१७ अमेरिकी पर्यटक लुटिए

२०७० जेष्ठ १२ गते, आईतवार

ताप्लेजुङ ,१२ जेठ, । अध्ययन भ्रमणको सिलसिलामा ताप्लेजुङको याम्फुदिन पुगेर फर्किंदै गरेका १७ जना अमेरिकी नागरिक सदरमुकाम नजिकैको हाङदेवा गाउँ विकास समितिमा लुटिएका छन् । हाङदेवाको आसहाङ पाटीमा वास बसेका बेला गएराति १२ बजेतिर उनीहरू लुटिएका हुन् ।
प्रहरीले घटनाका शङ्कास्पद चारजना अभियुक्तलाई राति नै पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हाङदेवा-३ बस्ने १३ वर्षीय रोशन लिम्बू, १६ वर्षीय वीरहाङ मादेन, कुमार श्रेष्ठ, १३ वर्षीय सुरेश मादेन र १४ वर्षीय प्रकाश मादेन रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उनीहरूले अमेरिकी नागरिकहरूबाट पाँच हजार नेपाली रुपैयाँ, ३०० अमेरिकी डलर, तीनवटा क्यामरा र दुईवटा मोबाइल सेट लुटेको बताइएको छ । प्रहरी नायब उपरीक्षक आचार्यले प्रहरी टोली मुचुल्का तयार गर्न घटनास्थलतर्फ गएको र विस्तृत विवरण पछि आउने जानकारी दिनुभयो । यो ठाउँ सदरमुकाम फुङलिङबाट करिब एक घण्टाको दूरीमा पर्दछ । रासस
– See more at: http://www.onlinekhabar.com/2013/05/74908/#sthash.pKht80Ko.dpuf

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार

ठमेल २४ सैँ घण्टा खुल्दै

२०८० चैत्र २९ गते, बिहीबार