खेल

एएफसीद्वारा एन्फालाई ७ हजार डलर जरिवाना

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको छ। कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलङघन गरेको भन्दै सो जरिवाना तोकेको हो । प्रतियोगिताका बेला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’ मा प्रवेश गरेको तथा लगातार दुई खेलमा पहेँलो कार्ड […]

२०७९ भाद्र १४ गते, मंगलवार

टी–ट्वान्टी क्रिकेट : नेपाल र केन्याबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला आज बिहीबारबाट सुरू हुँदैछ । केन्यासँग पाँच वटा टी–ट्वान्टी अन्तराष्ट्रिय तथा तीन वटा एक दिवसिय अभ्यास खेल खेल्न नेपाली टोली केन्या पुगेको हो ।नयाँ प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा नेपालको यो पहिलो खेल हुनेछ । नेपाल र केन्याबीचको पहिलो खेल नेपाली समय अनुसार बिहीबार दिउँसो पौने ४ […]

२०७९ भाद्र ९ गते, बिहीबार

फुटबलर जिल स्कटद्वारा संन्यासको घोषणा

काठमाडौँ। इङ्ल्यान्डकी स्टार जिल स्कटले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेकी छन्। इङ्लिस मिडफिल्डर स्कटले एभर्टन र म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलेकी थिइन्। इङ्ल्यान्डले युरो २०२० जित्दा उनी टिमकी महत्वपूर्ण सदस्य थिइन्। ३५ वर्षीय स्कटले मंगलबार संन्यासको घोषणा गरेकी हुन्।‘आज म फुटबललाई अलविदा भन्दैछु। तर, म यसलाई उत्सवको रुपमा मनाउने छु। अनुहारमा उदास छैन,’ उनले भनिन्। […]

२०७९ भाद्र ८ गते, बुधबार

विश्वकप क्रिकेटको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने

काठमाडौं । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले विश्व भ्रमणको दौरान यसै महिना नेपाल आइपुग्ने विश्वकप ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने जानकारी दिए । क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याउन लागिएको हो […]

२०७९ भाद्र ५ गते, आईतवार

नेपाली खेलाडी भुटान प्रस्थान

काठमाडौं । भुटानमा आयोजना हुने पाँचौँ दक्षिण एसियन किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाल सो–क्योकुशिन करातेको टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गरे । भुटान जाने टोलीमा तीन अफिसियल र छ खेलाडी गरी नौ जना छन् ।सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ नेतृत्वको टोलीमा […]

२०७९ भाद्र ३ गते, शुक्रबार

भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने !

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने भएको छ । विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएसँगै छैटाैं संस्करणकाे साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत सहभागी नहुने भएकाे छ । महिला साफ भदाै २९ देखि असाेज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिनाअघि पाकिस्तानमाथिकाे प्रतिबन्ध फुकुवा गरेसँगै लामाे समयपछि साफका सातै टिमकाे सहभागितामा […]

२०७९ श्रावण ३१ गते, मंगलवार

विश्वकप फुटबलको खेल तालिका परिवर्तन

काठमाडौं । फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ । कतारमा आयोजना हुने खेल आगामी नोभेम्बर २० मा उद्घाटन हुने छ । जसमा आयोजक देश कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो । इंग्ल्यान्ड र इरान, सेनेगल र […]

२०७९ श्रावण २८ गते, शनिबार

एसिया कप क्रिकेटका क्वालिफायर खेल ओमानमा

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसीसी एसिया कप क्रिकेटका क्वालिफायरका खेलहरू ओमानमा हुने जनाएको छ । एसीसीले बुधबार विज्ञप्ति निकालेर छनोट खेलहरू ओमानमा हुने जानकारी दिएको हो । यही अगस्ट २७ बाट यूएईमा सुरु हुने एसिया कपका लागि छनोट प्रतियोगिता अगस्ट २० बाट २४ सम्म हुनेछ । प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुबेत सहभागी […]

२०७९ श्रावण २५ गते, बुधबार

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा प्रभाकर

काठमाडौं । नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरिएको जनाएको छ । क्यानले भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको हो । नेपाली क्रिकेट टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका प्रभाकरसँग अफगानिस्तान, रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको प्रशिक्षक […]

२०७९ श्रावण २४ गते, मंगलवार

एथलेटिक्स खेलाडी लिएन्ड्रोको हत्या

काठमाडौं । ब्राजिलको एथलेटिक्स जिउ जित्सु च्याम्पियन लिएन्ड्रो लोको गोली हानी हत्या गरिएको छ । ब्राजिलको साउ पाउलोस्थित नाइट क्लबमा ड्युटीबाहिर रहेका प्रहरीले उनको गोली हानी हत्या गरेको हो । गोली प्रहार लगत्तै फरार भएका प्रहरीको खोजी कार्य भने जारी रहेकाे छ । टाउकोमा गोली लागेका लोको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उनको […]

२०७९ श्रावण २३ गते, सोमबार