पर्यटन

पुजारी बनिन बोटे महिला

त्रिवेणीधाम । नवलपरासीको त्रिवेणीनजिक रहेको वाल्मीकि आश्रमका दुई सीता मन्दिरमध्ये पुरानो मन्दिरकी पुजारी हुन् सुकियादेवी बोटे । रामायणका रचनाकार वाल्मीकि ऋषिले त्यहीँ तपस्या गरेको धार्मिक विश्वास छ ।रावणले हरेर लंका लगेको सीतालाई युद्ध जितेर रामले फर्काउँछन्, तर अर्कैसँग बसेकी श्रीमतीलाई स्वीकार गरेको भन्ने एकजना धोवीको टिप्पणी सुनेपछि रामले भाइ लक्ष्मणलाई सीतालाई लगेर जंगलमा छाड्न आदेश […]

२०७० श्रावण ३ गते, बिहीबार

पर्यटक स्वागतद्वारको निर्माणकार्य अलपत्र

सोलुखुम्बु, २ साउन। पर्यटन वर्ष सन् २०११ लाई लक्षित गरी फाप्लु विमानस्थल नजिक बनाउन थालिएको स्वागतद्वार अलपत्र जस्तै बनेको छ । विसं २०६८ को चैत मसान्तभित्र निर्माण कार्य सक्ने गरी सोही साल कात्तिक १ गते निर्माणका लागि सम्झौता गरिएको थियो । समयमा काम नभएपछि म्याद थप गरी २०६९ साल असार मसान्तमा निर्माण सक्ने व्यवस्था गरिएको […]

२०७० श्रावण २ गते, बुधबार

पर्यटन बोर्डको कामु कार्यकारी प्रमुखमा सुभाष निरौला

काठमाडौं, साउन २ – नेपाल पर्यटन बोर्डको निमित्त कार्यकारी प्रमुख सुभाष निरौला कायम मुकायम कार्यकारी प्रमुखमा नियुक्त भएका छन् ।नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको १८७ औं बैठकले निरौलालाई कायम मुकायम कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।यस निर्णयसँगै निरौलाले नेपाल पर्यटन बोडको कार्यकारी समितिको सदस्य सचिवका हैसियतमा पनि काम गर्ने बोर्डले बुधवार निकालेको विज्ञप्तिमा उल्लेख छ […]

२०७० श्रावण २ गते, बुधबार

बजेट पर्यटनमैत्री : हान

काठमाडौं, २ साउन। चालु आबको बजेट पर्यटन मैत्री भएको भन्दै होटल व्यवसायीहरुले स्वागत गरेका छन् । बजेटमा पर्यटन विकासका सकरात्मक पक्षहरुलाई समेटिएको व्यवसायीहरुको ठम्याइ छ ।वर्तमान सरकारले पर्यटन क्षेत्रको विकासलाई गम्भिरता पूर्वक लिएको आफुले महशुस होटल संघ नेपाल (हान) ले जनाएको छ । यस पटकको बजेटमा सरकारले ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुको विकासमा समेत चासो देखाएको […]

२०७० श्रावण २ गते, बुधबार

पर्यटन बोर्ड नयाँ रणनीति बनाउँदै: निरौला

काठमाडौ, १ साउननेपाल पर्यटन बोर्डले अन्तराष्ट्रिय पर्यटन प्रबर्द्धनको नयाँ रणनीति तयार पार्न सरोकारवालाहरुसँग छलफल शुरु गरेको छ । यहि क्रममा बोर्डले सोमबार चार तारे र पाँच तारे होटलका प्रतिनिधिहरुसँग छलफल गरेको छ । नेपाललाई कसरी सभा-सम्मेलन, प्रदर्शनी तथा भ्रमणका लागि उपर्यूक्त गन्तव्यका रुपमा अगाडी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत भएको बोर्डले जनाएको छ ।बोर्डको […]

२०७० श्रावण १ गते, मंगलवार

म्याग्दीमा दुई सय ७२ तालतलैया

बाबियाचौर , २८ असार । पहाडी जिल्ला म्याग्दीमा २७२ तालतलैया र पोखरीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।विसं २०६९ मा जिल्ला विकास समितिले म्याग्दीका तालतलैया र पोखरीहरूको पहिचान, गणना र नक्साङ्कन गरेको थियो । जिल्लामा पहिलोपटक तालतलैया र पोखरीहरूको गणना र नक्साङ्कन गरिएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले बताए । प्राविधिक टोली परिचालन गरेर गरिएको […]

२०७० असार २८ गते, शुक्रबार

लाङटाङमा ६ जातका चरा थपिए

काठमाडौं ,२७ मंसिर – हालै गरिएको एक अध्ययन अनुसार लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ प्रजातिका नयाँ चराहरु थपिएका छन् ।निकुञ्ज क्षेत्रमा ६ प्रजातिका चराहरू थपिएको निकुञ्जले जनाएको छ ।लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका विभिन्न स्थानमा अध्ययन गरिएको थियो । लाङटाङ राष्ट्रिय निकुञ्जमा सन् २००१ मा पहिलो पटक चराको अध्ययन गरिएको थियो । […]

२०७० असार २७ गते, बिहीबार

लुम्बिनीमा सुरक्षा सतर्कता

भैरहवा,२५ असार । आईतबार बिहान भगवान गौतमबुद्धले ज्ञानप्राप्ती गरेको स्थान भारतको बोधगयामा श्रृंखलाबद्ध बम बिष्फोट पछी बुद्धजन्म स्थल लुम्बिनीमा सुरक्षा सतर्कता बढाईएको छ ।बोधगयाको बिष्फोटलाई मध्यनजर गर्दै यँहाको स्थानिय सुरक्षा समितीले थप रणनिती अख्तीयार गरेको छ । आईतबार रातीबाटनै दंगा प्रहरी गण बाट प्रहरी निरीक्षकको कमान्डमा थप ३० जना सुरक्षाकर्मि परीचालन भैसकेको रुपन्देही प्रहरी प्रमुख […]

२०७० असार २५ गते, मंगलवार

बृहत् खुम्बु सरसफाइ अभियान सुरु

सोलुखुम्बु, १९ असार । जनचेतनामूलक बृहत् खुम्बु सरसफाइ अभियान, २०७० हिजोदेखि सुरु भएको छ ।‘हाम्रो फोहोर हाम्रो दायित्व, सफा वातावरण हाम्रो अस्तित्व’ भन्ने मूल नारासहित सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चे र इको हिमाल नेपालको सगरमाथा रक्षा अभियानको संयुक्त आयोजनामा एकहप्ते अभियान सुरु भएको हो ।अभियानमा सीमा प्रशासन कार्यालय, इको हिमाल, सगरमाथा प्रदूषण नियन्त्रण समिति र […]

२०७० असार १९ गते, बुधबार

विश्वमै दुर्लभ चीर भेटियो

जुम्ला, १८ असार । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा विश्वमै अति दुर्लभ मानिने पक्षी चीर भेटिएको छ ।नेपाल, भारत र पाकिस्तानमा मात्र पाइने चीर नामको चरा सो निकुञ्ज क्षेत्रमा करिब ३३ वटा रहेको निकुञ्जले जनाएको छ । वन्यजन्तु संरक्षण ऐनअन्तर्गत रहेर यसको संरक्षण कार्य तीव्र्ररुपमा थालिएको निकुञ्जका कामु संरक्षण अधिकृत भोगेन्द्र रायमाझीले जानकारी दिए । अधिकृत […]

२०७० असार १८ गते, मंगलवार