पर्यटन

पर्यटक आगमनमा सुधार

काठमाडौं, २१ जेठ। गत महिना को तुलनामा मई महिनामा नेपाल घुम्न आउने पर्यटकको संख्यामा सुधार देखिएको छ । नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांक अनुसार मई महिनामा हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्यामा ३.१% ले वृद्धि भएको छ । उक्त महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै कुल ४४ हजार १ सय ५६ पर्यटक नेपाल घुम्न आएको अध्यागमन विभागले […]

२०७० जेष्ठ २१ गते, मंगलवार

बुद्ध जन्मस्थलको प्रचारमा म्यानमारका पत्रकार

कपिलवस्तु, १९ जेठ । बुद्ध जन्मस्थलको विश्वव्यापी प्रचारप्रसार गर्न म्यानमारका पत्रकार तिलौराकोट भ्रमणमा आएका छन् । भारतले अलिगढवामा धमाधम कृत्रिम कपिलवस्तु बनाएर बुद्ध भारतमा जन्मेको प्रचार गर्न थालेपछि नेपाल पर्यटन बोर्डको संयोजनमा आएका ती पत्रकारहरुले म्यानमारमा गएर बुद्धको जन्मस्थल नेपालबारे प्रचारप्रसार गर्ने बताएका छन् । नेपालका बुद्धस्थलहरु म्यानमारका जनताको महत्वपूर्ण तीर्थस्थल भएकाले नेपाल आउन उत्प्रेरणा […]

२०७० जेष्ठ १९ गते, आईतवार

साढे ६ हजार आरोहीद्वारा सगरमाथा आरोहण

काठमाडौँ । विश्वकै अग्लो हिमाल सगरमाथामा विभिन्न मुलुकका आरोहीहरूले पटक-पटक गरी झन्डै साढे ६ हजार पटक आरोहण गरेका छन् । ६ दशक अगाडिबाट सुरु भएको सगरमाथा आरोहण गर्ने र कर्ीर्तिमान राख्ने होडमा हालसम्म ६ हजार ३ सयभन्दा बढी पटक सफलता प्राप्त भएको छ । सन् १९५३ देखि सन् २०१२ सम्ममा ५ हजार ६ सय ४४ […]

२०७० जेष्ठ १८ गते, शनिबार

सगरमाथाबाट हाम फालेर कीर्तिमान

काठमाडौं,– एक रुसी नागरिकले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट हाम्लेर विश्व कीर्तिमान कायम गरेका छन् । रुसका चर्चित खेलाडी भ्यालेरी रोजोभले सगरमाथाको उत्तरी भागबाट सफलतापूर्वक फाल हानेर विश्व कीर्तिमान कायम गरेका हुन् । ४८ वर्षीय रोजोभ विशेष प्रकारको विङसुटको सहायताले सगरमाथाबाट हामफालेर सिधै आधार शिविरमा झरेका हुन् । उनले यसका लागि दुई वर्षदेखि तयारी गरिरहेका थिए […]

२०७० जेष्ठ १७ गते, शुक्रबार

प्यारातालको वृत्तचित्र प्रदर्शन

कञ्चनपुर, । प्याराताल संरक्षण तथा संवद्र्धन उपभोक्ता समितिले प्यारातालको प्रचारप्रसारका लागि निर्माण गरिएको वृत्तचित्र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरिएको छ । समितिले तालको जैविक विविधता प्रचार गरी पर्यटकीय गन्तव्य बनाउन सघाउ पु¥याउने उद्देश्यले वृत्तचित्र निर्माण गरेको हो ।जिल्ला विकास समितिको सहयोगमा निर्मित वृत्तचित्रमा प्यारातालको जैविक विविधता, ताल संरक्षणका प्रयास र प्रवद्र्धनका लागि दलहरुको भूमिकालाई वृत्तचित्रमा […]

