मुख्य समाचार

सिंहदरवार घेराऊ कार्यक्रम सम्पन्न

काठमाडौ, नेकपा–माओवादीसहितका ३३ दलले बिहान ९ बजे देखि सुरु गरेको सिंहदरवार घेराऊ कार्यक्रम सम्पन्न भएको छ । माओवादीसहितका ३३ दलले भद्रकाली, कालिकास्थान, बबरमहल, हनुमानस्थान, थापाथली, बबरमहल, पद्मोदय मोडलगायतका स्थानमा कार्यकर्ता परिचालित गरी सिंहदरवार घेरेका थिए । ४ दलले गरेको ११ बुँदे सहमति र अन्तरिम संविधानका २५ वटा धारामा गरिएको संसोधनप्रति असहमति जनाउँदै आएका साना दलहरुले […]

२०६९ चैत्र २० गते, मंगलवार

निर्वाचन टोलीलाई लखेटियो

काठमाण्डौ – चैत्त १७ गते स्यामपाटीमा निर्वाचन टोलीलाई अवरोध गर्दा समातिएका आफ्ना कार्यकर्ता दिप लामाको रिहाई नगरिएको भन्दै नेकपा-माओवादीका कार्यकर्ताले मतदाता नामावली संकलनका लागि काभ्रेको पोखरीचौरी गाविस पुगेको निर्वाचन कार्यालयको टोलीलाई सोमबार बिहान काम गर्न नदिई लखटेका छन । निर्वाचन टोलीका कर्मचारी काम गर्न नपाई गाउँ छाड्नु परेको छ ।माओवादी काभ्रेका पार्टी सेक्रेटरी दिपक देवकोटाले […]

२०६९ चैत्र १९ गते, सोमबार

वार्ता आव्हान नौटंकी: ३३ दल

काठमाडौं– नेकपा–माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकले सरकारले वार्ताको लागि गरेको आव्हानलाई नौटंकीको संज्ञा दिँदै निर्बाचन नै बिथोल्ने निर्णय गरेको छ । नेकपा–माओवादीसहित ३३ साना दलले आगामी निर्वाचन बिथोल्ने निर्णय गरेका छन् । आइतबार बसेको ३३ दलको संयुक्त बैठकले खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रिपरिषदले गर्ने निर्वाचन बिथोल्ने निर्णय गरेको हो । सरकार र चार […]

२०६९ चैत्र १८ गते, आईतवार

सरकार र चार दलले बोलाएको वार्तामा जाँदैनौं:किरण

काठमाडौँ । अखिल क्रान्तिकारी सुकुम्बासी संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाौटन गर्दै नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सरकार र चार दलले बोलाएको वार्तामा सहभागी नहुने बताएका छन् । अन्तरिम चुनावी मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचनको विरोध गर्ने दलहरुलाई सहमतिमा ल्याउन गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।किरणले ३३ दललाई सहभागी नगराई गरेको सहमति खारेज गरेर […]

२०६९ चैत्र १७ गते, शनिबार

चुनावको सम्भावना तुहिदै

काठमाडौँ । चार दलले राजनीतिक संकट अन्त्यका लागि असारमा चुनाव गराउन भन्दै सत्ताको साँचो प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सुम्पिदिए । तर, सरकारले चुनावको मिति घोषणा गर्न सकेको छैन । अहिलेसम्म निर्वाचनको मिति नै घोषणा नभएकोले असारमै चुनाव हुने सम्भावना तुहिँदै गएको विश्लेषण गर्न थालिएको छ । चुनावमा भाग लिनु पर्ने दलहरु नै विरोधमा उत्रिए पछि आयोग […]

२०६९ चैत्र १७ गते, शनिबार

माओवादीसँग वार्ता गर्न समिति

काठमाडौं । अन्तरिम चुनाबी मन्त्रिपरिषदले नेकपा – माओवादीलगायतका दलसँग वार्ता गर्ने निर्णय गरेको छ । शुत्रबार बसेको मन्त्रिपरिषद् बैठकले वार्ताका लागि गृहमन्त्री माधवप्रसाद घिमिरेको संयोजकत्वमा सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिक रहेको वार्ता समिति गठन गरेको छ ।मन्त्रिपरिषद् बैठकले आन्दोलनरत् कर्मचारी संगठनहरुले राखेका जायज मागहरु पूरा गर्ने जनाउँदै उनीहरुलाई […]

२०६९ चैत्र १६ गते, शुक्रबार

मुख्यसचिव पौडेलले प्राधिकरण छाडे

काठमाण्डौ । मन्त्रिपरिषदको बैठकले मुख्यसचिव लीलामणि पौडेलले विद्युत प्राधिकरण सञ्चालक समितिका अध्यक्षबाट दिएको राजिनामा स्वीकृत गरेको छ । त्यसैगरी बैठकले शसस्त्र प्रहरीका ५ डीआईजीलाई एआइजीमा बढुवा गरेको छ । बैठकले यसअघि बढुवा भएका ४२ जना सहसचिवहरुको पदस्थापन समेत गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार बैठकले नेपाली सेनाका ९ जना महासेनानीलाई सहायक […]

२०६९ चैत्र १६ गते, शुक्रबार

३३ दलको आन्दोलन सुरु

काठमाडौ । चार दलबीच भएको ११ बुँदे राजनीतिक सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ खारेजको माग गर्दै नेकपा–माओवादीसहितका ३३ दलले आजबाट आन्दोलन सुरु गर्ने भएका छन् । पूर्व घोषित कार्यक्रमअनुसार ३३ दलले राजधानीसहित देशका मूख्य शहरहरुमा कोणसभा गर्न लागेका हुन् । राजधानीमा अपरान्ह ४ बजेपछि लगनखेल, कोटेश्वर, बानेश्वर, कलंकी, चावहिल र भोटाहिटीमा कोणसभा गरिने […]

२०६९ चैत्र १५ गते, बिहीबार

२५ गते नेपाल बन्द

काठमाडौं । माओवादी कार्यालय बुद्धनगरमा आइतबार बसेको नेकपा-माओवादीसहितका ३३ दलले नेपाल बन्दसहितका १० दिने आन्दोलनको घोषणा गरेको छ । वर्तमान सरकार खारेजी र दलहरुकै नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने मागसहित ती दलले आन्दोलन कार्यक्रम घोषणा गरेका हुन् ।३३ दलको बैठकले चैत १५ देखि २५ गतेसम्मको आन्दोलनको घोषणा गरेको हो ।घोषित कार्यक्रम अनुसार १५ गते मुख्य शहरहरुमा […]

२०६९ चैत्र ११ गते, आईतवार

चैत १ गते मुलुकमा ‘कु’ भयो: गुरुङ

काठमाडौं । नेकपा-माओवादीका सचिव देव गुरुङले २५ बुँदे बाँधा अडकाउ फुकाउको नाममा चैत १ गते मुलुकमा कु भएको दावी गरेका छन ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गुरुङले २५ बुँदे नसच्याएसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने स्पष्ट पारे । उनले भने-२५ बुँदे बाँधा अडकाउ फुकाउ खारेज नगरेसम्म निकासको संबैधानिका बाटो खुल्दैन । त्यस्तो अवस्था गरिने […]

२०६९ चैत्र १० गते, शनिबार