मुख्य समाचार

सभापतिका लागि कोइराला र देउवाबीच भिडन्त

काठमाडौँ । नेपाली काँग्रेसको १३ औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ । हालसम्म वर्तमान सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सभापतिको उम्मेदवारमा खडा भएका छन् । सभापति सुशील कोइरालाप्रति उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी, गगन थापा, प्रदीप पौडेल […]

२०७२ माघ ९ गते, शनिबार

माओवादीद्वारा भक्तपुरमा जनसरकार घोषणा

काठमाडौं , ७ माघ । नेकपा माओवादीले काठमाडौं उपत्यकामा पहिलोपटक जनसरकार घोषणा गरेको छ । जनपरिषदका केन्द्रीय संयोजक सन्तोष बुढामगरको प्रमुख आतिथ्यमा माओवादीले भक्तपुरमा जनसरकार घोषणा गरेको हो । जनसरकार प्रमुखमा कृष्णराज खड्का छन् । चाँगुनारायण निवासी खड्का पूर्वबक्सिङ खेलाडी हुन् । जनसरकार उपप्रमुखमा केदार दुवाल श्रेष्ठ, सभामुखमा विवेक विक र उपसभामुखमा राजाराम लागेलाई चयन […]

२०७२ माघ ७ गते, बिहीबार

मोदीको नौटंकी

काठमाडौं, ५ माघ । नेपालमाथि नाकाबन्दी गरेकै समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ढाका टोपी लगाउँदै सार्वजनिक कार्यक्रममा भाग लिएका छन् । अवसरको सदुपयोग गर्न खप्पिस मोदीले पूर्वोत्तर भारतको भ्रमणका क्रममा ढाका टोपी लगाएका हुन्, जहाँ नेपालीमूलका बासिन्दाको बाहुल्यता छ । गान्तोक पुगेका मोदी ढाका टोपीमा सजिएका थिए । उनले स्थानीयसँग हात मिलाएर भलाकुसरीसमेत गरे । […]

२०७२ माघ ५ गते, मंगलवार

सरकारको सय दिन औचित्यहीन

काठमाडौ, ५ माघ । प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारका एक सय दिन पूरा भएको छ । नाकाबन्दी र आन्दोलनकाबीचमा गठन भएको सरकारले सय दिन गरेको कामको समीक्षा सुरु भएको छ । सरकार सहभागी दलभित्र र बाहिर सरकारको कामको मुल्याङ्क भएको छ । एमाले अध्यक्ष ओलीको अध्यक्षतामा गतअसोज २४ गते नयाँ सरकार गठन भएको थियो । […]

२०७२ माघ ५ गते, मंगलवार

काँग्रेसमा क्रियाशील सदस्यता विवाद

काठमाडौँ, ४ माघ । नेपाली काँग्रेसमा देखिएको गुट उपगुटको खिचातानीले नयाँ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजार भन्दा बढी सदस्य आसन्न १३ औँ महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित हुने भएका छन् । काँग्रेसमा सभापति सुशील कोइराला (संस्थापन) र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष पार्टीमा आफ्नो वर्चस्व कायम राख्न क्रियाशील सदस्यता बढाउने होडमा लाग्दा नयाँ […]

२०७२ माघ ४ गते, सोमबार

बैद्य माओवादीको वैधता सकिँदै, छिट्टै प्रचण्ड कित्तामा बिलय हुने

काठमाडौँ । नेकपा माओवादी क्रान्तिकारी र एमाओवादीबीच पार्टी एकता हुने भनिए पनि बास्तबमा त्यो वैद्य माओवादी एमाओवादीमा बिलय हुनुभन्दा अरु केही नभएको चर्चा माओवादी चलन थालेको छ । बैद्य माओवादी भित्र अहिले पनि प्रचण्डको कार्यदिशा संशोधनवादी भएको भन्दै दुई पार्टीबीच एकीकरण तत्काल सम्भव छैन भन्ने मत राख्ने नेताहरू थुप्रै छन् । एमाओवादीले समाजवादी क्रान्तिको रणनीति […]

२०७२ माघ २ गते, शनिबार

ओली सरकार भड्खालोमा

काठमाडौं, ३० पुस । मधेसी मोर्चाका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने नयाँ प्रस्ताव कार्यदलको बैठकमा राखेपछि ओली सरकार भड्खालोमा पर्ने भएको छ । प्रमुख तीन दल र मधेसी मोर्चाबीचको वार्तामा राष्ट्रिय सहमतिको सरकार गठन गर्नु पर्ने बिषय प्रवेश भएको बुझिएको छ । मधेसी मोर्चाका नेताहरुले सहमति गर्नको लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने नयाँ […]

२०७२ पुष ३० गते, बिहीबार

प्रधानमन्त्रीका सल्लाहकार, विज्ञ र स्वकीय सचिबलाई सुविधै सुविधा

काठमाडौं, ३० पुस । सरकारले प्रधानमन्त्री केपी ओलीको ‘जम्बो’ सल्लाहकार समूह र स्वकीय सचिवालयका पदाधिारीहरूलाई कानुनविपरीत राज्यको ढुकुटीबाट अस्वभाविक रूपमा आकर्षक सुविधा दिएको छ । ओलीको प्रस्तावमा मन्त्रिपरिषदको निर्णयबाट मन्त्रीसरहका सल्लाहकारलाई १ लाख ३४ हजार ४ सय ७० देखि सबभन्दा तल्लो तहका स्वकीय सचिवलाई ८० हजार ८ सय २० रुपैयाँ मासिक तलब सुविधा दिन थालिएको […]

२०७२ पुष ३० गते, बिहीबार

प्रधानमन्त्री ओली बोलीले बदनाम बन्दै

काठमाडौं । केहि सातादेखि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्बजनिक रुपमा दिएको अभिव्यक्तिलाई लिएर उनको चौतर्फी आलोचना सुरु भएको छ । प्रधानमन्त्री ओलीले देश र जनता पीडामा भएको समयमा सम्हालिएर बोल्नु भन्दा हल्का फूलका अभिव्यक्ति दिन थाले पछि उनको चौतर्फी आलोचना हुन् थालेको हो । भूकम्प र नाकाबन्दीले आहात भएका जनतालाई प्रधानमन्त्री ओलीको बचन बाणले सार्है […]

२०७२ पुष २९ गते, बुधबार

वैज्ञानिकहरु भन्छन : नेपालमा भूकम्प आउने खतरा कायमै छ

काठमाडौं, २८ पुस । वैज्ञानिकहरुले नेपालमा फेरि पनि विनाशकारी भूकम्प आउन सक्ने चेतावनी दिएका छन् । एउटा नयाँ विश्लेषणले नेपालमा गत वैशाखमा जस्तै विनाशकारी भूकम्प आउन सक्ने चेतावनी दिइएको हो । वैज्ञानिकहरुले नेपालमा आएको भूकम्पसँग सम्बन्धित स्याटेलाइट डाटा अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् । नेपालमा गत अप्रिलमा ७.८ रेक्टर स्केलको भूकम्प आउँदा ८ हजार […]

२०७२ पुष २८ गते, मंगलवार