बिश्व

अफगानिस्तानको अमेरिकी दुतावास बाहिर बम विस्फोट

२८भदौ – अफगानिस्तान रहेको अमेरिकी वाणिज्य दुतावास बाहिर शक्तिशालि बम बिस्फोट भएको छ ।हेरात प्रान्तमा रहेको वाणिज्य दुतावास अगाडी तालिवानले शक्तिशाली बिस्फोट गराएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आत्मघाती आक्रमणकारीले बिस्फोट गराएको र त्यस लगत्तै अरु विद्रोही लडाकुले दुतावासको भवनमा हमलाको प्रयास गरेका समाचारमा उल्लेख छ । अहिले त्यहाँ सुरक्षाकर्मी र विद्रोहीबीच गोलीबारी भइरहेको […]

२०७० भाद्र २८ गते, शुक्रबार

कोलोराडोमा पहिरोले घर भत्कँदा तीन जनाको मृत्यु ,

कोलोराडो २८ भदौं । चारदिन देखि लगातार परेको बर्षाको कारण कोलोराडोमा तीनको मृत्यु भएको छ । सयजना भन्दा धेरै घाइते भएको समाचार छ ।कोलोराडोको बोल्डर शहरमा बिहिबार बिहान गएको पहिरोले घर भत्कदा तीन जनाको मृत्यु भएको र ठाउं ठाउंमा आएको बाढिका कारण सय भन्दा बढि घाईते भएको फक्स न्यूजले जनाएको छ ।यसरी घाईते हुनेमा बोल्डर, […]

२०७० भाद्र २८ गते, शुक्रबार

रासायनिक हतियारको प्रयोगमा विद्रोहीको हात: पुटिन

वासिङटन, २७ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियमा केही समयअघि गरिएको भनिएको रासायनिक हतियारको प्रयोगमा त्यहाँका विद्रोहीको हात रहेको आरोप लगाएका छन् ।अमेरिकाले सो हतियारको प्रयोगमा सिरियाली राष्ट्रपति बसार अल आसादको हात रहेको आरोप लगाइरहेको बेला राष्ट्रपति पुटिनले बुधबार सो आरोप लगाएका हुन् । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सको बुधबारको संस्करणमा दिनुभएको आफ्नो विचारमा उनले […]

२०७० भाद्र २७ गते, बिहीबार

आशारामको नार्को टेस्टको माग

जोधपुर, २७ भाद्र – बलात्कार पीडित किशोरीका अभिभावकले सन्त आशारामको नार्को टेस्ट गरिनुपर्ने माग गरेका छन् । आशारामले लगातार घुमाउरो बयान दिने र झूटो बोल्दै आएकाले पीडित पक्षले पहिले पनि केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) लाई यस अपराधको अनुसन्धानको जिम्मा दिनुपर्ने माग गरेको हो ।यो मुद्दाको सीबीआई जाँच र फास्ट ट्रयाक कोर्टमा सुनुवाई हुनुपर्ने माग गर्दै […]

२०७० भाद्र २७ गते, बिहीबार

मरेको ४५ बर्षछि दागबत्ति !

काठमाडौँ । हरियाणाको मिरपुर गाउँका रामचन्द्र यादव अब आफ्ना फौजी बाबु हवलदार जगमाल सिंहको दागबत्ति दिन गइरहेका छन् । सम्भवत पहिलोपटक ५२ बर्षा छोराले आफ्ना २८ बषर्ीय बाबु शवलाई दाग बत्ति दिइरहेका छन् । जगमाल सिंहको शव ४५ बर्षेखि ग्लेसियरमा पुरिएको थियो । उनले सपनामा पनि सोंचेका थिएनन् कि बिमान दुर्घटनामा मृत्यु भएका आफ्ना पिताको […]

२०७० भाद्र २२ गते, शनिबार

भुटानमा विस्फोट, १० को मृत्यु

१८ भदौ । भुटानको हा क्षेत्रमा भारतीय सैनिक तालिम समूह (इमटार्ट) को केन्द्रनजिकै पुराना विस्फोटक पदार्थ नष्ट गरिरहेको समयमा विस्फोट हुँदा कम्तीमा आठ भुटानी सैनिकको मत्यु भएको छ भने अन्य १० व्यक्ति घाइते भएका छन् ।घाइते भएका भुटानको राजकीय सेनाका कर्मचारीहरूलाई नजिकै रहेको इमटार्ट अस्पतालमा लगिएको छ । घाइते भएका केही व्यक्तिलाई हेलिकोप्टरबाट थिम्पु लगिएको […]

२०७० भाद्र १८ गते, मंगलवार

मन्डेला घर फर्किए

७ भदौ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ९५ वर्षीय नेल्सन मन्डेला ज्यान जोखिममा पार्ने फोक्सोको तीन महिनासम्म उपचारपछि अस्पतालबाट घर फर्केका छन् ।उनको घरमा पनि सघन उपचार भइरहेको छ । राष्ट्रपति ज्याकब जुमाका प्रवक्ता म्याक महाराजले मन्डेलाको अवस्था अझै चिन्ताजनक तथा अस्थिर रहेको बताएका छन् । फोक्सोमा सङ्क्रमण देखिएपछि जुन ८ का दिन पूर्व प्रजातन्त्रवादी […]

२०७० भाद्र १७ गते, सोमबार

सिरियामा सैन्य कारवाही गर्ने अमेरिकी तयारी

काठमाडौं ,भदौ १५ – अमरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा सिमित सैन्य कारबाही गर्नेबारे विचार गरिरहेको बताएका छन् ।अमेरिकाले सिरियामा सैन्य आक्रमणको सबै तयारी पुरा गरिसकेको समाचार आइरहेका बेला राष्ट्रपति ओबामाले सैन्य कारबाही गर्ने नगर्नेबारे कुनै निर्णय भइनसकेको बताएका हुन् । यसअघि अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाको सरकारी सेनाले राजधानी दमास्कसमा गरेको रसायनिक हमलामा १४ सय […]

२०७० भाद्र १५ गते, शनिबार

भारतको मोस्ट वान्टेड यासिन भटकल पक्राउ

काठमाण्डौ,१३भदौ – भारतको मोस्ट वान्टेडको सुचीमा रहेका आतंकवादी यासिन भटकललाई नेपाल प्रहरीको टोलीको सहयोगले नेपाल भारत सिमा सुनौलीबाट प्रक्रिएको बताइएको छ । भटकल माथी १० लाख भारु टाउकाको मूल्य तोकिएको भारतीय सन्चार माध्यमका जनाएका छन ।यासिनलाई नेपाल भारत समुक्त टोलीले पक्राउ गरेको आजतक , एबिपि न्युज लगायत सञ्चार माध्यमले जनाएका छन । भटकल २००९ मा […]

२०७० भाद्र १३ गते, बिहीबार

अमेरिकाका मस्जिद आतंकवादी संस्थाको सूचीमा

काठमाडौँ, १२ भदौ – अमेरिकाको न्यूयोर्क प्रहरी प्रशासनले शहरका सबै मस्जिदलाई आतंकवादी संस्थाका रुपमा सूचीकृत गरेको छ ।सबै मस्जिदलाई गोप्य रुपमा आतंकवादी संस्थाका सूचिकृत गरेपछि प्रहरी प्रशासनले अब मस्जिदमा हुने सबै सम्बोधन तथा नमाज पढ्नेमाथि जासुसी गर्न पाउने छ ।सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतंककारी हमला भएपछि न्युयोर्क प्रहरीले झण्डै ११ वटा मस्जिदमा […]

२०७० भाद्र १२ गते, बुधबार