खेल

सन्दीप लामिछाने थुनामुक्त हुँदै

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर […]

२०७९ पुष २९ गते, शुक्रबार

नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारलाई

काठमाडौ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारले जितेको छ । टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो । लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रनमा समेटियो । विराटनगरका लागि अर्जुन […]

२०७९ पुष २८ गते, बिहीबार

रोनाल्डो र मेस्सीबीच मैत्रीपूर्ण खेल !

काठमाडौँ । विश्वका चर्चित दुई फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आगामी साता हुने मैत्रीपूर्ण खेलमा दुई क्लबको नेतृत्व गर्दै रियादमा खेल्ने भएका छन् । खेलमा मेस्सीले पेरिस सेन्ट जर्मेन (पिएसजी) र रोनाल्डाले नयाँ क्लब अल नासर र साउदी प्रतिद्वन्द्वी अल हिलालका खेलाडी मिलेर बनेको टोलीसँग जनवरी १९ मा रियादमा मैत्रीपूर्ण खेल खेल्ने घोषणा […]

२०७९ पुष २६ गते, मंगलवार

महान् फुटबलर पेलेको निधन

काठमाडौं । विश्व प्रशिद्ध ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ । महान खेलाडीको रुपमा विश्व प्रख्यात कमाएका पेलेको ८२ बर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । फुटबल इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन।विश्वभर उनलाई पेलेको नामले चिनिएपनि उनको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो । क्यान्सर रोगसँग लडिरहेका […]

२०७९ पुष १५ गते, शुक्रबार

आहा ! रारा पोखरा गोल्डकप पुस १४ देखि

काठमाडौं । राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको यसपालि पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ।प्रतियोगिताको विजेताले रु १२ लाखसहित […]

२०७९ पुष ६ गते, बुधबार

विश्वकप फुटवल : अर्जेन्टिना फाइनलमा

काठमाडाैं । दुईपटकको विश्वविजेता अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० को सानदार जीत निकाल्दै उपाधी भिडन्तमा स्थान पक्का बनाएको हो। लुसेल रंगशालामा आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा कप्तान लियोनल मेस्सीले एक गोल र जुलियन अल्भारेजले दुई गोल गरेका थिए। क्रोएसियाले पहिलो हाफ दवाब […]

२०७९ मंसिर २८ गते, बुधबार

विश्वकप फुटबल: आजबाट सेमिफाइनलका खेल शुरु हुँदै

काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलका खेल आजबाट शुरु हुँदैछन् । कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिष्पर्धा हुन लागेको हो । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२ः४५ बजे शुरु हुनेछ । दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रँदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ । अर्जेन्टिना लियोनल […]

२०७९ मंसिर २७ गते, मंगलवार

विश्वकप फुटबल: ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजदेखि क्वाटर फाइनलका खेलहरु सुरू हुने भएका छन् । शुक्रबार राति क्वाटर फाइनलका दुई खेल हुने भएका हुन् । पहिलो खेल शुक्रबार राति पौने ९ बजे ब्राजिल र क्रोएसियाबीच सुरू हुनेछ । ब्राजिलले राउण्ड अफ सिक्स्टीनमा दक्षिण कोरियालाई पराजित गरेकाे थियो । क्रोएरियाले भने जापानलाई पराजित गरेको […]

२०७९ मंसिर २३ गते, शुक्रबार

विश्वकप फुटबल : मोरक्को र स्पेन ,पोर्चुगल र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । मोरक्को समूह ’एफ’ को विजेता र स्पेन समूह ’ई’ को […]

२०७९ मंसिर २० गते, मंगलवार

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

काठमाडौँ- । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी […]

२०७९ मंसिर १६ गते, शुक्रबार