खेल

विश्वकप फुटबल : आज समुह ‘सी’ र ‘डी’ का चार खेल

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आज बुधबार समुह ‘सी’ र ‘डी’ का चार खेल हुनेछन् । पहिलो दुई खेल नेपाली समयअनुसार राति पौने ९ बजेबाट हुनेछ भने बाँकी दुई खेल राति पौने १ बजेबाट हुनेछ । राति पौने ९ बजे सुरु हुने खेलहरुमा ट्युनिसिया र फ्रान्स भिड्दा अष्ट्रेलियाले डेनमार्कसँग खेल्नेछ । समुह […]

२०७९ मंसिर १४ गते, बुधबार

विश्वकप फुटबल : समूह चरणको अन्तिम खेल हुँदै

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ ।आज समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ । यस्तै खेल हुने समय पनि परिवर्तन भएको […]

२०७९ मंसिर १३ गते, मंगलवार

फ्रान्स विश्वकपको नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२२ मा साविक विजेता फ्रान्स समूह चरणको एक खेल नखेल्दै नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार बेलुका डेनमार्कलाई २–१ ले पराजित गरेसँगै फ्रान्स नकआउट चरण प्रवेश गरेको हो । फ्रान्सले समूह चरणको अन्तिम खेल ट्युनिसियासँग खेल्न बाँकी छ । तर, यो खेल हारेको खण्डमा पनि फ्रान्स नकआउट चरण पुग्नेछ । […]

२०७९ मंसिर ११ गते, आईतवार

विश्वकप फुटबल: पोर्चुगलद्वारा घाना पराजित

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन् । मध्यान्तरपछि खेलको ६५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई सुरुआति अग्रता दिलाएका थिए । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेर […]

२०७९ मंसिर ९ गते, शुक्रबार

विश्वकप : आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेका स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, साँझ पौने ७ बजे सुरु हुने दोस्रो खेलमा […]

२०७९ मंसिर ८ गते, बिहीबार

अर्जेन्टिनालाई पराजित गरेपछि साउदीमा राष्ट्रिय बिदा !

काठमाडौँ । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि राष्ट्रिय बिदा घोषणा गरेको साउदीका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन्। विद्यालयहरु पनि बन्द रहनेछन्।शाही अदालतका सल्लाहकार र साउदी अरेबियाको सामान्य मनोरन्जन प्राधिकरणका प्रमुख टर्की अल–शेखले मंगलबार सहरका मुख्य थिम पार्क र […]

२०७९ मंसिर ७ गते, बुधबार

विश्वकप खेल हुने आठवटा रङ्गशालामा मदिरा बेच्न नपाइने !

काठमाडौं । फिफाले प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि आफ्नो नीति परिवर्तन गरेपछि कतारमा विश्वकप खेल हुने आठवटा रङ्गशालामा मदिरा विक्री नहुने भएको छ । मदिराको विक्रीलाई कडाइका साथ नियन्त्रण गरिएको उक्त मुस्लिम देशमा यसअघि रङ्गशाला भित्रका केही छानिएका क्षेत्रमा रक्सी उपलब्ध हुने व्यवस्था मिलाइएको थियो ।यद्यपि प्रतियोगिता हुने रङ्गशालाको कर्पोरेट क्षेत्रमा रहनेहरूले अझै पनि मदिरा […]

२०७९ मंसिर ५ गते, सोमबार

फिफा विश्वकप फुटबल सुरु हुँदै(पहिलो चरणको खेल तालिका र समयसहित )

काठमाडौँ । विश्वका चर्चित खेलाडीहरुको प्रतिस्पर्धाका रुपमा रहने फुटबलको महाकुम्भ मेला अर्थात् फिफा विश्वकप फुटबल आजदेखि कतारमा सुरु हुँदै छ । चार वर्षको प्रतीक्षापछि हुन लागेको यो प्रतियोगितामा विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडीहरु सहभागी हुँदै छन् ।आज आइतबार विश्वकप आयोजक राष्ट्र कतारले इक्वेडरसँग पहिलो खेल खेलेर प्रतियोगिताको उद्घाटन गर्दैछ । यो विश्वकप फुटबलको हालसम्मको […]

२०७९ मंसिर ४ गते, आईतवार

नेपाल र बंगलादेशले २०२७ को यू–१९ महिला विश्वकप आयोजना गर्ने

काठमाडौ । नेपाल र बंगलादेशले सन् २०२७ को यू १९ महिला विश्वकप संयुक्त आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‘आईसीसी’ले २०२७ को विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । आईसीसीबो बोर्ड बैठकले २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकप आयोजकलाई अनुमोदन गरेको हो । २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप […]

२०७९ मंसिर २ गते, शुक्रबार

यू-१९ महिला विश्वकप क्रिकेट हुँदै

काठमाडौं । नेपाल र बंगलादेशले सन् २०२७ को आईसीसी यू-१९ महिला विश्वकप क्रिकेट संयुक्तरुपले आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को आइतबार बसेको बैठकले सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो । प्रतियोगिताको सह-आयोजक भएपनि नेपालले प्रतियोगितामा सहभागिताको लागि भने छनौट चरण पार […]

२०७९ कार्तिक २८ गते, सोमबार