समाज

धुर्मुस–सुन्तलीको घोषणाले ल्यायो मुसहर बस्तीमा खुसी

काठमाडाैँ, ९ पुस । ‘हामी मुसहरले पनि राम्रो ओत पाउने गरी बस्न पाउने दिन आउनेभयो’–यो महोत्तरी जिल्लाको बर्दिवास–२ मुसहर बस्तीमा सबैजसो मुसहरको अहिले सुनिने साझा टिप्पणी हो । हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले गत मंगलबार सो बस्तीलाई एकीकृत नमुनाबस्ती निर्माण गर्ने घोषणा गरेयता रोग, भोक र अशिक्षाले रुमल्लिएको सो बस्तीका मुसहर […]

२०७३ पुष ९ गते, शनिबार

फरार अपराधी १७ वर्षपछि पक्राउ

काठमाडौँ, ९ पुस । चोरी मुद्दामा नौ वर्ष कैद र करिब रु एक लाख जरिवाना फैसला भएका फरार दोषीलाई १६ वर्षपछि दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।विसं २०५७ असोज २ गते गोबरडिहा गाविस–५ का धनेश्वर अर्यालका घरमा चोरी गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले गोबरडिया–५ पचाहवाका ३६ वर्षीय प्रकाश चौधरीलाई नौ वर्ष कैद […]

२०७३ पुष ९ गते, शनिबार

वकिलहरुको सम्मेलन सुरु

काठमाडौं, ८ पुस । महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको नेपालका सरकारी वकिलहरुको सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ ।तीनदिने सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको संस्थागत विकास, कानुनी शासनको प्रत्याभूति र मानवअधिकार संरक्षणमा सरकारी वकिलहरुको ठूलो दायित्व हुने बताइन् । उनले संविधान र कानुनले महान्यायाधिवक्ता र सरकारी वकिलहरुलाई प्रदान गरेको भूमिका निर्वाह गर्न महान्यायाधिवक्ताको कार्यालय […]

२०७३ पुष ८ गते, शुक्रबार

राष्ट्रिय परिचयपत्र वितरण शीघ्र

काठमाडौँ, ८ पुस । एकजना नेपाली नागरिकले थरीथरीका परिचय बोकेर हिँड्नुपर्ने झन्झटबाट अब मुक्ति मिल्ने भएको छ । नेपाल सरकारको सात वर्षको तयारीपछि ‘राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र’ले नेपाली नागरिकलाई बहुपयोगी बायोमेट्रिक स्मार्ट कार्ड राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । त्यसका लागि द्रुत गतिमा कार्य भइरहेको छ । परिचयपत्रमा नेपाल सरकारको लोगो, राष्ट्रिय झण्डा […]

२०७३ पुष ८ गते, शुक्रबार

डिआइजी बढुवाविरुद्ध उजुरी

काठमाडौं, ७ पुस । प्रहरी वरिष्ठ उपरीक्षक लब विष्टले गृह मन्त्रालयले गरेको प्रहरी नायव महानिरीक्षक (डिआइजी) बढुवामा अन्याय भएको दाबीसहित लोकसेवा आयोगमा उजुरी दिएका छन् । बढुवा सिफारिसमा आफूलाई अन्याय भएको भन्दै उनले आयोगमा उजुरी दिएका हुन् । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा वरियताक्रममा एक नम्बरमा रहेका वरिष्ठ उपरीक्षक विष्टबाहेक अन्य तीन जनालाई नायव […]

२०७३ पुष ७ गते, बिहीबार

‘कुटपिटकै कारण लक्ष्मी परियारको मृत्यु ‘

काठमाडौं, ६ पुस । दलित एकता सञ्जालले लक्ष्मी परियारको कुटपिटकै कारण मृत्यु भएको निष्कर्ष निकालेको छ । उसले लक्ष्मीका हत्यारालाई तत्काल कारबाही गर्न र पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग समेत गरेको छ । सञ्जालले आज पत्रकार सम्मेलन गरी लक्ष्मी परियारलाई मलमूत्र खुवाउने र कुट्नेजस्तो अक्षम्य व्यवहार गर्नेहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग […]

२०७३ पुष ६ गते, बुधबार

महानगर यातायात ४० बस थप्दै

काठमाडौँ, ६ पुस । काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र बस सेवा दिँदै आएको महानगर यातायात प्रालिले राजधानीका भित्री रुटमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ भने थप ४० वटा ठूला सिटी बस भित्र्याउने तयारी गरिरहेको छ । महानगर यातायातले यात्रुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा यही पुस १५ गतेदेखि बस सेवा विस्तार […]

२०७३ पुष ६ गते, बुधबार

छोरीहरूबीच सम्पत्ति विवादले तीन दिनपछि दाहसंस्कार

काठमाडौं, ५ पुस । छोरीहरूबीच सम्पत्ति कसले खाने भन्ने विवादका कारण एक वृद्धको मृत्यु भएको तीन दिनपछि मात्रै दाहसंस्कार भएको छ । शुक्रबार साँझ मृत्यु भएका पर्सा धोरेका झक्कु सहनीको सोमबार प्रहरीको दबाबमा दाहसंस्कार भएको हो । सम्पत्तिका विषयमा सहनीका छोरीहरु उमादेवी र सिन्धुदेवीबीच सम्पत्तिको विषयमा विवाद भएको थियो । दुवै बिबाहित छोरीहरुलाई बाबु सहनीले […]

२०७३ पुष ५ गते, मंगलवार

मानव तस्करसँग सचेत रहन आग्रह

काठमाडौँ, ५ पुस । परराष्ट्र मन्त्रालयले मानव तस्करीमा संलग्नहरूले ‘सोझा नेपालीहरूलाई फसाउन थाइल्यान्ड भिसा प्रयोग गर्न थालेको’ भन्दै सचेत हुन सबैमा आग्रह गरेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै बैङ्ककस्थित नेपाली राजदूतावासले ‘तस्करहरूले थाइल्यान्डसम्म ल्याएर आफैँले पक्राउने गरेको’ समेत जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, मानव तस्कर÷दलालहरूले कैयौँ नेपालीहरूलाई पर्यटक भिसामा थाइल्यान्ड ल्याई […]

२०७३ पुष ५ गते, मंगलवार

सवारी चालक अनुमतिको काम भक्तपुरको जगातीबाट

काठमाडौं , ४ पुस । यातायात व्यवस्था विभागले भक्तपुर जगातीबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय सञ्चालनमा ल्याउने भएको छ । कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता भइसकेको र मङ्गलबार कार्यालयको उद्घाटन गरेपछि सेवा सुरु गर्ने भएको छ । विभागका शाखा अधिकृत चिरञ्जीवी सापकोटाले कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधारको तयारी, फर्निचर एवम् फर्निसिङ, विद्युत् […]

२०७३ पुष ४ गते, सोमबार