अर्थ

नेप्से १० दशमलव १४ अंकले वृद्धि

काठमाडौँ । नेप्से १० दशमलव १४ अंकले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको छ । विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३५ करोड ४३ लाख ४८ हजार पाँच सय तीन बराबरको कारोबार […]

२०८० चैत्र १३ गते, मंगलवार

नेप्से १७.०१ अंकले घट्यो

काठमाडौँ । नेप्से १७.०१ अंकले घटेर २ हजार ३१.५५ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.८३ प्रतिशतले कम हो । अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । उक्त दिन ४४ हजार २ सय ३६ वटा […]

२०८० चैत्र १२ गते, सोमबार

सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ

काठमाडौँ । सुनचाँदी तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

२०८० चैत्र १२ गते, सोमबार

सिक्टा सिँचाइको काम प्रभावित

काठमाडौँ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ । बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउन कठिनाइ भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताए । निर्देशक निरौलाले भने -“शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जावापतको रकम […]

२०८० चैत्र ९ गते, शुक्रबार

सुनको मूल्यमा नयाँ कीर्तिमान: प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेकाजनाएको छ ।बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० र तेजाबी […]

२०८० चैत्र ८ गते, बिहीबार

साढे ७ अर्बको विकास ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ७ अर्ब ६९ करोड रुपैयाँ बराबरको विकास ऋणपत जारी गर्ने जनाएको छ। चैत ८ गते बोलकबोलमार्फत बिक्री गर्ने र चैत ९ गते निश्काशन गरिने तयारी राष्ट्र बैंकको छ। यसको परिपक्‍व हुने अवधि भने ६ वर्ष रहेको छ।उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय […]

२०८० चैत्र ७ गते, बुधबार

नेप्से छ दशमलव २४ अंकले घट्यो

काठमाडौँ । नेप्से छ दशमलव २४ अंकले घटेर दुई हजार ६७ दशमलव २९ को अंकमा कायम भएको छ । आज तीन सय सात कम्पनीक ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको […]

२०८० चैत्र ६ गते, मंगलवार

नेप्से ३ दशमलव २७ अंकले वृद्धि

काठमाडौँ । नेप्से परिसूचक ३ दशमलव २७ अंकले बढेर दुई हजार ७३ दशमलव ५३ को बिन्दुमा कायम भएको छ। आज तीन सय तीन कम्पनीको ७४ लाख ५९ हजार चार सय २४ कित्ता शेयर ५३ हजार दुई सय ५६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ बराबरको कारोबार भएको […]

२०८० चैत्र ५ गते, सोमबार

सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब ऋण नाघ्यो !

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार गत साउनदेखि फागुन मसान्तसम्म नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म यस्तो ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको आठ महिनासम्म सरकारले १ खर्ब ६३ […]

२०८० चैत्र ५ गते, सोमबार

काठमाडौं महानगरद्वारा सहकारीको साँवा-ब्याज समयमै तिर्न आग्रह

काठमाडौँ । काठमाडौं महानगरपालिका सहकारी विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट ऋण लिएकाहरूलाई ​ साँवा–ब्याज समयमै भुक्तानी गर्न आग्रह गरेको छ। महानगरले ऋणी सदस्यले लिएको ऋण रकमको साँवा–ब्याज भुक्तानीमा विभिन्न बहानाबाजी गरिरहेकोमा ध्यानाकर्षणा भएको जनाउदै केही पक्षले सहकारी संस्थाको ऋण तिर्नुनपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिका भरमा नलाग्न आग्रहसमेत गरेको छ ।महानगरले केही […]

२०८० चैत्र ५ गते, सोमबार