुँदैनन, बिनासक पनि हुन सक्छन । त्यसैले यो ‘बिग ब्याङ’ ले कस्तो कस्तो उर्जा आफ्नो अगाडि पर्दापण भयो संयम र चनाखो भएर महासचिबले सेकेन्ड सेकेन्डलाई संस्लेसण गर्नु पर्छ । यहाँ एउटा ठूलो गति पैदा भएको छ– यो गतिमा संगै आएका नकारात्मक गतिलाई अबरुद्ध वा निषेध गर्ने सकारात्मक गतिलाई क्रान्तिको हितमा सोझ्याउने दुबै गर्नु पर्छ । अन्यथा यसले अर्को भंयकर दुर्घटना निम्त्याउन सक्छ ।

यतिबेला तीन प्रवृत्ति अगाडि आएका छन्– नीति र नेतृत्वको ध्वंस गर्ने, नीति र नेतृत्वको रक्षा गर्ने, र मझधारमा बसेर मिलनको मीठो भाका हाल्ने । बस्तुको विकासमा यी तिनै तत्व आवश्यक हुन्छन । तर, कुन कतिबेला र कस्तो प्रकारले आ–आफ्नो भूमिकामा उभिए त्यो ख्याल गर्नु पर्छ । र, तिनले आफ्नो भूमिका अनुसारका परिणाम दिए कि दिएनन् यसको पनि उचित शंस्लेसण महासचिबले गर्नु पर्छ । बस्तुमा यसरी पैदा हुने अन्तरसंघर्षले अनिवार्य रुपमा ‘गुण’ लाई थापित गर्नु पर्छ । हाम्रो पार्टीको यो बेलाको गुण के हुनुपर्छ यो पनि महासचिबले शंस्लेसण गर्नु पर्छ । र, बस्तुको यो अन्तरसंघर्षको परिणाममा आएका बिकारहरु माथि शंस्लेसित गुणलाई निषेधको निषेधको प्रकृयामा लगेर गुणलाई एकढिक्का र एकरुप गरेर बोल्सेभिक गतिको पार्टी निर्माण गर्ने काम गर्नै पर्छ । यतिबेला संयमित भएर, कुटो कोदालो नै चलाएर सही विषयलाई यो तहमा विकास गर्न हाम्रो पार्टी र महासचिब सफल हुनुहुने छ भन्ने मेरो विश्वास छ । हो हामी सबै चिन्तित छौं, हाम्रो निन्द्रा बिग्रिएको छ, तन्द्रा खत्तम भएको छ । हामी सिद्धान्तहरुलाई जड बनेर हेर्दै छौं, माक्र्सवाद गतिशिल बिज्ञान हो – हामीले बस्तुगत परिवेशमा पैदा भएको गतिलाई सही तरिकाले बोध गर्नु पर्छ । हामी सबैलाई क्रान्तिको माया छ चिन्ता छ– चाहे आज त्यो सुदर्शन, कन्चन वा जो कोही सबैलाई छ । तर, यो बेला षड्यन्त्रको घेरामा पर्दै बिकारको गन्जागोलमा डुब्नु जो कसैले हुँदैन । यसले देश, जनता र क्रान्तिलाई फाइदा गर्दैन । हाम्रो भूमिका के हुने– बिकार, गुण वा समिकरण ? हामीले आपूmलाई क्रान्तिको हितमा उभ्याउनु पर्छ र त्यो भनेको आज पार्टीको नीतिमा दह्रो गरी उभिनु हो । र सांगठानिक कामको मामलामा नीति नै हाम्रो गुण हो । हामीले यतिबेला गुण चिन्ने क्षमता राख्नु पर्छ ।

  • लेखक : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य हुन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु