राजनीति

राष्ट्रपतिद्वारा सरकारलाई निर्देशन

काठमाडौ,३० जेठ राष्ट्रपति डा रामवरण यादवले सबै कुरा त्यागेर आगामी मंसिरभित्र संविधानसभाको निर्वाचन गराउने काममा मात्र केन्द्रित हुन सरकारलाई निर्देशन दिएका छन् । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई बुधबार साँझ शीतलनिवास बोलाएर राष्ट्रपति यादवले सो निर्देशन दिएका हुन् । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीसँगको छलफलमा राष्ट्रपति यादवले सरकारको भूमिकालाई लिएर गम्भीर आपत्तिसमेत जनाएका बताएको छ । […]

२०७० जेष्ठ ३० गते, बिहीबार

मुलुकमा कर्मचारीतन्त्र लागू भएको छ :उपेन्द्र

जनकपुर, जेष्ठ २९ – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भए यता मुलुकमा कर्मचारीतन्त्र लागू भएको बताएका छन् ।फोरम नेपा लको वुधवार लक्ष्मीनियामा आयोजित क्षेत्रीय सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै यादवले भने-‘ रेग्मी नेतृत्वको सरकार गठनसँगै मुलुकमा कर्मचारीतन्त्र लागू भएको छ । दलहरुको औचित्य समाप्त […]

२०७० जेष्ठ २९ गते, बुधबार

त्रिशुली३ ए को क्षमता वृद्धि निर्णय फिर्ता

काठमाडौं, २९ जेठ– सरकारले अन्ततः विवादास्पद त्रिशुली–३ ए को क्षमता वृद्धिको निर्णय फिर्ता लिएको छ । सर्वत्र विरोधपछि दबाब थेग्न नसकेर सरकारले घुँडा टेकेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले निर्णय फिर्ता लिइएको बताए । विद्युत प्राधिकरण सञ्चालक समितिले १७ जेठमा आयोजनाको क्षमता वृद्धि गरी ९० मेघावाट बनाइ चिनिया कम्पनीलाई निर्माण ठेक्का […]

२०७० जेष्ठ २९ गते, बुधबार

आज बालश्रम विरुद्धको विश्व दिवस

काठमाडौ, जेठ २९ – घरेलु बालश्रम अन्त्य गरौं नाराका साथ बाल श्रम विरुद्धको विश्व दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।बालश्रम विरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्धेश्यले हरेक वर्ष जुन १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । राष्ट्रिय श्रमशक्ति सर्वेक्षण प्रतिवेदन २००८ अनुसार १६ लाख बालबालिका श्रमिकका रुपमा कार्यरत छन् । ति […]

२०७० जेष्ठ २९ गते, बुधबार

१ सय ६९ न्यायाधीश नियुक्त

काठमाडौं, २७ जेठ– न्याय परिषदले आइतबार मध्यराति १ सय ६९ न्यायाधीश नियुक्त गरेको छ । आइतबार दिउँसोदेखि सुरु भई मध्यराति सकेको न्यायपरिषद बैठकले पुनरावेदन तहमा ८० र जिल्लामा ८९ न्यायाधीशको नियुक्त गरेको हो । जसमध्ये पुनरावेदनमा ४७ न्यायाधीश स्थायी नियुक्ति भएका छन् भने ३३ जना अतिरिक्त पदका लागि नियुक्ति गरिएको छ । स्थायी र अतिरिक्त […]

२०७० जेष्ठ २७ गते, सोमबार

सर्वोच्चको प्रशासनमा तालाबन्दी

काठमाडौ, २६ जेठ । न्यायपरिषद् ऐन संशोधनको विरोध गर्दै सर्वोच्च अदालतका कर्मचारीले आफ्नै प्रशासन शाखामा तालाबन्दी गरेका छन् ।न्यायपरिषद् ऐन संशोधनको विरोध गर्दै कर्मचारीहरुले आजबाट सर्वोच्च अदालतको प्रशासन शाखामा तालाबन्दी गरेका हुन् । न्यायपरिषद् ऐन संशोधन गरेर अधिवक्तालाई परीक्षा दिएर न्यायाधीश बनाउने व्यवस्थाविरुद्ध कर्मचारी आन्दोलित भएका हुन् ।कर्मचारीहरु अधिवक्तालाई परीक्षा दिएर न्यायाधीश बनाउन नहुने पक्षमा […]

२०७० जेष्ठ २६ गते, आईतवार

बत्तीमन्त्री निवास अन्धकार पारिदै

काठमाडौं, २६ जेठ । माथिल्लो त्रिशुली ३ ए आयोजनाको क्षमता विस्तार गर्ने नेपाल विद्युत प्राधिकरणको निर्णयको विरोधमा रहेको प्राधिकरणका कर्मजारीले आजदेखि उर्जामन्त्री उमाकान्त झाको पुल्चोकस्थित निवासमा बत्ती काट्ने भएका छन् । उनीहरुले आज बिहान ११ बजेदखि दिउँसो १ बजेसम्म विद्युत काट्ने भएका हुन् । आजदेखि ३ दिनसम्म मन्त्रीको निवासमा सो समयमा बत्ती काट्ने आन्दोलनरत एक […]

२०७० जेष्ठ २६ गते, आईतवार

एमाओवादीभित्र रडाको

काठमाडौ, २५ जेठ । एकीकृत माओवादीभित्र रिक्त पद पूर्ति प्रक्रिया सुरु भएसँगै रडाको मच्चिएको छ । रिक्त रहेको सचिव र कोषध्यक्ष पदमा पदपुर्तिको टुङ्गो लगाउन पटक पटक पदाधिकारीको बैठक बसेपनि निष्कर्शविहीन बन्दै आएको छ ।सचिव र कोषध्यक्षसंगै महासचिवमा समेत कतिपय नेताहरु आकांक्षी दखिएपछि पदाधिकारी बैठक निष्कर्शविहीन बन्दै आएको हो ।भोलिबाट सुरु हुने केन्द्रिय समितिको बैठक […]

२०७० जेष्ठ २५ गते, शनिबार

फेवातालका डुंगा ब्याबसायी आन्दोलित

पोखरा, जेठ २४ – पोखराको फेवातालका डुंगा व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।जिल्ला विकास समिति कास्कीले फेवातालमा डुंगा संचालनका लागि टेण्डर आव्हान गरेको विरोधमा व्यवसायी आन्दोलित बनेका हुन् । व्यवयासीको आन्दोलनका कारण फेवातालमा चल्ने ७ सय ९ वटा डुंगा ताल किनारामै रोकिएका छन् । डुंगा नचल्दा तालबाराही मन्दिर दर्शन गर्न पोखरा आएका सयौं देशी विदेशी भक्तजन […]

२०७० जेष्ठ २४ गते, शुक्रबार

माओवादी मजदुर हड्तालमा

काठमाडौ, २३ जेठ । नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले विहिवार र शुक्रवार दुई दिन देशभर रहेका उद्योग कलकारखाना तथा व्यवसाय बन्द आह्वान गरेको छ । मजदुरको न्यूनतम तलब वृद्धि गरेर १५ हजार रुपैयाँ पु¥याउनुपर्ने माग गर्दै ट्रेड युनियनले दुई दिने उद्योग बन्दको घोषणा गरेको हो । महंगी बढ्दै गएकोले मजदुरहरुलाई बाँच्ने वातावरण […]

२०७० जेष्ठ २३ गते, बिहीबार