समाज

तराईमा ‘लू’ को सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ । विभागले लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस […]

२०८१ बैशाख ११ गते, मंगलवार

पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो ‘विशेष बुलेटिन’ जारी गरी विशेषगरी तराई क्षेत्रका नागरिकलाई वैशाख १४ गतेसम्म सजगता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आगामी ५ दिन (वैशाख १४ गते) सम्म तराईमा तातो हावा चल्ने सम्भावना रहेकाले त्यसको असरबाट बच्न तराईवासीलाई सुझाव दिएको छ ।‘आगामी केही दिनसम्म देशभरको तापक्रमको […]

२०८१ बैशाख १० गते, सोमबार

अन्तर्राष्ट्रिय पृथ्वी दिवस मनाइँदै

काठमाडौँ । आज अप्रिल २२ , अन्तर्राष्ट्रिय पृथ्वी दिवस विश्वभर मनाइँदै छ । सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले पनि अप्रिल २२ लाई संसारभर पृथ्वी दिवस मनाउन पारित गरेको थियो। यो दिवस नेपालसहित विश्वका करिब २०० राष्ट्रमा मनाइँदै छ। दिवसले पृथ्वीलाई जोगाउनुपर्ने, भविष्यका लागि पृथ्वीमा भएको […]

२०८१ बैशाख १० गते, सोमबार

काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहर

काठमाडौँ । एयर क्वालिटी इन्डेक्सका अनुसार काठमाडौँ उपत्यकाको वायुप्रदूषण एक सय ५२ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहरका रुपमा सूचीकृत छ । विपद व्यवस्थापनविद डा. धर्मराज उप्रेतीले वायु प्रदूषण नियन्त्रणसम्बन्धी सरकारी नीति राम्रो भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा काठमाडौँ वायु प्रदूषणको हिसाबले प्रदूषित सहरका रुपमा अग्रस्थानमा रहेको बताएका छन् […]

२०८१ बैशाख ३ गते, सोमबार

न्यायाधीश गिरी पुर्पक्षका लागि थुनामा

काठमाडौँ । वैवाहिक बलात्कारको अभियोग लागेर निलम्बनमा परेका न्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् । उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो। सर्वोच्च अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले नेपालखबरलाई जानकारी दिए।सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते गिरीलाई थुनामा पठाउन आदेश […]

२०८१ बैशाख ३ गते, सोमबार

‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ सुरु गरेको छ । उक्त अभियानको आज बिहान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शुभारम्भ गर्दै नेपालको सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेसन सञ्चालन गर्ने घोषणा गरेका छन् ।गृहमन्त्री लामिछानेले आवश्यक […]

२०८१ बैशाख २ गते, आईतवार

चैते छठ पर्व मनाइँदै

काठमाडौँ । आज तराईका जिल्लाहरुमा चैते छठ पर्व धुमधामसँग मनाइँदैछ । चैत्र शुक्लपक्ष चतुर्थी तिथिबाट नुहाएर शुद्ध भएर शुरु गरिएको चैते छठअन्तर्गत हिजो शनिबार पहिलो दिन खरना विधि गरिएको थियो । चैते छठ अन्तर्गत चोखो ठाउँ तथा भाडाको प्रयोग गरेर घरमा नै तयार पारिएको ठेकुवा, भुसुवा, उखु, नरिवल, अदुवा, बेसार र फलफूल छैटीमा राखेर घर […]

२०८१ बैशाख २ गते, आईतवार

जुडशीतल पर्व मनाइँदै

काठमाडौँ । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । जुडशीतल पर्वको अवसरमा सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान […]

२०८१ बैशाख २ गते, आईतवार

बिसु पर्व मनाइँदै

काठमाडौँ । आज बिसु पर्व , सुदूरपश्चिम प्रदेशमा सिस्नाे खेलेर मनाइँदैछ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने परम्पराअनुसार सिस्नु खेलेर मनाउने गर्दछन् । बिसु पर्व मनाउन घर बाहिर रहेकाहरु फर्किएपछि यहाँका गाउँबस्तिमा राैनकता छाएकाे छ । बिसु पर्वमा मिठा-मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहेकाे छ […]

२०८१ बैशाख १ गते, शनिबार

आजदेखि २०८१ साल सुरु

काठमाडौँ । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । हिन्दु पञ्चाङ्गमा आधारित पात्रो […]

२०८१ बैशाख १ गते, शनिबार