राजनीति

रौतहटमा उम्मेदवारको मृत्यु

रौतहट , १६ कात्तिक । नेपाल सदभावना पार्टी युनाइटेड (श्याम सुन्दर गुप्ता समूह) का तर्फबाट प्रत्यक्ष उम्मेदवारी दिएका रौतहट पिप्रा भगवानापुर ७ का शेख इसराजुलको मृत्यु भएको छ ।रौतहट क्षेत्र नम्बर २ का नेपाल सदभावना पार्टी युनाइटेडका ५९ वर्षका उम्मेदवार शेख इसराजुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । राति खान खाएर सुतेका […]

२०७० कार्तिक १६ गते, शनिबार

पोखरेल नेतत्वको कर्मचारी संगठनआधिकारिक

काठमाडौं, १२ कात्तिक । नेकपा–माओवादी निकट राष्ट्रिय निजामती कर्मचारी संगठनका दुइ पक्षको बिबादको अन्त्य गर्दै श्रम मन्त्रालयले महादीप पोखरेल नेतत्वको कार्यसमितिलाई मान्यता दिएको छ। श्रम मन्त्रालयले महादीप पोखरेल र दयाराम बस्याल दुवै समूहका कागजात अध्ययन गर्दा पोखरेल समूहले पेश गरेका कागजात नै आधिकारिक र कानुनसम्मत देखिएकोले आधिकारिक मान्यता दिएको बताइएको छ। सचिवस्तरीय निर्णय गरी पोखरेल […]

२०७० कार्तिक १२ गते, मंगलवार

आज धौलागिरी बन्द

काठमाडौं, १४ कात्तिक । नेकपा–माओवादी लगायतको ३३ दलिय मोर्चाले प्रहरी प्रशासनले नियन्त्रणमा लिएका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै आज धौलागिरीमा यातायात बन्दको आव्हान गरेको छ । राज्यले पञ्चायती शैलीमा आफ्ना कार्यकर्तालाई गिरफ्तार गर्ने र झुट्टा मुद्धा लगाउने काम गरेको भन्दै मोर्चाले त्यसको बिरोध स्वरुप यातायात बन्दको आव्हान गरेको जनाएको छ । मोर्चाले मंगलवार बागलुङ बजारमा […]

२०७० कार्तिक १४ गते, बिहीबार

बहिस्कार आन्दोलनमा युवाहरु ओइरिए

भक्तपुर , ११ कार्तिक ।एमाओवादी, नेपाली कांग्रेस, एमालेको चुनावी प्रचारमा हिटेका भक्तपुरका स्थानिय नेता तथा कार्यकर्ता र केही स्वतन्त्र युवाहरु गरि ३ सय ७३ जना चुनावको सक्रिय वहिस्कार गरिरहेको नेकपा माओवादीमा प्रवेश गरेका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा दिपक डोटेलको नेतृत्वमा मिलन खड्का, सुमन थापा, बाँसु अधिकारी, प्रदिप खड्का, सुमन श्रेष्ठ लगायतका युवाहरुले […]

२०७० कार्तिक ११ गते, सोमबार

कार्की पार्टीको कार्यकर्ता होइनन् : माओवादी

कार्तिक १०, काठमाडौं । नेकपा–माओवादीले हितयार सहित पक्राउ परेका सुमित कार्की आफ्नो पार्टीको कार्यकर्ता नभएको बताएको छ । कार्कीलाई आफ्नो पार्टीसँग जोडेर आइतवारका केही संचारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकषर्ण भएको भन्दै नेकपा –माओवादी भक्तपुर जिल्लाले आज एक विज्ञाप्ती जारी गरी पक्राउ परेका सुमित कार्की भनिने व्यक्ति आफ्नो पार्टीको कार्यकर्ता नभएको बताएका छन् । ‘पक्राउ परेका सुमित […]

