राजनीति

तौलिहवामा गोली चल्यो

काठमाडौं, २ भदौ । संयुक्त मधेशी मोर्चा कपिलबस्तुले गरेको बन्दको प्रभाव आज छैटौ दिन पनि परेको छ । मोर्चाको बन्दले कपिलबस्तु पुर्णरुपमा प्रभावित भएको छ । यसैबीच, आज तौलिहवामा अन्दोलनकारी र प्रहरीबीच झड्प भएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडी करिब १५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ भने अन्दोलनकारीहरुले प्रहरी माथी ढुङ्गमुढा गरेका […]

२०७२ भाद्र २ गते, बुधबार

आजपनि सुदुरपश्चिम ठप्प

काठमाडौ , २ भदौ । थरुहट संघर्ष समितिले चितवनदेखि कञ्चनपुरसम्मको भू–भाग थरुहट प्रदेश हुनुपर्नेे माग गर्दै गरेको बन्द नवौं दिनमा प्रवेश गरेको छ । नौ दिनदेखिको बन्दले पश्चिमी जिल्लाहरु समेत प्रभावित बनेका छन् । सबैभन्दा बढी सर्वसाधारणको दैनिकी चौपट बनेको छ । बन्दको कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लाको जनजीवन नराम्ररी प्रभावित […]

२०७२ भाद्र २ गते, बुधबार

जुम्लामा कर्फ्यु कायमै

काठमाडौं , १ भदौं । जुम्लामा गत आइतबार साँझदेखि लगाइँदै आइएको कर्फ्यु आदेश मंगलबार पनि जारी रहेको छ । स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भइरहेको प्रदर्शनले उग्ररुप लिएसँगै मंगलबार पनि कर्फ्यु आदेश जारी गरिएको हो । मंगलबार बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घन्टाका लागि कर्फ्यु आदेश हटाएर पुनः लगाइएको स्थानीय प्रशासनले जनाएको छ […]

२०७२ भाद्र १ गते, मंगलवार

नूनको सोझो गर : मुख्य सचिव

काठमाडौं , १ भदौं । मुख्यसचिवमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला कास्की पुगेका डा. सोमलाल सुवेदीले ‘नूनको सोझो’ गरेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मुख्यसचिव डा. सुवेदीले क्षेत्रीय प्रशासन कार्यालयले गरेको कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई नूनको सोझो गरेर काम गर्न निर्देशन दिएका हुन् । उनले कर्मचारीतन्त्रमा भ्रष्टाचारका लाञ्छना लागेकाले यसलाई […]

२०७२ भाद्र १ गते, मंगलवार

सुदूर पश्चिम बन्द जारी

काठमाडौं, १ भदौं । दुइ सातादेखिको बन्दका कारण सुदूर पश्चिमको जनजीवन नराम्ररी प्रभावित बनेको छ । अखण्ड सुदुरपश्चिम पक्षधर र थारु कल्याणकारी सभाले गरेको दोहोरो बन्दको कारण यस भेगकै जनजीवन चौपट बनेको हो । कैलाली–कञ्चनपुरलाई थारुवान राज्य बनाउनुपर्ने माग गर्दै थारु कल्याणकारी सभाले बन्दको आह्वान गरेको हो भने सुदुरपश्चिमका सात पहाडी जिल्ला अखण्ड राखिनुपर्ने माग […]

२०७२ भाद्र १ गते, मंगलवार

नेपाल बन्द दिउँसो एक बजेसम्म मात्र

काठमाडौ, ३२ साउन । नेकपा-माओवादी, जनजाति तथा मधेसी दलले गरेको नेपाल बन्द आज दिउँसो १ बजेपछि फिर्ता हुने भएको छ । दोस्रो दिनको बन्द प्रभावहीन भएपछी बन्द फिर्ता लिइएको बुझिएको छ । बन्दको प्रभाव कम परेपछि सोमवार दिउँसो १ बजेदेखि बन्द फिर्ता लिने आन्दोलनरत दलहरुले तयारी गरेको माओवादीका एक नेताले बताए । यसैबीच ,काठमाडौ, भक्तपुर […]

२०७२ श्रावण ३२ गते, सोमबार

जुम्लामा कर्फ्यु जारी

काठमाडौँ, ३२ साउन । जुम्लामा हिजो साँझ ५ बजेपछि लगाइएको कर्फ्यु आज बिहान १ घण्टाका लागि खुला गरि पुन : जारी गरिएको छ । स्थानिय प्रशासन ऐन २०२८ को ६ क अनुसार लगाइएको कर्फ्यु आज बिहान स्थानिय जनतालाई दैनिक उपभोग्य सामान खरीद बिक्रीका लागि एक घण्टा मात्र खुलाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । […]

२०७२ श्रावण ३२ गते, सोमबार

उपत्यकामा बन्दको सामान्य प्रभाव

काठमाडौँ, ३२ साउन । काठमाडौँ उपत्यकामा बन्दका कारण जनजीवनमा सामान्य प्रभाव परेको छ । बन्दले कुनै अप्रिय घटना नभए पनि सडकमा सार्वजनिक सवारीसाधन नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् । अघिल्लो दिनको तुलनामा आज उपत्यकाका भित्री सडक चोकका पसल खुलेका छन् । पातलो सङ्ख्यामा केही भाडाका सवारीसाधन (टेम्पो, माइक्रोबस) बिहानैदेखि चलिरहेका छन् । आइतबार बन्दकर्ताले […]

२०७२ श्रावण ३२ गते, सोमबार

सबै पक्षलाई मिलाएर संविधान जारी गर : राष्ट्रपति

काठमाडौं, ३१ साउन । राष्ट्रपति डा.रामवरण यादवले सबै पक्षलाई मिलाएर संविधान जारी गर्न प्रमुख दलहरुलाई आग्रह गरेका छन् ।गएराति राष्ट्रपति यादवले आफ्नै निवासमा प्रमुख दलका अध्यक्ष र संवाद समितिका सभापतिलाई डाकेर यस्तो आग्रह गरेका हुन् । राष्ट्रपतिसँगको भेटपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले सोमबारसम्म संविधानको मस्यौदा लेखेर संविधानसभामा पेश गर्ने तयारी […]

२०७२ श्रावण ३१ गते, आईतवार

भोलि र पर्सि आमहडताल

काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा र मधेस केन्द्रित राजनीतिक दलले भोलि साउन ३१ र ३२ गते आमहडताल आव्हान गरेको छ । मस्यौदा संविधान प्रतिगामी भन्दै यसको खारेजीको माग गर्दै उनीहरुले आमहडतालसहित संघर्षको कार्यक्रम अगाडी बढाएको बताइएको छ । यसैबीच शान्तिपूर्ण प्रचारप्रसारमा उत्रिएका ३३ दलीय मोर्चा र मधेस केन्द्रित राजनीतिक […]

२०७२ श्रावण ३० गते, शनिबार