स्वास्थ्य / शिक्षा

विद्यालयको नाम नेपालीपन झल्कने नराखे विद्यार्थी भर्ना रोक्ने चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो ।महानगरले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ […]

२०८० चैत्र २१ गते, बुधबार

१२ बर्षिय बालक एसईई दिँदै

काठमाडौँ । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालय केन्द्रबाट १२ वर्षीय शक्ति अधिकारीले एसइई दिएका छन् । उनी सोही गाउँपालिका–६ सरौखोलास्थित विनु माविमा अध्ययनरत विद्यार्थी […]

२०८० चैत्र १६ गते, शुक्रबार

कामपाद्वारा निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम दिएको छ।महानगरापलिकाले एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न १ महिनाको अल्टिमेटम दिएको हो।शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था […]

२०८० चैत्र १६ गते, शुक्रबार

उत्तरपुस्तिका हराएका विद्यार्थीको पुन: परिक्षा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएका विद्यार्थीहरुको यही चैत २१ गते पुनः परिक्षा लिने भएको छ । त्रिविले आफ्नो गल्ती लुकाउन विद्यार्थीलाई दोहोरो परिक्षा दिन लगाएर सास्ती दिएको यो लगातार दोस्रो वर्ष हो । गएको वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायको जनसंख्या तथा स्वास्थ्य र शिक्षा शास्त्र संकायको शिक्षाको आधार […]

२०८० चैत्र १६ गते, शुक्रबार

टोपबहादुर रायमाझी अस्पताल भर्ना

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधान मन्त्री तथा नेकपा एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि रायमाझीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षमा थुनामा रहेका रायमाझीलाई बुधबार अस्पताल भर्ना गरिएको जेलर कुष्णबहादुर कटुवालले जानकारी दिए । रायमाझीमा […]

२०८० चैत्र १५ गते, बिहीबार

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न

काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाको शल्यक्रिया सम्पन्न भएको छ। राणाको भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल साकेतमा बुधबार हाइपर प्याराथाइरोइडको सफलतापूर्व शल्यक्रिया सम्पन्न भएको हो। उनको सचिवालयको अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र अझै केही समय अस्पतालमै रहने छन्। डा. राणा विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका […]

२०८० चैत्र १५ गते, बिहीबार

एसईई सुरु : ५ लाख बढी परिक्षार्थी सहभागी

काठमाडौँ । आज बिहान ८ बजेवाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षामा ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर दुई हजार ६४ वटा परिक्षा केन्द्र तोकिएका छ ।काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र […]

२०८० चैत्र १५ गते, बिहीबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । विद्यालय छनोटमा ढिलाइ भएका कारण सो कार्यक्रम स्थगन गरिएको हो। चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा […]

२०८० चैत्र १४ गते, बुधबार

सरकारले निःशुल्क प्रदान गर्दै आएको औषधीको विवरण पेश गर्न आग्रह

काठमाडौँ । औषधी व्यवस्था विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका औषधीको विवरण पेश गर्न अनुरोध गरेको छ ।विभागले सूचना निकाल्दै आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० को उत्पादन तथा आयातको वार्षिक विवरण पेश गरी सहयोग गर्न उत्पादक तथा आयातकर्तालाई अनुरोध गरेको हो ।विभागले सरकारले निःशुल्क प्रदान गर्दै आएको ९८ प्रकारका अत्यावश्यकीय औषधीहरुको बजार अवस्था […]

२०८० चैत्र १२ गते, सोमबार

सिम्रन आत्महत्या प्रकरणका दोषीलाई कारवाही नगरे आन्दोलन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले सिम्रन थापाको आत्महत्या प्रकरणका दोषीमाथि कडा कारवाहीको माग गरेको छ । धादिङको धुनिवेशी नगरपालिका पाँचस्थित भुवनेश्वरी माध्यामिक विद्यालयका १५ वर्षका छात्रा थापाले पैसा चोरेको भनेर गिज्याउन थालेपछि सिम्रन घर गएर आत्महत्या गरेको घटनाप्रति संगठन जिल्ला समितिले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रेस विज्ञप्तीमार्फत दोषीमाथि कडा कारवाहीको माग […]

२०८० चैत्र ११ गते, आईतवार