खेल

मेसी २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडी

काठमाडौँ। ३३ वर्षीय अर्जेन्टिनी खेलाडी लियोनल मेसीले वर्ष २०२३ को फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । गएराति लण्डनमा भएको छनोटमा मेसीले केलियन एम्बाप्पे र म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेसीको यो तेस्रो अवार्ड हो । यसअघि सन् २०१९ र २०२२ मा पनि उनले फिफा उत्कृष्ट पुरुष खेलाडीको […]

२०८० माघ २ गते, मंगलवार

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिता उपत्यका बाहिरसमेत हुनेछ र कुल ३ मैदानमा खेलाइनेछ । जसमा काठमाडौंको टीयू मैदान र मुलपानी मैदान तथा भैरहवाको सिद्धार्थ क्रिकेट मैदान छन् ।एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यसपटक राउण्ड रोविन लिगमा […]

२०८० पुष २८ गते, शनिबार

लिभरपुलद्वारा फुल्हम पराजित

काठमाडौँ । काराबाओ कप फुटबलको सेमिफाइनल पहिलो लिगको खेलमा लिभरपुलले फुल्हमलाई २–१ ले हराएको छ । गए राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन कर्टिस जोन्स र कोडी ग्याक्पोले एक एक गोल गरेका हुन् । फुल्हमका लागि विलियनले पहिलो गोल गरेका थिए । यो जितसँगै लिभरपुलले प्रतियोगिताको फाइनलमा पुग्ने संभावना बलियो पारेको छ । […]

२०८० पुष २६ गते, बिहीबार

क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेशसमेत गरेको छ ।जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।क्रिकेटर सन्दीप […]

२०८० पुष २५ गते, बुधबार

एफ.ए कप फुटबल: लिभरपुलद्वारा आर्सनल २–० ले पराजित

काठमाडौँ । एफ.ए कप फुटबलमा लिभरपुलले आर्सनललाई २–० ले हराएको छ । आर्सनलको मैदानमा गए राति भएको तेस्रो चरणको खेलमा लिभरपुललाई विजयी गराउन लुइस डियाजले एक गोल गर्दा ज्याकुब किवेरले एक आत्माघाति गोल गरे । लिभरपुलले दुबै गोल खेलको ८० मिनेट पछि गरेको हो । जितसँगै लिभरपुल एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गर्दा आर्सनल […]

२०८० पुष २३ गते, सोमबार

क्यानद्वारा वार्षिक क्यालेन्डर सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले पत्रकार सम्मेलन मार्फत सन् २०२४ का लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले सन २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितलाई समेट्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । वार्षिक क्यालेन्डर अन्तर्गत उमेर समुह, सिनियर महिला तथा पुरुषको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति सहितको खेल उल्लेख […]

२०८० पुष १९ गते, बिहीबार

सुपर लिगको उपाधि ललितपुरले जित्यो

काठमाडौँ । दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगिताको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । दशरथ रङ्गशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधिमाथि कब्जा जमाएको हो । यस उपाधिसँगै ललितपुरले रु ७० लाख प्राप्त गरेको छ । पहिलो संस्करणमा उपविजेता बनेको धनगढी यसपटक पनि दोस्रो स्थानमा रह्यो । उपविजेता […]

२०८० पुष १५ गते, आईतवार

नेपाल सुपर लिग: काठमाडौँ र ललितपुरबीच खेल हुँदै

काठमाडौँ । नेपाल सुपर लिगमा आज काठमाडौँ र ललितपुरबीच खेल हुने छ। फाइनलको लागि हुने यो दोस्रो खेल हो। आजको खेलमा जितेको टिम फाइनलमा पुगेको धनगढीसँग प्रतिस्पर्धा गर्ने छ। आजको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे सुरु हुने छ। आज हार्ने टिमले यसअघि हारेको पोखरासँग तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छ।यसअघि धनगढी एफसी एनएसएल […]

२०८० पुष १० गते, मंगलवार

नेपाल सुपर लिग फुटबलको प्ले–अफ् चरणका खेल हुँदै

काठमाडौँ । नेपाल सुपर लिग फुटबलको प्ले–अफ् चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा सोमबार साँझ पोखरा थन्डर्स र धनगढी एफ.सी भिड्नेछन् । लिगमा शीर्ष स्थानमा रहेको पोखरा र दोस्रो स्थानको धनगढीबिचको बिजेता टोली फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले मंगलबार हुने काठमाडौं रेजर्स र ललितपुर सिटी एफ.सी.बिचको विजेतासँग दोस्रो क्वालिफायर […]

२०८० पुष ९ गते, सोमबार

छैटौं तुल्सीलाल स्मृति बुद्धिचाल पुस २३ देखि

काठमाडौँ । छैटौं तुल्सीलाल स्मृति बुद्धिचाल पुस २३ देखि हुने भएको छ। ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता यही पुस २३ देखि २८ सम्म ललितपुर च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान हलमा हुने बताइएको छ । प्रतियोगिता लिगकम नकआउट आधारमा हुनेछ । प्रतियोगिताको विजेताले पुरस्कार दुई […]

२०८० पुष ८ गते, आईतवार