२०७० जेष्ठ १६ गते, बिहीबार

चितवनमा १५ प्रजातिका चरा थपिए

काठमाडौँ । चितवनको पहाडी -महाभारत) क्षेत्रमा १५ प्रजातिका नयाँ चरा थपिएका छन् । बर्डएजुकेसन सोसाइटी र पक्षीविद् संघले १० दिन लगाएर संयुक्तरुपमा गरिएको अनुगमनमा नयाँ प्रजातिका चरा फेला परेको हो । अनुगमनपछि सोसाइटीले र्सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ वर्षघि गरिएको गणनामा महाभारत क्षेत्रमा कुल २३७ प्रजातिका चरा फेला परेकामा अहिले बढेर २५२ प्रजाति पुगेको अनुगमनमा सहभागी […]

२०७० जेष्ठ १३ गते, सोमबार

१७ अमेरिकी पर्यटक लुटिए

ताप्लेजुङ ,१२ जेठ, । अध्ययन भ्रमणको सिलसिलामा ताप्लेजुङको याम्फुदिन पुगेर फर्किंदै गरेका १७ जना अमेरिकी नागरिक सदरमुकाम नजिकैको हाङदेवा गाउँ विकास समितिमा लुटिएका छन् । हाङदेवाको आसहाङ पाटीमा वास बसेका बेला गएराति १२ बजेतिर उनीहरू लुटिएका हुन् । प्रहरीले घटनाका शङ्कास्पद चारजना अभियुक्तलाई राति नै पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हाङदेवा-३ बस्ने १३ वर्षीय […]

२०७० जेष्ठ १२ गते, आईतवार

सगरमाथा आरोहण शुल्क बढाउः निरौला

काठमाडौँ । आरोहण शुल्क बढाएर सगरमाथा आरोहण नियन्त्रण गर्न सकिने नेपाल पर्यछन बोर्डका निमिक्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाको तर्क छ । सगरमाथामा मुख्य सिजनका बेला दैनिक सयांै पर्वतारोहीहरु आरोहणमा जाँदा भीडभाड बढ्न सक्ने भन्दै नियन्त्रणका लागि भने पनि लिँदै आएको रोयल्टी बढाएर समाधान निकाल्न सकिने निरौलाको भनाइ छ । सरकारले मनाउन लागेको साताव्यापी सगरमाथा […]

२०७० जेष्ठ ११ गते, शनिबार

चण्डेश्वरी जात्राको रौनक सुरु

बनेपा, १० जेठ । बनेपामा नेवारी समुदायले मनाउने चण्डेश्वरी जात्राको रौनक सुरु भएको छ ।सो जात्राका लागि नेवारी समुदायले आफ्ना आफन्तलाई आमन्त्रण गर्नुका साथै आवश्यक तयारी सुरु गरेका छन् ।बनेपा नगरपालिकाले सो जात्राका लागि सरसफाइदेखि सरकारी निकायसम्म सहयोगीको भूमिका निर्वाह गरेको छ ।नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले जात्रालगायत चाडपर्वका लागि झन्डै १२ लाखको हाराहारीमा बजेट […]

२०७० जेष्ठ ११ गते, शनिबार

मध्य तथा सुदुर पश्चिम पर्यटन महोत्सव सुरु

काठमाडौ,– पश्चिम महिला जागरण समूहको आयोजनामा काठमाडौमा मध्य तथा सुदुरपश्चिम पर्यटन एवं सांस्कृतिक महोत्सव सुरु भएको छ ।मध्य तथा सुदुपश्चिमका पर्यटकीय स्थलका बारेमा जानकारी गराउन महोत्सव गर्न लागिएको महोत्सव संयोजक अमर शाहीले जानकारी दिए ।महोत्सवमा बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, रारा ताल लगायत मध्य र सुदुरपश्चिमका रमणीय र पर्यटकीय गन्तव्यको बारेमा प्रचार गरिने शाहीले […]

२०७० जेष्ठ १० गते, शुक्रबार