२०७० कार्तिक १० गते, आईतवार

निर्वाचन सामग्री जलाइयो

पाल्पा, १० कार्तिक – नेकपा-माओवादीका कार्यकर्ताले शनिबार पाल्पा जिल्लाको कसेनी-७ सिलाङ्गेमा निर्वाचन शिक्षा सामाग्री कब्जामा लिएर जलाइदिएका छन् । निर्वाचन प्रशिक्षकले सिलाङ्गेमा गएर सामग्री वितरण गर्ने क्रममा उनीहरुले कब्जामा लिएर जलाएका हुन् ।माओवादी जिल्ला ईन्चार्ज धीरज रानाले आफ्नो पार्टीको बहिष्कार कार्यक्रम अन्तर्गत सामग्री नियन्त्रणमा लिएर जलाइएको दाबी गरेका छन् । नेकपा-माओवादी क्षेत्र नं. २ प्रमुख […]

२०७० कार्तिक १० गते, आईतवार

माओवादीका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ

पाँचथर ,९ कात्तिक । चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेकपा- माओवादी पाँचथर जिल्ला सेक्रेटरी लक्ष्मी न्यौपाने ‘प्रकाश’ लाई प्रहरीले हिरासतमा लिएको छ।सदरमुकाम फिदिमस्थित वैद्य माओवादीको कार्यालयमा रहेका न्यौपानेलाई शुक्रबार १२ बजेदेखि २२ घण्टासम्म नजरबन्दमा राखेर शनिबार विहान १० बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको हो ।केही दिनअघि कांग्रेसले गरेको चुनावी अभियानमा अवरोध […]

२०७० कार्तिक ९ गते, शनिबार

एमाओवादी र एमालेबीच दोहोरो झडप

गोरखा ,८ कात्तिक । गोरखाको स्वाँरा गाविसमा एमाओवादी र एमालेका कार्यकर्ताबीच झडप भएको छ । गएराति ८ः३० बजेको समयमा भएको सो झडपमा दुवै पक्षका गरी १२ जना नेता तथा कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय माझथर माविका शिक्षक रामबहादुर चौधरीसमेत रहेका छन् । स्वाँरा गाविसको थारचोकमा स्थानीय क्लबले तिहारको शुभसन्ध्यामा गर्न लागेको कार्यक्रमबारे […]

२०७० कार्तिक ८ गते, शुक्रबार

उम्मेदवारको गाडी जलाइयो

पोखरा , ६ कात्तिक । एकीकृत नेकपा माओवादीको कास्की क्षेत्र नम्बर १ का उम्मेदवार विष्णु पौडेलले चुनाव प्रचारमा प्रयोग गरेको गाडी आज बिहान साढे ३ बजे अज्ञात समूहले जलाइदिएको छ । कास्कीको दुर्गम सिद्ध गाविसमा प्रचारमा पुगेको टोली वडा नं ६ स्थित छाप भन्ने ठाउँमा सुतेको बेला गाडी जलाइएको हो ।गाडी जलेको थाहा पाएपछि चुनाव […]

२०७० कार्तिक ६ गते, बुधबार

निर्वाचन सामाग्री जलाइयो

सुर्खेत, ४ कात्तिक – नेकपा–माओवादीका कार्यकर्ताले सुर्खेतमा मतदाता शिक्षा सम्वन्धी सामाग्री लुटेर जलाएका छन ।मतदाता शिक्षा सम्वन्धी सामाग्री लिएर आ–आफनो गाउ जान लागेका निर्वाचन कर्मचारीवाट लुटेका सामाग्री उनीहरुले जलाएका छन् ।राकम, घोरेटा र आग्रीगाउ गाविसवाट फिलिपचार्ट, पोष्टर, हाते पुस्तिका, नमुना मतपत्र लगायतका समाग्री लुटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । घोरेटा र आग्रीगाउँमा आइतबारराती तथा […]

२०७० कार्तिक ४ गते, सोमबार