मुख्य समाचार

जलउत्पन्न प्रकोप नियन्त्रणका प्रमुखलाई कालो मोसो

काठमाडौं, १९ फागुन | नेकपा माओबादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारी दाङले भ्रष्टाचार गरेको आरोपमा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर १८ लमहिका प्रमुख बेदानन्द उपाध्यायलाई कालोमोसो दलेको छ । किसान संघ क्रान्तिकारीका कार्यकर्ताहरुले हिजो कार्यालय मै पुगेर उपाध्यायलाई भ्रष्टाचार गरेको आरोपमा कालोमासे दलेको विज्ञप्ती मार्फत जनाएको छ । नितिगत रुपमा उपभोक्ता समिति […]

२०७२ फाल्गुन १९ गते, बुधबार

सूचना आयोगको खिल्ली उडाउँदै एन्ट्यागका कर्मचारी

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) ले सरकार र प्रचलित कानुनको खिल्ली उडाउँदै आएको पुष्टि भएको छ । गत जेठमा एन्ट्यागभित्र भएक भ्रष्टाचारहरु सार्वजनिक भएपछि यथार्थता बुझ्न एन्ट्याग पुगेका पत्रकारको टोलीलाई एन्ट्यागले दुव्र्यवहार गरेपछि पत्रकार बालकृष्ण भट्टले राष्ट्रिय सूचना आयोगमा एन्ट्यागका सम्पूर्ण कार्यहरुको विवरण माग्दै निवेदन दर्ता गराए । पत्रकार बालकृष्ण भट्टको निवेदनबमोजिम सूचना […]

२०७२ फाल्गुन १६ गते, आईतवार

सुजाताद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा

काठमाडौं, १५ फागुन । रिपोर्टर्स् क्लबले शनिबार गरेको साक्षात्कारमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भनाइ दोहोर्‍याएकी छन् । उनले आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको भन्दै अब पछि नहट्ने बताइन् । कतिपयले आफ्नो क्षमताप्रति अविश्वास गर्ने गरेपनि आफू कांग्रेसलाई अघि बढाउन सक्षम रहेको उनको भनाइ थियो । अब पार्टीमा […]

२०७२ फाल्गुन १५ गते, शनिबार

प्रधानमन्त्री ओलीको चीन भ्रमण चैत ७ देखि

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी ओली आगामी चैत ७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाने लगभग निश्चित भएको छ । हालै भारतको ६ दिने राजकीय भ्रमण गरेर स्वदेश फर्किएका प्रधानमन्त्री ओली चैत ७ गतेदेखि चीनको भ्रमणमा निस्कन लागेका हुन् । काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्रीको भ्रमणको मितिबारे मौखिक जानकारी दिइसकेको छ । प्रधानमन्त्रीको चीन […]

२०७२ फाल्गुन १५ गते, शनिबार

ओलीको भारत भ्रमणबाट सत्ता गठबन्धन नै असन्तुस्ट

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबाट फर्केको २४ घन्टा बित्न नपाउँदै सत्ता गठबन्धनमा सहभागी दलका नेताहरूको आक्रोश र अविश्वासपूर्ण प्रश्नको सामना गर्नुपरेको छ । ६ दिने भारत भ्रमणका बारेमा सत्ता गठबन्धनका शीर्ष नेतालाई जानकारी दिन हिजो प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच अब सौहार्दपूर्ण सम्बन्ध कायम भएको […]

२०७२ फाल्गुन १४ गते, शुक्रबार

नेपाल भारतबीचको सम्बन्धको तुषारो हट्यो : प्रधानमन्त्री ओली

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल भएको भन्दै नेपाल भारतबीचको सम्बन्धमा केही समय तुषारो देखिए पनि अब त्यस्तो नहुने विश्वास व्यक्त गरेका छन । भ्रमणका क्रममा भारतले नेपालप्रति मित्रताको भावना प्रदर्शन गरेको उनको भनाइ थियो । भारतको ६ दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्कनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित […]

२०७२ फाल्गुन १३ गते, बिहीबार

‘तानाशाही शासनको बाटोमा मोदी’

काठमाडौं, १२ फागुन । विश्वका चर्चित सञ्चारमाध्यमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको रवैयालाई तानाशाहीको संज्ञा दिएका छन् । न्यूयोर्क टाइम्सजस्ता विश्वचर्चित सञ्चारमाध्यमहरुका अनुसार मोदी सरकारले आम जनताको प्रजातान्त्रिक अधिकार खोसिरहेको छ । उग्र राष्ट्रवादीहरुको भीडले कानुन आफ्नो हातमा लिएर आतंक मच्चाइरहँदा मोदी सरकार चुप बसेको समाचार ती सञ्चारमाध्यमले लेखेका छन् । न्यूयोर्क टाइम्सले आफ्नो विचार […]

२०७२ फाल्गुन १२ गते, बुधबार

नयाँ शक्तिद्वारा सल्लाहकार परिषद् गठन

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले पाँच सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठित परिषदले नयाँ शक्ति र उसको नेतृत्व पंक्तिलाई समसामयिक राजनीतिबारे सल्लाह पेश गर्ने जनाइएको छ । परिषद्का सदस्यहरुमा डा योगी विकाशानन्द, रामचन्द्र […]

२०७२ फाल्गुन १२ गते, बुधबार

सरकार कुनै हालतमा छोडिदैन : एमाओवादी

काठमाडौ । एकिकृत नेकपा माओवादीले तत्काल सरकारवाट बाहिरिने कुरा हल्ला मात्र भएको बताएको छ । उसले वर्तमान सरकार विसम परिस्थितिमा गठन भएकाले सरकारवाट बाहिरिने कुनै योजना नभएको बताएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवाश लाजिम्पाटमा बसेको विस्तारित स्थायी कमिटीको बैठकले सरकारलाई गतिशिल भएर काम गर्न सुझाव दिने समेत निर्णय गरेको छ । सरकारले अपेक्षाकृत […]

२०७२ फाल्गुन ११ गते, मंगलवार

एमाओवादी मन्त्रीलाई दाहाल भन्दा ओली प्यारो,सरकारबाट बाहिरिन दबाब

काठमाडौं, १० फागुन । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा आफनो पार्टीका तर्फबाट सहभागी भएका आठ मन्त्रीलाई फिर्ता बोलाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल माथि दबाब बढन थालेको छ । महासचिव कृष्णबहादुर महरा र स्थायी समिति सदस्यहरु जनाद्र्धन शर्मा,चन्द्रदेव खनाल र गोपाल किराँती लगायतका नेताहरुले मन्त्रीहरुका काम कार्वाहीबाट जनता र कार्यकर्ता रुष्ट बन्दै गएको भन्दै उनीहरुलाई […]

२०७२ फाल्गुन १० गते, सोमबार