राजनीति

संविधानसभा तुरुन्त खारेज गर : गजुरेल

काठमाडौं । नेकपा – माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अहिलेको संबिधानसभा तुरुन्त खारेज गरि राष्ट्रिय सभा गठन गरिनुपर्ने बताएका छन् । नेकपा–माओवादी सुनसरीले इटहरीको पार्टी कार्यालयमा बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादी उपाध्यक्ष गजुरेलले यस्तो बताएका हुन् ।पार्टीका कोचीला इञ्चार्ज र केही केन्द्रिय सदस्यहरु सहित इटहरी आएका माओवादी उपाध्यक्ष गजुरेलले अहिलेको संबिधानसभा प्रतिगामी तत्वहरुको हातमा […]

२०७१ मंसिर १८ गते, बिहीबार

काठमाडौं र भक्तपुर गाविसविहीन

काठमाडौ ।मन्त्रिपरिषद् अन्तर्गत विकास समितिको मंगलबार बसेको बैठकले काठमाडौं र भक्तपुरलाई गाविसविहीन बनाएको छ । स्थानीय विकास मन्त्रालयका अनुसार काठमाडौंमा ९, ललितपुरमा ३ र भक्तपुरमा ४ वटा नयाँ नगरपालिका थपेको छ ।मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईका अनुसार काठमाडौंमा गोकर्णेश्वर, दक्षिणकाली, तारकेश्वर, शंखरापुर, चन्द्रागिरि, कागेश्वर मनोहरा, टोखा, नागार्जुन र बुढानीलकण्ठ छन् । त्यस्तै, भक्तपुरमा अनन्तलिंगेश्वर, सूर्यविनायक, चाँगुनारायण, […]

२०७१ मंसिर १७ गते, बुधबार

भिमदत्त राजमार्ग अवरुद्ध

काठमाडौं। डोटीको जोरायलमा गत असोज २० गते २९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाका पडितहरुले क्षतिपुर्तिको माग गर्दै आज भिमदत्त राजमार्ग अवरुद्ध गरिएको छ ।ज्ञापनपत्र बुझाएको १५ दिन बितिसक्दा पनि मागको कुनै सुनुवाई नभएकाले राजमार्ग अवरुद्ध गर्ने जोरायल सरोकार संघर्ष समितिका संयोजक दुर्गा ओझाले बताउनुभयो । यहि मसिर १ गते जोरायल सरोकार संघर्ष समितिले […]

२०७१ मंसिर १६ गते, मंगलवार

माओवादीको पत्रकार सम्मेलन नाचघरमा

काठमाडौं, १५ मंसिर ।नेकपा माओवादीले अपरान्ह १ बजे रास्ट्रीय नाचघर जमलमा पत्रकार सम्मेलन गर्ने भएको छ । चितवनमा भएको भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेपछि विस्तृत कार्ययोजना, नयाँ पार्टीको संगठनात्मक प्रस्ताव र भावी योजना पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न लागिएको हो । केही दिन अघि भएको केन्द्रीय समितिको बैठकको निर्णयहरु आज पत्रकार सम्मेलन गरी […]

२०७१ मंसिर १५ गते, सोमबार

माओवादीलाई मातृकाको शुभकामना

काठमाडौँ । नेकपा (माओवादी) का संयोजक मातृका यादवले नयाँ पार्टी गठन गरेका नेक्रविक्रम चन्द ‘विप्लव’ लाई शुभकामना दिएका छन् । उनले आफूहरुले गर्न नसकेको काम विप्लवले गर्न खोजेको भन्दै शुभकामना दिए । ‘हामीले गर्न नसेकेको काम उहाँले गर्न खोज्नुभएको छ’, यादवले भने, ‘कम्युनिष्टहरुमा अरुको विरोधमा रमाउने प्रवृत्ति हुन्छ, तर म विप्लवजीलाई शुभकामना दिन्छु ।’ यद्यपि […]

२०७१ मंसिर १४ गते, आईतवार

गढीमाईमा पशुबलि, मासु व्यवस्थापनमा विवाद

काठमाडौँ । बाराको गढीमाई मन्दिरमा आजदेखि बोका, सुंगुर, पाठीलगायतकाको बलि सुरु भएको छ । भाकल गरेकाहरुले आजदेखि मेला सम्पन्न नभएसम्म पशुबलि दिन्छन् ।बलि दिइने यस्ता साना जनावर भने कालो नै दिइन्छ । पहिलो दिन शुक्रबार राँगा बलि दिइएको थियो । शुक्रबार झन्डै ६ हजार राँगाबलि चढाइएको गढीमाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ । अघिल्लोपटकको तुलनामा […]

२०७१ मंसिर १३ गते, शनिबार

छत्तीसबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सार्क शिखर सम्मेलन सम्पन्न

काठमाडौँ । शान्ति र समृद्धिका लागि क्षेत्रीय एकता नाराका साथ यहाँ आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को १८ औँ शिखर सम्मेलन छत्तीसबुँदे घोषणापत्र जारी गर्दै आज यहाँ सम्पन्न भएको छ ।यस क्षेत्रका साझा समस्याको पहिचान गरी ती समस्याको समाधानका लागि गहन एकताका साथ अघि बढ्ने तथा सार्कलाई यस क्षेत्रका नागरिकको एक सहयोगी एवम् प्रभावकारी सङ्गठनका […]

२०७१ मंसिर १२ गते, शुक्रबार

सार्कका प्रमुखहरु धुलिखेलमा

काठमाडौं। सार्क शिखर सम्मेलनमा सहभागी सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु आज बिहान रिट्रिटका लागि धुलिखेल जाँदैछन्। विशिष्‍ट पाहुनाहरुको सवारीको लागि सोल्‍टी होटेलदेखि त्रिभुवन अन्‍तराष्‍ट्रिय विमानस्थलसम्‍म सुरक्षा व्‍यवस्था अत्‍यन्तै कडा पारिएको छ। विमानस्थलबाट सेनाको हेलिकोप्‍टरमा राष्ट्र तथा सरकार प्रमुखहरुलाई धुलिखेल पुर्‍याइँदै छ। पहिलो हेलिकोप्टरमा सुशील कोइराला र संचारमन्त्री मिनेन्द्र रिजालसहितको टोली बिहान ८ .५० स्वागतका […]

२०७१ मंसिर ११ गते, बिहीबार

१८औं सार्क शिखर सम्मेलन आज सुरु हुँदै

काठमाडौ, १० मंसिर । तीन दशकअघि स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलन तेस्रोपटक आज काठमाडौंमा हुँदैछ। नेपालले २७ वर्षअघि तेस्रो र १२ वर्षअघि ११ औं शिखर सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो। तेस्रो शिखर सम्मेलन प्रज्ञाप्रतिष्ठान कमलादी र ११ औं शिखर सम्मेलन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा भएको थियो। यसपटक […]

२०७१ मंसिर १० गते, बुधबार

सार्कका प्रमुखहरु नेपाल आउदै

काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अठारौ शिखर सम्मेलनमा सहभागी हुन सदस्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु आज काठमाडौं आउँदै छन् । शान्ति र समृद्धिका लागि गहन सम्मेलन भन्ने सन्देशका साथ यही मङ्सिर १० र ११ गते हुने शिखर सम्मेलनमा सहभागी हुन अफगानिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका राष्ट्राध्यक्ष र सरकार […]

२०७१ मंसिर ९ गते, मंगलवार