जनखबर विशेष

राष्ट्रिय सङ्कट र समाधान

हाम्रो देश र नेपाली जनताको जीवन चरम् संकटको अवस्थाबाट गुज्रिरहेको छ । यो अवस्थाले आगामी एक–दुई वर्ष निरन्तरता पाउने हो भने देश र जनताको अस्तित्वमा प्रश्नचिन्ह खडा हुनेछ । एक्काइसौं शताब्दीको बहुधु्रवीय विश्वको विशेषताले विश्वलाई नयाँ र भिन्न स्थानमा खडा गरेको छ । शितयुद्धको समाप्तिपछि विश्वव्यापी एकछत्र प्रभुत्व जमाउन पुगेको अमेरिकी साम्राज्यवाद चरम् विघटनको सामना […]

२०८० आश्विन २१ गते, आईतवार

समाजवादी मोर्चा, नेपालको गठनबारे

परम्परागत तरिकाले हेर्ने हो भने अनौठो लाग्ने गरी समाजवादी मोर्चा, नेपाल निर्माण भयो । सरकार, संसद् र सडकमा रहेका पार्टीहरु जो हिजो विपरित धु्रवमा खडा जस्ता थिए मिलेर कसरी मोर्चा बन्यो भन्नेले देशमा ठूलै तरङ्ग पैैदा भयो । संसदीय व्यवस्थाको चरम अस्थिरता र सङ्कटबिच समाजवादी मोर्चा बन्दा अधिकतम् संख्यामा उत्साह, आशा, खुसी देखियो भने केही […]

२०८० भाद्र ४ गते, सोमबार

जेलमा रेशम चौधरीसँग भेट

डिल्ली बजार जेलको भेटघाट कक्षमा म ठीक २ बजे पुगे । झरीका कारण चिसो थियो । रेशम चौधरी कालो ओभरकोटमा पसे, दह्रा हात मिलाउँदै सञ्चोबिसञ्चोका कुरा भए । उनले तुरुन्तै थपे—“अन्यापूर्ण जेल हालियो कमरेड, यो कस्तो देश हो, सत्यतथ्य नै मानिदैन !” तर उनको अनुहारमा किञ्चित् निराशापन देखिएन ।मैले कृष्ण सेन‘इच्छुक’को कविताको एक टुक्रा सुनाए“पर्खाल […]

२०८० बैशाख २४ गते, आईतवार

नवौँ महाधिवेशनका मुख्य संश्लेषणहरु

हामीले थुप्रै विजय र पराजयका मैदानबाट पुँजीवादमाथि विजय गर्ने रोमाञ्चकारी तर सम्भावनायुक्त परिकल्पना गरिरहँदा लडाइका सम्पूर्ण मोर्चाहरुको चित्र आँखामा फटाफट प्रकट हुन्छन् । हामी त्यहाँ बिसौं शताब्दीले छोडेर गएका वैज्ञानिक समाजवादी क्रान्ति र सत्ताका कैयौं अपूर्णताहरु प्रष्ट देख्न सक्छौं । यी अपूर्णता या कमजोर पक्षलार्ई कस्ता दृष्टिकोण, विचार र नीति–नियमहरु निर्माण गरियो भने चाहेर पनि […]

२०७९ फाल्गुन १० गते, बुधबार

समय र श्रमको महत्व

समय र श्रमको सदुपयोगले मान्छेको निजी एवं सामाजिक जीवनको विकास, रुपान्तरण तथा समृद्धिमा कस्तो र कति प्रभाव पर्दछ भन्ने विषय साँच्चै नै मार्मिक एवं मननीय रहेको छ । निजी एवं सामाजिक जीवनका संचालन तथा विकासका अनुभवहरुलाई ऐतिहासिक एवं बौद्धिक तर्कहरुका कसीमा राखेर जाँचबुझ गर्दा देख्न सकिन्छ कि निजी होस् या सामाजिक, शासक होस् या शासित, […]

