नेपाली गरगहना अन्तर्राष्ट्रिय स्तरमै नमुना

२०७० भाद्र ७ गते, शुक्रबार

काठमाडौं, ७ भदौ – नेपालमा बनेका सुनचाँदीका गरगहनाको अन्तर्राष्ट्रिय बजार राम्रो भएपनि निर्यात गर्न नसक्दा यसबाट फाइदा लिन नसकिएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।नेपाली गरगहना परम्परागत रुपमा हातैले बनाउने हुँदा बाहिरी मुलुकका कुनै पनि गहनासँग डिजाइन नमिल्ने भएकाले त्यसको आकर्षण धेरै रहेको छ ।त्यस्ता गरगहना अन्तर्राष्ट्रिय बजारमा पु‍र्‍याउन सके प्रतिस्पर्धा नगरीकनै राम्रो बजार पाउन सक्ने सम्भावना भएपनि निर्यात गर्न नसकिएको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।तर निर्यात सम्बन्धि प्रष्ट नीति नहुँदा नेपाली व्यवसायीले फाइदा लिन सक्ने अवस्था नरहेको उनले बताए । नेपालमा बन्ने गहनाहरुलाई युवा पुस्ताले मन पराउने डिजाइनमा ढाल्न सक्यो भने बजारको खाँचो नहुने शाक्यको भनाइ छ ।
नेपाली सुनका गहनाहरु अहिले वैध रुपमा निर्यात हुने गरेको छैन । नेपाल आउने पर्यटकले किनेर लैजाने भएकाले वर्षेनी धेरै परिमाणको सुनका गरगहना बाहिरिने भएपनि नियमीत निर्यात नहुने गरेको महासंघका अध्यक्ष शाक्यले बताए ।चाँदीका कलात्मक वस्तु तथा अरु गरगहनाहरु भने बाहिरी मुलुकमा जाने गरेका छन् । शाक्यका अनुसार अहिले नेपालभर १० प्रतिशत भन्दा कम मात्रै नेपाली परम्परागत गहनाको कारोबार हुन्छ । शहरी क्षेत्रमा भने यो दर २ प्रतिशत जति मात्रै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु