समाज

चैते छठ पर्व मनाइँदै

काठमाडौँ । आज तराईका जिल्लाहरुमा चैते छठ पर्व धुमधामसँग मनाइँदैछ । चैत्र शुक्लपक्ष चतुर्थी तिथिबाट नुहाएर शुद्ध भएर शुरु गरिएको चैते छठअन्तर्गत हिजो शनिबार पहिलो दिन खरना विधि गरिएको थियो । चैते छठ अन्तर्गत चोखो ठाउँ तथा भाडाको प्रयोग गरेर घरमा नै तयार पारिएको ठेकुवा, भुसुवा, उखु, नरिवल, अदुवा, बेसार र फलफूल छैटीमा राखेर घर […]

२०८१ बैशाख २ गते, आईतवार

जुडशीतल पर्व मनाइँदै

काठमाडौँ । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । जुडशीतल पर्वको अवसरमा सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान […]

२०८१ बैशाख २ गते, आईतवार

बिसु पर्व मनाइँदै

काठमाडौँ । आज बिसु पर्व , सुदूरपश्चिम प्रदेशमा सिस्नाे खेलेर मनाइँदैछ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने परम्पराअनुसार सिस्नु खेलेर मनाउने गर्दछन् । बिसु पर्व मनाउन घर बाहिर रहेकाहरु फर्किएपछि यहाँका गाउँबस्तिमा राैनकता छाएकाे छ । बिसु पर्वमा मिठा-मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहेकाे छ […]

२०८१ बैशाख १ गते, शनिबार

आजदेखि २०८१ साल सुरु

काठमाडौँ । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । हिन्दु पञ्चाङ्गमा आधारित पात्रो […]

२०८१ बैशाख १ गते, शनिबार

इदउलफित्र मनाइदै

काठमाडौँ । आज इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ मनाइदै छ । आज नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । […]

२०८० चैत्र २९ गते, बिहीबार

ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण

काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाका अनुसार उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् । ७ फागुनबाट २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० जनामध्येबाट करिब साढे ६ हजार परीक्षार्थी उत्र्तीण भएका हुन् । शाखाका अनुसार उनीहरुले अब सिप परीक्षा दिनुपर्नेछ । […]

२०८० चैत्र २८ गते, बुधबार

भोलि ईद उल फित्र, सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौँ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको जनाएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ।हिजरी संवतको रमदान महिनाभर रोजा […]

२०८० चैत्र २८ गते, बुधबार

काठमाडौँ उपत्यका विश्वकै वायु प्रदूषित सहर !

काठमाडौँ । विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरले आज विश्वका वायु प्रदूषित सहरको सूचीमा काठमाडौँ उपत्यकालाई पहिलो नम्बरमा राखेको छ । सिंगापुरले रियल टाइममा वायुको गुणस्तर मापन गर्ने गर्छ । जसअनुसार नेपालको एक्युआइ २४१ रहेको छ । जुन निकै घातक हो । एक्युआइ अनुसार सय अंकभन्दा माथिलाई घातक प्रदूषित हावा मानिन्छ । बुधबार बिहान ९ः०१ […]

२०८० चैत्र २८ गते, बुधबार

गुन्द्रुकलाई गुणस्तरको मान्यता !

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता दिएको छ । सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको अनुज्ञा पत्र प्रदान गरेको उपमहानगरपालिकामा पत्रकार सम्मेलनमार्फत जानकारी गराइको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये […]

२०८० चैत्र २७ गते, मंगलवार

भिक्षुलाई लात्ती हान्ने प्रहरीमाथि विभागीय कारबाही

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले काठमाडौँको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएको हो ।शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच […]

२०८० चैत्र २६ गते, सोमबार