राष्ट्रिय फुटबल टिमका खेलाडीमा कोरोना संक्रमण !

२०७७ श्रावण ३० गते, शुक्रबार


काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप छनोट र एसियन कप छनोट खेल्ने ३४ खेलाडीको गरेको कोरोना परीक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको बताइएको छ।
फिफा विश्वकप छनोट र एसियन कप छनोटको प्रशिक्षण थाल्नु अघि एन्फाले कोरोना परीक्षण गराएको थियो । तर, टिमको प्रशिक्षण सुरु नभई प्रतियोगिता भने स्थगित भएको छ । एन्फाले भदौ १ गतेबाट सुरु गर्ने भनेको टिमको प्रशिक्षण पनि अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको जनाएको छ । विश्वकप छनोट र एसियन कप छनोट २०२१ सम्मको लागि स्थगित भएपछि एन्फाले प्रशिक्षण स्थगित गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु