राजनीति

वर्तमान संकटको निकास नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले देश गम्भीर संकटमा फसेको बताउँदै यसको निकास नेपाली विशेषताको समाजवाद रहेको बताएका छन् । उनले देशभक्त र अग्रगामी सबैलाई ध्रुवीकृत गर्दै निकासको नेतृत्व गर्न नेकपा तयार रहेको बताए । शनिबार झापाको कनकाई नगरपालिकास्थित सुरङ्गामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै उनले यस्तो बताएका हुन् […]

२०८० चैत्र ४ गते, आईतवार

सत्ता गठबन्धन कार्यदलद्वारा न्यूनतम साझा कार्यक्रम तयार

काठमाडौँ । सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरी शीर्ष नेताहरूलाई बुझाइएको छ । उक्त कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा […]

२०८० चैत्र ३ गते, शनिबार

‘राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताएका छन्। सो पार्टीनिकट महिला संघद्वारा आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।अध्यक्ष नेपालले कम्युनिष्ट विचार बोकेका सबै दल मिलाउने पक्षमा आफ्नो पार्टी रहेको बताउँदै त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए […]

२०८० चैत्र २ गते, शुक्रबार

‘अहिलेको गठबन्धन नेपाली जनताले बनाएका हुन्’

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन नेपाली जनताले बनाएको बताएका छन। बिहीबार एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले अहिलेको गठबन्धन कसैको इच्छा, आकांक्षा र चाहनाले नभई नेपाली जनताले बनाएको बताए । ‘यो गठबन्धन कसैले बनाएको होइन, हामीले बनाएका हौं, चीन आयो […]

२०८० चैत्र २ गते, शुक्रबार

युवा संगठन नेपाल कालिकोटको चौथों जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ । युवा संगठन नेपाल पश्चिम कालिकाटको चौथौ जिल्ला सम्मेलनले नयाँराम सीको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ भने पूर्वी कालिकोट जिल्लाको लागि अनिल सीको अध्यक्षतामा १३ सदस्सीय जिल्ला समिति निर्वाचिात गरेको छ ।उक्त सम्मेलनको बन्दसत्रलाई नेकपाका केन्द्रीय सदस्य विराट सीले सम्बोधन गर्दै दलाल संसदीय व्यवस्थाका विरुद्ध नेपालमा समाजवादी व्यवस्था अनिवार्य भएको बताए […]

२०८० चैत्र १ गते, बिहीबार

युवा संगठन नेपाल नुवाकोटको अध्यक्ष श्रीकृष्ण सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट युवा संगठन नेपाल नुवाकोट जिल्ला सम्मेलनले श्रीकृष्ण सीको नेतृत्वमा २७ सदस्यीय कमिटी निर्वाचित गरेको छ । जसको उपाध्याक्षमा भरत सी, सचिव सुदर्शन सी, सहसचिव जीवन सीलगायत २७ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएका छन । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आजाद सी […]

२०८० चैत्र १ गते, बिहीबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ जनाले मत दिएका छन भने ११० जनाले विपक्षमा मतदान गरे । एक जना भने तटस्थ रहेका छन ।सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उक्त प्रस्तावको पक्षमा १५७ मत खसेको र सो मत प्रतिनिधिसभाको तत्काल […]

२०८० फाल्गुन ३० गते, बुधबार

सत्तागठबन्धनका पाँच दलबीच सातबुँदे सहमति

काठमाडौँ । सत्तागठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र ,नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच सातबुँदे सहमति भएको छ । सो सहमतिपत्रमा पाँच दलको सहभागितामा बनेको प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पुनर्गठित सरकारलाई सुदृढ र सफल पार्ने, राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा […]

२०८० फाल्गुन ३० गते, बुधबार

नेकपाद्वारा ४ वर्षपछि रिहा भएका नेता-कार्यकर्तालाई स्वागत

काठमाडौँ । राजनीतिक बन्दीको रुपमा जेल जीवन बिताइरहेका नेपाल कम्युनिस्ट पार्टीका १० जना नेता तथा कार्यकर्ता रिहा भएका छन् । विभिन्न कारागारमा जेल जीवन बिताइरहेका उनीहरु मंगलबार रिहा भएका हुन् । अदालतको आदेशपछि रिहा भएका उनीहरुलाई नेकपा केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ ।रिहा हुनेमा उदयपुरका नरेन्द्र तामाङ, इलामका मुस्कान राई, उदयपुरका सन्तोष तामाङ, भोजपुरका […]

२०८० फाल्गुन ३० गते, बुधबार

एमालेद्वारा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई निर्देशन

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई निर्देशन दिएको छ। सो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन् ।ओलीले मंगलबार बसेको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत […]

२०८० फाल्गुन २९ गते, मंगलवार