मुख्य समाचार

प्रधानन्यायाधीशको नेतृत्व अस्वीकार्य : बारप्रधानन्यायाधीशको नेतृत्व अस्वीकार्य : बार

काठमाडौ, – प्रधानन्यायाधीशखिलराज रेग्मी ले देशको राजनीतिक जटिलता अन्त्यका लागि चुनावी सरकारको नेतृत्व गर्ने भनी सर्वोच्च अदालतले सोमबार जारी गरेको बिज्ञप्तीप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मी कै निर्देशनमा सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले जारी गरेको बिज्ञप्तीमा भनिएको छ-मन्त्रिपरिषद्को अध्यक्षता गर्ने सम्बन्धमा सम्माननीय ज्यूको कुनै निजी चाहना वा आकांक्षा रहेको नभइ […]

२०६९ फाल्गुन १५ गते, मंगलवार

सबै क्षेत्रको एउटा माग स्वाधिनताको आन्दोलन आवश्यकसबै क्षेत्रको एउटा माग स्वाधिनताको आन्दोलन आवश्यक

काठमाडौ, नेपालका बुद्धिजीवी, लेखक, राजनैतिक विश्लेषक, कानुन ब्यवसायी, राष्ट्रिय उद्योगपतिहरुले देशमा स्वाधिनताको आन्दोलन आवश्यक भएको बताएका छन् ।संघीय जनगणतान्त्रिक मोर्चाले सम्वाद डवलीमा आयोजना गरेको अन्तरसम्बादमा उनीहरुले सत्ताधारीहरुबाट यो देशको रक्षा नहुने तर्क गर्दै भनेका छन्, ‘अब देशको जिम्मा लिने देशभक्त र क्रान्तिकारी पार्टीहरुले नेतृत्व गर्न प¥यो ।’ संंघीय जनगणतान्त्रिक मोर्चाका तर्फबाट नेता परि थापाले राष्ट्रपतिलाई […]

२०६९ फाल्गुन १२ गते, शनिबार

चार दल बन्दैछन् विदेशीका दलालचार दल बन्दैछन् विदेशीका दलाल

काठमाडौँ । आफूलाई देशभक्त, राष्ट्रवादी घोषित गर्ने दलहरू पछिल्लो समयमा आइपुग्दा विदेशी शक्तिको इमानदार दलाल भएको पुष्टि भएको छ । मुलुकमा बढ्दै गएका राजनीतिक संकटको निकास खोज्ने दलहरूको लामो प्रयास पटक-पटक असफल हुँदै आएकोमा विदेशी शक्तिको हस्तक्षेपपछि नाटकीय पाराले सहमतिमा पुग्न खोज्दैछन् । प्रजातन्त्र र बहुदलीय संसदीय व्यवस्थाको पक्षमा निरन्तर लडेको दाबी गर्ने काँग्रेसलगायतका दलसमेत […]

२०६९ फाल्गुन १२ गते, शनिबार

प्रधानन्यायाधीश नेतृत्वको सरकार बनाउनु हुँदैन: बारप्रधानन्यायाधीश नेतृत्वको सरकार बनाउनु हुँदैन: बार

काठमाण्डौ । चुनावी सरकार गठनका विषयमा प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित प्रमुख चार दलका नेताहरुसंग शुक्रवार सिंहदरबारमा भएको छलफलमा नेपाल बार एशोशिएसनका पदाधिकारीहरुले बहालवाल प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने सुझाव दिएका छन् । उनीहरुले रेग्मीको नेतृत्वमा सरकार गठन भए त्यसलाई स्वीकार नगर्ने समेत वताएका छन् ।बारका पदाधिकारहीहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी […]

२०६९ फाल्गुन ११ गते, शुक्रबार

चीन घेर्ने रणनीति : वैद्य चीन घेर्ने रणनीति : वैद्य

काठमाडौ, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले चीनलाई घेर्ने रणनीति अनुसार नेपालमा बैदेशिक चलखेल बढेको दावी गरेका छन। अखिल नेपाल लेखक संघले राजधानीको सम्वाद डवलीमा आयोजित डा. राजन पोखरेलद्वारा लिखित पुस्तक परिचर्चा तथा हस्तान्तरण कार्यक्रममा सो दाबी गरेका हुन् हो । उनले भने , ‘साम्राज्यवादी र विस्तारवादी योजना अनुसार नेपालमा राजनैतिक अस्थिरता निम्तिएको छ ।’ […]

