समाज

आज महाशिवरात्रि

काठमाडौँ । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज मार्च ८, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपाललगायत विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १९११ देखि मनाउन शुरु गरिएको अन्तर्राष्ट्रिय नारी दिवसले ११४ वर्ष पुरा गरिसकेको छ । सर्वप्रथम सन् १९०९ को २८ फेब्रुअरीमा संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले नारी दिवस मनाएको थियो । यसपछि सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

प्रथम आदिवासी याक्थुङ सांस्कृतिक महोत्सव सुरु

काठमाडौँ । किरात याक्थुङ चुम्लुङको आयोजनामा इलाममा आजदेखि ‘प्रथम आदिवासी याक्थुङ\लिम्बू सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । इलाम चोब बजारमा हुने सो महोत्सव कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले हुन लागेको बताइएको छ। महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन, सांस्कृतिक परिकार प्रदर्शन र समसामयिक विषयको विभिन्न कार्यपत्रमाथि छलफल गरिने चुम्लुङ इलामको […]

२०८० फाल्गुन २४ गते, बिहीबार

नापतौलमा ठगी गर्ने चार हजार ७४१ व्यवसायी कारबाहीमा

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको छ महिनामा नापतौलमार्फत उपभोक्तालाई ठगी गर्ने तथा समयमा यन्त्रको नवीकरण नगर्ने व्यापारीलाई कारबाही तथा जरिवाना गरेको हो ।कार्यालयका प्रमुख राकेशकुमार झाले […]

२०८० फाल्गुन २३ गते, बुधबार

यात्रुवाहक बस दुर्घटना : ५ जनाको मृत्यु

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित घाटबेशीनजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । ईलाका प्रहरी कार्यालय गजुरीका डीएसपी मदन कुँवरले हालसम्म ३८ जना यात्रुको सकुशल उद्धार गरिएको जानकारी दिए । उनले उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको बताए । दुर्घटनास्थलमा […]

२०८० फाल्गुन २३ गते, बुधबार

सहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन

काठमाडौँ । दाङ शान्तिनगर गाउँपालिकामा जनयुद्धका सहिद , बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन गरिएको छ ।शनिबार नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर गाउँसमितिको आयोजनामा आयोजित एक औपचारिक कार्यक्रमका बिच शहिद, बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन गरिएको हो ।नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा पश्चिम दाङ […]

२०८० फाल्गुन २० गते, आईतवार

युवा संगठन नेपाल रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ । युवा संगठन नेपाल, रुपन्देहीको ७ औं जिल्ला सम्मेलनले प्रदेशी सीको अध्यक्षतामा ३५ सदस्यीय उत्तरी जिल्ला समिति र रामबचन सीको संयोजकत्वमा ११ सदस्यीय दक्षिण जिल्ला समिति गठन गरेको छ । उक्त सम्मेलनको उद्घाटन गर्दै स्थायी कमिटी सदस्य शिलुले देशको राष्ट्रिय स्वाधीनता संकटमा पर्दै गएको बताउँदै युवा संगठनले स्वाधीनताको रक्षा गर्नु मुख्य दायित्व रहेको बताइन् […]

२०८० फाल्गुन २० गते, आईतवार

युवा संगठन नेपाल पूर्वी अछामको अध्यक्षमा गोकुल सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल पूर्वी अछामको अध्यक्षमा गोकुल सी निर्वाचित भएका छन् । आज सम्पन्न जिल्लाको चौथो सम्मेलनबाट गोकुल सी दोश्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । अछामको कमलबजारमा सम्पन्न सम्मेलनले १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष देवेन्द्र सी, सर्प रावल, सचिव भरत सुनार , सह- […]

२०८० फाल्गुन २० गते, आईतवार

बेनी–मालढुङ्गा सडक दैनिक बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द

काठमाडौँ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक आजदेखि दैनिक बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुने भएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको बताए । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन शनिबारदेखि यही फागुन २४ गतेसम्म […]

२०८० फाल्गुन १९ गते, शनिबार

दुग्ध किसानद्वारा देशब्यापीरुपमा आन्दोलन

काठमाडौँ । दुग्ध किसान दूधको भुक्तानी नपाएको भन्दै देशभर आन्दोलन चर्काएका छन् । यसैक्रममा नवलपरासी पूर्वका किसानहरूले पूर्व–पश्चिम राजमार्गको कावासोतीमा दूध पोखेर विरोध गरेका छन् भने दुग्ध उत्पादक सहकारी सङ्घ मकवानपुरको अगुवाइमा विभिन्न ठाउँबाट हेटौँडा पुगेका किसानहरूले केहीबेर सडक बन्द गरेर प्रदर्शन गरेका छन् । सरकारी तथा निजी क्षेत्रका दुग्ध उद्योगले किसानबाट किनेको दूधको रकम […]

२०८० फाल्गुन १७ गते, बिहीबार