२०७९ माघ ९ गते, सोमबार

कञ्चन–सुदर्शनको अक्षम्य गल्ती

“हामी के कुरामा विश्वास राख्छौँ भने माक्र्सवादी संज्ञानको प्रश्नलाई हामी आपूmले अझ थप खोज गरिनुपर्छ र यो कुराको अध्ययन टुङ्गोमा पुगिसकेको छ भन्ने कुरामा अलिकति पनि विश्वास गरिनु हुँदैन । म आशा गर्छु, सबै कमरेडहरुले यस किसिमको प्रवृत्तिलाई आत्मसात गर्नुहुनेछ, अझ ठूला विजय हासिल गर्न एकतावद्ध हुनुहुनेछ, र तिनीहरुको बहकाउमा नआउनु होला, जो आपूmले माक्र्सवादको […]

२०७९ माघ २ गते, सोमबार

होसमा आऊ श्रीमान धर्मेन्द्र होसमा आऊ

कसैलाई भए नभएको आरोप लगाएर उसको हुर्मत लिनु सबभन्दा निच काम हो । तर, द्वन्द्ववादले सबै कुराहरूलाई परामर्थ सत्य मान्दैन ।हरेक बस्तुलाई परिबर्तनमा व्याख्या गर्छ । द्वन्द्ववादमा शङ्काको छुट पाइन्छ । श्रीमान् धर्मेन्द्रको मानमर्यादामा चोट पुराएर उनलाई नाङ्गेझार पार्नु मेरो उद्देस्य होइन । उनले पार्टी जनताप्रति गरेको योगदानको सधै प्रशंसा नै गरिने छ ।श्रीमान धर्मेन्द्र […]

२०७९ पुष १९ गते, मंगलवार

वितण्डावादीहरुको प्रीति–भोज

दलाल पुँजीवादका विरुद्ध सबै वामपन्थी र देशभक्त तथा प्रगतिशील शक्तिहरु एकतावद्ध हुनुपर्ने आवश्यकता छ । तर एकथरी तत्वहरु दलाल पुँजीवादको विरुद्ध लडिरहेको विप्लव नेतृत्वको विरुद्ध लडिरहेका छन् । यस्तो किन ? त्यसको प्रत्येक शक्ति र स्रोतको खोजि यो लेखको उपादेयता हो । जसलाई मनोवैज्ञानिक दृष्टिले पनि हेरिने छ । कतिपय व्यक्तिहरु आफूलाई अब्बल देखाउन लगातार […]

२०७९ पुष १८ गते, सोमबार

दुई घातक हमलाविरुद्ध सङ्घर्ष

क्रान्तिमा बढिरहँदा यो वर्ष हामीले दुई खाले घातक हमलाविरुद्ध सङ्घर्ष गर्नुप¥यो । बाहिरबाट दलाल पुँजीवादी सत्ताले हमला ग¥यो भने भित्रबाट गद्दार लिनपियाओवादी चरित्र बोकेका वाम आवरणका अवसरवादी–अराजकतावादी सुदर्शन–कञ्चनहरुले हमला गरे । पार्टी लोकप्रियताको शिखरतिर उक्लिरहेको बेला दलालहरुबाट भएको हमला आश्चर्यपूर्ण नभए पनि पार्टीभित्र एकदमै नजिक बसेका भनिने अवसरवादी–अराजकतावादी, षड्यन्त्रकारीहरुबाट भएको हमला भने अत्यन्त नीच र […]

२०७९ कार्तिक ५ गते, शनिबार

नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन सफलताको शुभकामना !

यही २०७९ साल असोज २५ देखि ३१ गतेसम्म नेपाल कम्युनिष्ट पार्टीको जनाधार भएको महासचिव विप्लवको गृहजिल्ला कपिलवस्तुमा पार्टीको सर्वोच्च र सर्वशक्तिमान् अधिवेशन अर्थात् नवौं महाधिवेशन हुने कुरा सार्वजनिक सन्चार-सन्जालमा प्रकाशित यो पोष्टरबाट थाहा भयो र शुभकामना दिन मन लागेकोले हार्दिकतापूर्वक यो शुभकामना दिंदैछु । अन्यथा नलिई कृपया सम्बन्धित सबैले गम्भीरतापूर्वक लिइदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।महासचिव […]

२०७९ आश्विन १४ गते, शुक्रबार