राजनीति

एमाले पार्टी कार्यालय रौतहटमा आगजनी

काठमाडौ, १० भदौ । एमाले रौतहट जिल्ला कार्यालयमा आगजनी भएको छ । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले एमाले पार्टी कार्यालयमा आगजनी गरेको बताइएको छ । मोर्चा कार्यकर्ताहरुले बन्द रहेको एमाले पार्टी कार्यालयको झ्यालबाट मट्टतिेल छर्केर कोठा भित्र आगो लगाएका हुन् ।आगलाजीका कारण कार्यालयमा रहेका फर्निचर तथा कुुर्सीहरु जलेका छन् । प्लास्टीकको बोतलमा मटितेल हालेर झ्यालबाट […]

२०७२ भाद्र १० गते, बिहीबार

वार्तामा प्रधानमन्त्री

काठमाडौ, १० भदौ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका दलहरुसँग वार्ता थालेका छन । हिजो नेकपा–माओवादीसँग वार्ता गरेका प्रधानमन्त्री कोइरालाले आज अन्य असन्तुष्ट पक्षसँग छलफल गर्दै छन । प्रधानमन्त्री कोइरालाले आज साँझ तराई मधेस लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनाधिकार फोरम(गणतान्त्रिक), […]

२०७२ भाद्र १० गते, बिहीबार

प्रहरीको हत्यामा संलग्न शंकास्पद व्यक्ति पक्राउ

काठमाडौ, ९ भदौ । गत सोमबार डिउटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा जोशीपुर–४ बस्ने ३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्कबहादुर चौधरी, मधेसी जनअधिकार फोरमका क्षेत्रीय अध्यक्ष ४४ वर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ वर्षीय […]

२०७२ भाद्र ९ गते, बुधबार

आन्दोलनलाई सयंमित बनाउने सहमति

काठमाडौ, ९ भदौ । हिजो साँझ सर्लाहीको नवलपुरमा बसेको जिल्लाका प्रमुख राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरुले आन्दोलनलाई हिंसात्मक नबनाउने प्रतिवद्धता जनाएका छन् । आन्दोलनरत मधेसवादी दलहरुले सामाजिक सद्भाव नबिथोलिने गरी विरोधका कार्यक्रम गर्ने प्रतिवद्धता जनाएको बैठकमा सहभागी नेपाली कांगे्रस जिल्ला कार्य समिति सर्लाहीका सदस्य सहदेव थापाले जानकारी दिए । नेपाल पत्रकार महासंघ […]

२०७२ भाद्र ९ गते, बुधबार

‘संविधानमा भूमिसहित बसोबासको अधिकार सुनिश्चित हुनुपर्छ’

काठमाडौँ, ८ भदौ । सुकुम्बासी अगुवाहरुले मस्यौदा संविधानमा सुकुम्बासीको अधिकार नसमेटिएको भन्दै आपत्ति जनाका छन् । उनीहरुले नयाँ संविधानमा भूमिसहित बसोबासको अधिकारलाई मौलिक हकको रुपमा किटानी गरिनुपर्ने बताएका छन् । सुकुम्बासीले बास माग्दा सरकारले उठिबास लगाउँने गरेको भन्दै भूमिसहितको स्थायी बसोबासको व्यवस्था गर्न उनीहरुले माग समेत गरे । मंगलबार संवाद डबलीमा संयुक्त राष्ट्रिय सुकुम्बासी संघर्ष […]

२०७२ भाद्र ८ गते, मंगलवार

जलेश्वरमा दुई वटा प्रहरी बिटमाथि आगजनी

काठमाडौं, ८ भदौ । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज विहानै दुई वटा प्रहरी बिटमा आगजनी भएको छ । प्रादेशिक सीमाङ्कनको विरोधमा विगत ११ दिनदेखि आन्दोलन जारी राखेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान ५ बजेतिर महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई वटा प्रहरी बिट जलाएका हुन् । सयौको सङ्ख्यामा आएका मोर्चाका कार्यकर्ताले जलेश्वरको मटिहानी चोक र बखरी […]

२०७२ भाद्र ८ गते, मंगलवार

कैलालीमा सेना परिचालन

काठमाडौ, ८ भदौ । कैलालीको टीकापुरमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना खटिएको छ । हिजो रातिदेखि नै कैलालीमा तेघरी र लम्की ब्यारेकबाट सेना खटाइएको सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार कर्फ्यु लागेका रौतहट र नेपालगन्जमा पनि स्थानीय प्रशासनको समन्वयमा अरु सुरक्षा अङ्गका साथ गस्तिका लागि नेपाली सेना सहभागी छ । […]

२०७२ भाद्र ८ गते, मंगलवार

सरकारद्वारा सेना परिचालन

काठमाडौं, ७ भदौ । सरकारले प्रदर्शन भइरहेका क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्दै सेना परिचालन गर्ने भएको छ । सरकारले सुरक्षा स्थिति विग्रदै गएको निश्कर्ष निकाल्दै कैलालीलगायतका केही जिल्लामा सेना परिचालन गर्ने निर्णय गरेको हो । कैलालीमा भएको हिंसात्मक घटनापछि गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको सोमबार अपरान्ह बसेको बैठकले सेना परिचालनको निर्णय गरेको हो । सेना […]

२०७२ भाद्र ७ गते, सोमबार

वार्तामा बसौ : प्रधानमन्त्री

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत राजनीतिक दल तथा विभिन्न पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । प्रधानमन्त्री कोइरालाले आइतबार राति देशवासीका नाममा सन्देश जारी गर्दै शान्तिपूर्ण तवरबाटै आफ्ना मागहरुको समाधान गर्नेतर्फ लाग्न आग्रह गरेका हुन् । उनले मुलुकको भूराजनीतिक संवेदनशीलता र धरातलीय यथार्थतालाई मनन् गर्दै सबैलाई संयमित र एकताबद्ध हुन अपील गरेका […]

२०७२ भाद्र ७ गते, सोमबार

माओवादीका जिल्ला नेता गिरफ्तार

काठमाडौं, ६ भदौ । नेकपा माअाेवादी उदयपुर जिल्ला कमिटीका सचिवालय सदस्य अमृत खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शंकर बस्नेतलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा खत्रीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक टेकबहादुर गुरुङ्ले बताए । तर , नेकपा माओवादीले उक्त आरोपको खण्डन गर्दै खानेपानी उपभोक्ता समितिको अध्यक्ष […]

२०७२ भाद्र ६ गते, आईतवार