राजनीति

टीकापुरमा पुन: २४ घण्टा कर्फ्यु

कैलाली, भदौ १९ । जिल्ला प्रशासन कार्यालय कैलालीले टिकापुरमा आजदेखि फेरी २४ घण्टा कर्फ्यु आदेश जारी गरेको छ । थरुहट आन्दोलन हिंसात्मक बनेपछि कैलालीको धनगढी र टीकापुरमा लगातार कर्फ्यु लगाइंदै आएको थियो । जिल्ला प्रशासनले शुक्रबार सम्म कर्फ्युको समय घटाएर चार घण्टा पुर्‍याएसँगै धनगढी र टीकापुरको जनजीवन केही सामान्य बनेको थियो । स्थानीय प्रशासनले धनगढीमा […]

२०७२ भाद्र १९ गते, शनिबार

संविधान निर्माण प्रक्रियाबाट अलग हुन्छौ : गच्छदार

काठमाडौ, १८ भदौ । संघीय लोकतान्त्रिक मोर्चा ( विजयकुमार गच्छदार नेतृत्वको)ले संविधान निर्माणको काम नरोकिए संविधान निर्माण प्रकृयाबाट अलग हुने निर्णय गरेको छ । मोर्चाको आज बसेको बैठकले संविधानसभामा संशोधन विधेयक प्रस्तुत गर्ने भदौ १९ गतेको म्यादलाई केही दिन थप गर्न माग गरेको छ । यथास्थितिमै मस्यौदा संविधानलाई संविधासभाभित्र प्रकृयामा अघि बढाइए मोर्चा प्रक्रियाबाट अलग […]

२०७२ भाद्र १८ गते, शुक्रबार

असन्तुष्ट दललाई सहमतिमा ल्याउ : भट्टराई

काठमाडौँ, १७ भदौ । एमाओवादीले आन्दोलनरत असन्तुष्ट मधेश केन्द्रित दलसँग वार्ता गरी सहमतिमा ल्याउन सरकारलाई आग्रह गरेको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता डा बाबुराम भट्टराईले आज प्रधानमन्त्री सुशील कोइरालालाई भेटी आन्दोलनरत पक्षसँग वार्ता गरी सहमतिबाटै संविधान निर्माणका लागि पहल गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा यस अघि […]

२०७२ भाद्र १७ गते, बिहीबार

वार्ताबाटै निकास खोज्छौं : प्रधानमन्त्री

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले वार्ताकै माध्यमबाट निकास खोज्न आफू तयार रहेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले आदिवासी जनजाति बृहत् संयुक्त मोर्चासँगको भेटमा सो कुरा बताएका हुन् । प्रधानमन्त्री कोइरालाले सबैमा शान्तिको चाहना भए आन्दोलन, तोडफोड, हत्या, हिंसा छाडेर वार्तामा आउन आग्रह गरे । शान्तिको भाषण गरेर मुलकलाई अशान्तिमा परिणत गर्न खोजे दूर्भाग्य […]

२०७२ भाद्र १६ गते, बुधबार

थप मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

काठमाडौं,१६ भदौ । मन्त्रिपरिषदको हिजोको बैठकले उपत्यकामा थप मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । माथेमा कार्यदलको सिफारिश हुबहु कार्यान्वयनको माग गर्दै दशौं दिनदेखि छैठौं पटक आमरण अनशनमा रहेका चिकित्सक गोविन्द केसीको मागलाई पूरै लत्याउँदै सरकारले सो निर्णय गरेको हो । हिजोको मन्त्रिपरिषद बैठकले जिम्मेवारी दिएपछि सामाजिक समिति बैठकले चिकित्सा शिक्षासम्बन्धी माथेमा प्रतिवेदनको राजधानीमा […]

२०७२ भाद्र १६ गते, बुधबार

हिन्दु राष्ट्र माग्नेलाई अश्रु ग्यास र पानीको फोहोरा

काठमाडाैँ, १५ भदाै । हिन्दु राष्ट्र माग गर्दै संविधानसभा घेर्न पुगेको जुलुसमाथि प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि उत्पन्न तनावलाइ नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको हो । खुमबहादुर खड्का नेतृत्वको हिन्दु राष्ट्र अभियानका कार्यकर्ताले पूर्वी क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि […]

२०७२ भाद्र १५ गते, मंगलवार

वीरगन्ज र बारा गोली चल्यो, झन्डै आधा दर्जनको मृत्यु

काठमाडाैँ, १५ भदाै । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मंगलबार ४ जनाको मृत्यु भएको छ । लक्षमनवायमा कर्फ्यु तोड्दै उत्रिएका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्नेक्रममा प्रहरीको गोली लागि दिनानाथ साह र भोला प्रसादको मृत्यु भएको हो । यस्तै, वीरगन्जकै नगुवामा सोहम साह कलवारको मृत्यु भएको छ । यसअघि, मंगलबारै राधेमाई […]

२०७२ भाद्र १५ गते, मंगलवार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडाैँ, १५ भदाै । नेपालि कांग्रेसले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसले विधान संशोधन गरेर महाधिवेशन मिति सार्ने विषयमा छलफल गर्न आज बोलाएको बताइएको छ। यहि भदौ १७ गतेदेखि गाउँ, नगर र वडा अधिवेशन तोकेको कांग्रेसले नयाँ संविधानको विधियकमा ६ महिना म्याद थप गर्न पाउने व्यवस्था गरेपछि महाधिवेशनको प्रक्रिया नै रोकेको थियो। तर नयाँ […]

२०७२ भाद्र १५ गते, मंगलवार

एमालेको महोत्तरी पार्टी कार्यालयमा आगजनी

काठमाडाैँ, १४ भदाै । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज एमाले महोत्तरी जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । अठार दिनदेखि आन्दोलनरत मोर्चाका कार्यकर्ताले सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयबाट मोटरसाइकल -याली सुरु गरी र्गाचौक, शङ्करचोक हुँदै जलेश्वर–१ स्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनी गरेका हुन् । अनिश्चितकालीन मधेस बन्द र […]

२०७२ भाद्र १४ गते, सोमबार

‘संविधान निर्माण प्रक्रिया रोकिदैन’

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री सुशील कोइरालालको निवास बालुवाटारमा आज बसेको तिन दलका शीर्ष नेताको बैठकले संविधान निर्माणको प्रक्रियालाई नारोक्ने निर्णय गरेका छन् । बैठकले आन्दोलनरत दल र पक्षको मागलाई सम्बोधन गर्ने तर संविधान निर्माणको प्रक्रिया नरोक्ने निर्णय गरेको प्रधानमन्त्री सुशील कोइरालालले जानकरी दिए । कोइरालाले आन्दोलनरत पक्षको मागका बारे छलफल भएको बताए । मधेसी […]

२०७२ भाद्र १३ गते, आईतवार