खेल

पूर्व फुटबल खेलाडी रोबिन्होलाई ९ वर्ष जेल सजाय

काठमाडौँ । ब्राजिलको एक अदालतले पूर्व फुटबलर रोबिन्होलाई बलात्कार अभियोगमा ९ वर्षको जेल सजाय सुनाएको छ । अदालतले उनलाई सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा दोषी ठहर गरेको हो ।यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजायँ सुनाएको थियो । त्यतिबेला उनी […]

२०८० चैत्र ९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ छनोट : नेपाल बहराइनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा आज नेपाली राष्ट्रिय टिमले बहराइनसँग खेल्दै छ । बहराइनको राष्ट्रिय स्टेडियममा आज राति १२:४५ बजे घरेलु टिमविरूद्ध नेपालले विश्वकप छनोट अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेल्दै छ । यो खेल नेपालमै हुने तालिका थियो । तर देशको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल […]

२०८० चैत्र ८ गते, बिहीबार

पेरिस ओलम्पिकको उद्घाटन समारोहमा रुस र बेलारुसका खेलाडी सहभागी नहुने

काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पेरिसमा हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा रुस र बेलारुसका खेलाडी सहभागी नहुने बताएको छ । पेरिस ओलम्पिकमा सहभागी हुन रुसी राहदानी भएका १२ खेलाडी र बेलारुसको राहदानीसहित ७ खेलाडीले आवेदन दिएका थिए । ओलम्पिक कमिटीले यी खेलाडीहरु व्यक्तिगतरुपमा सहभागी हुने र उनीहरुलाई यो कार्यक्रमको अनुभव गर्ने अवसर दिइने बताएको छ […]

२०८० चैत्र ७ गते, बुधबार

विराट गोल्डकप चैत १५ गतेदेखि

काठमाडौँ । विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि हुने भएको छ । विराट गोल्ड कप फुटबल ट्रष्टले आज पत्रकार सम्मेलन गरि आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा हुने जानकारी दिएको हो । यसअघिका प्रतियोगिताहरू संयोजक तोकेर गर्ने गरिएकोमा यस पटकको गोल्डकप ट्रस्ट आफैले गर्ने भएको […]

२०८० चैत्र ६ गते, मंगलवार

आइसीसी अध्यक्ष ग्रेग बार्क्ले नेपाल आइपुगे

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्क्ले काठमाडौं आइपुगेका छन् । उनी चारदिने भ्रमणका लागि सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् । २०२७ को यू १९ महिला विश्वकप क्रिकेटको सहआयोजक रहेको नेपालको अवस्थाबारे बुझ्न उनी नेपाल आएका हुन् ।चार दिने भ्रमणमा आएका अध्यक्ष बार्क्लेले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका छ । उनले […]

२०८० चैत्र ६ गते, मंगलवार

दशरथ रंगशालामा खेलकुद बाहेकका अन्य गतिविधिमा रोक

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले दशरथ रगशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै रंगशाला सञ्चालन सम्बन्धि कार्यविधि जारी नहुँदासम्म रङ्गशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाउन परिषद्लाई निर्देशन दिएको हो ।मन्त्रालयले दशरथ रंगशालासहित देशभरका अन्य रंगशालाको सञ्चालनका सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र […]

२०८० चैत्र ३ गते, शनिबार

त्रिकोणात्मक टि–२० क्रिकेट: नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौँ । त्रिकोणात्मक टि–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी)को सामना गरिरहेको छ । हङकङको मोङ कोक मैदानमा जारी खेलमा (पिएनजी) टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । यो सिरिजमा आयोजक हङकङ , नेपाल र पीएनजी सहभागी छन् । आइतबार भएको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपाल र हङकङले अंक बाँडेका […]

२०८० फाल्गुन २९ गते, मंगलवार

त्रिकोणात्मक टि-२० सिरिज : नेपाल हङकङसँग भिड्दै

काठमाडौँ । त्रिकोणात्मक टि-२० सिरिजका लागि हङकङ पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज हङकङसँग भिड्ने भएको छ । यो सिरिजमा नेपाल , आयोजक हङकङ र पीएनजी सहभागी छन्। नेपाली टोलीले आगामी जुनमा आयोजना हुने आइसिसी टी-२० विश्वकप तयारीका लागि टी-२० सिरिज आइतबारदेखि खेल्न लागेको हो। सिरिजका लागि रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन […]

२०८० फाल्गुन २७ गते, आईतवार

नेपाली क्रिकेट टोली हङकङ प्रस्थान

काठमाडौँ । नेपाली क्रिकेट टोली त्रिकोणात्मक टी–२० श्रृंखला खेल्न गए राति हङकङ प्रस्थान गरेको छ । टोलीले त्यहाँ रहँदा हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक श्रृंखला खेल्नेछ । नेपालले भोलि हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिकोणात्मक श्रृंखलाको खेलमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग भिडत हुनेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । हङकङ भ्रमणमा […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

अण्डर सिक्सटिन फुटबल : नेपाल र भारत भिड्दै

काठमाडौँ । साफ अण्डर सिक्सटिन महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्नेछ । खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ । प्रतियोगिताको फाइनलमा पुग्न नेपालले आजको खेल जित्नैपर्ने दबाब छ । खेल बराबरी भएको अवस्थामा पनि नेपाल समुहबाटै बाहिरिनेछ । चार देश सहभागी प्रतियोगितामा बंगलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको […]

२०८० फाल्गुन २४ गते, बिहीबार