२०६९ फाल्गुन ११ गते, शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौ । विदेशीको डिजाइनमा प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै नेकपा–माओवादीले आज देशैभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । आज साँझपख काठमाडौको रत्नपार्कमा जुलुससहित माओवादी कार्यकर्ताले रत्नपार्कमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको र भोटाहिटीमा राष्ट्रपचि डा. रामवरण यादवको पुत्ला दहन गरेका छन् । काठमाडौ । विदेशीको डिजाइनमा प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै नेकपा–माओवादीले आज देशैभर […]

२०६९ फाल्गुन १० गते, बिहीबार

प्रधानन्यायाधीशलाई सरकार प्रमुखमा ल्याउन बाह्य शक्तिको चलखेल : किरणप्रधानन्यायाधीशलाई सरकार प्रमुखमा ल्याउन बाह्य शक्तिको चलखेल : किरण

काठमाडौ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चार दलको सहमतिमा प्रधानन्यायाधीशको अध्यक्षतामा गठन गर्न लागेको सरकार अन्तरिम संविधानको मर्म बाहिर भएकाले आफ्नो दलले स्वीकार नगर्ने बताएका छन । सम्वाद डबलीले गरेको साक्षात्कारमा अध्यक्ष ‘किरण’ले न्यायापालिकाको प्रमुखलाई कार्यपालिकाको नेतृत्व सुम्पिए शक्ति पृथकीकरणको सिद्धान्त विपरित हुने र निर्दलिय व्यवस्था शुरु हुने दावी गरे। प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने […]

२०६९ फाल्गुन ९ गते, बुधबार

राष्ट्रपतिको संरक्षणमा असंवैधानिक काम : ६ दलराष्ट्रपतिको संरक्षणमा असंवैधानिक काम : ६ दल

काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवलाई नेकपा-माओवादीसहितका ६ दलले प्रधानन्यायाधीशको नेतृत्वमा बन्ने सरकारले गराउने चुनावमा भाग नलिने जानकारी गराएका छन् । ६ दलले राष्ट्रपति यादवको संरक्षणमा दलहरुले असंवैधानिक काम गरिरहेको आरोप लगाएका छन् ।प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउने तयारीको विरोधमा राष्ट्रपति रामवरण यादवलाई बुधबार ज्ञापन पत्र बुझाउँदै उनीहरुले संविधानविपरीतका घोषणा खारेज गर्न माग गरेका छन् […]

२०६९ फाल्गुन ९ गते, बुधबार

रेग्मीले चार दलका नेतालाई नभेट्नेरेग्मीले चार दलका नेतालाई नभेट्ने

काठमाडौं, प्रधानन्यायाधीश खिलराज रेग्मीले चार दलका नेतालाई नभेट्ने भएका छन् । चार दलका शीर्ष नेताहरु आफूसँग सरकार गठनका लागि गरेको सहमतिबारे छलफल गर्न भेट गर्न आउने भएपछि रेग्मीले सर्वोच्च अदालतमा परेको मुद्दाको टुंगो लागोस् भन्ने जवाफ दिएका छन् । दलहरुले भने प्रधान न्यायाधीश रेग्मीलाई भेटेर चुनावी सरकारको नेतृत्व गरिदिन औपचारिक प्रस्ताव राख्ने तयारी गरेका थिए […]

२०६९ फाल्गुन ९ गते, बुधबार

बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद -‘बादल’बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद- ‘बादल’

काठमाडौं,– हाम्रो पार्टीद्वारा आज फागुन ८ गते आयोजना गरिएको नेपाल बन्द कार्यक्रमलाई शान्तिपूर्ण र शान्दार ढंगले पूर्णरुपमा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण यातायात व्यवसायी,उद्योगी/व्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, मजदुर, सुकुम्बासी, पत्रकार, मानवअधिकारवादीहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।बन्द कार्यक्रम सफल भए पछी नेकपा-माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले जारी गरेको प्रेस बिज्ञाप्तीको पुर्ण बिबर्ण […]

२०६९ फाल्गुन ८ गते, मंगलवार