अर्थ

त्रिभुवन राजपथलाई निषेधित क्षेत्र घोषणा

काठमाडौ ९ भदौ । वीरगंज–पथलैया करिडोर अन्तरगतको त्रिभुवन राजपथलाई निषेधित क्षेत्र घोषणा गरि लामो समयदेखिको भन्सारमा रोकिएका गाडी गन्तव्यमा पुर्याउनका लागि पहल थालिएको छ । आज बेलुकी ८ बजेदेखि भोली बिहान ६ बजेसम्म राजमार्गलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको पर्साका प्रहरी प्रमुख दिवेश लोहनीले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले […]

२०७२ भाद्र ९ गते, बुधबार

मोटरसाइकल चोर प्रहरी फन्दामा

काठमाडौं, ७ भदौ । महानगरीय प्रहरी वृत्त चक्रपथले मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा काठमाडौ बस्ने १६ वर्षीय अनुज बस्याल र काठमाडौकै १६ वर्षीय निश्चल थापा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ४ ओटा मोटरसाइकल र ३ ओटा […]

२०७२ भाद्र ७ गते, सोमबार

पाइपलाइन निर्माणसम्बन्धी सम्झौता हुदै

काठमाडौ, ७ भदौ । नेपाल र भारतबीच रक्सौल–अमलेखगन्ज तेल पाइपलाइन निर्माणसम्बन्धी सम्झौता आज हुने भएको छ । निर्माणको चर्चा चलेको करिब डेढ दशकपछि सम्झौता हुन लागेको हो । सम्झौताका लागि भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्य मन्त्री धर्मेन्द्र प्रधानको नेतृत्वमा भारतीय आयल निगमको टोली नेपाल आइसकेको छ । नेपालका तर्फबाट सम्झौता कार्यक्रममा वाणिज्य तथा आपूर्ति […]

२०७२ भाद्र ७ गते, सोमबार

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री नेपाल आउँदै

काठमाडौ, ६ भदौ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधान आज दिउँसो ४ बजे नेपालको तीन दिने औपचारिक भ्रमणमा काठमाडौ आउँदै छन । रक्सौल—अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्न मन्त्री प्रधान नेपाल भ्रमणमा आएका हुन् । बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा र मन्त्री प्रधानले भोलि पेट्रोलियम पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा […]

२०७२ भाद्र ६ गते, आईतवार

प्याजको मूल्य आकाशियो

काठमाडौं,६ भदौ । प्याजको भाउ ह्वात्तै बढेको छ । अहिले प्याजको थोक मूल्य किलोको १ सय रुपैयाँ पुगेको छ । यो मूल्य यसवर्षको अहिलेसम्मकै उच्च भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । तराईका जिल्लामा बन्द भैरहेकाले प्याजको आयात ठप्प जस्तै भएको छ । ढुवानी नहुँदा र बजारमा माग धेरै हुँदा प्याजको […]

२०७२ भाद्र ६ गते, आईतवार

ठग कन्सल्टेन्सीका सञ्चालक प्रहरी फन्दामा

काठमाडौँ । दक्षिण अफ्रिकामा रोजगारीका लागि पठाउने भनी ४६ लाख ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । विभिन्न नक्कली कागजजात बनाई रोजगारी लगाइदिन्छु भनी कालिमाटीस्थित एक्प्रेस इन्ट्री एजुकेशन वल्र्डका सञ्चालक साधना बस्नेत र राजकुमार रञ्जीत पक्राउ परेका हुन् । प्रतिव्यक्ति रु. पाँच लाख ५० हजारका दरले ११ जना व्यक्तिलाई ठगेका आधारमा महानगरीय प्रहरी अपराध […]

२०७२ भाद्र ५ गते, शनिबार

रक्सौल–अमलेखगञ्ज पाइपलाइन सम्झौता हुदै

काठमाडौँ, ४ भदौ । नेपाल आयल निगम लिमिटेडले बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी औपचारिक सम्झौता सोमबार हुने बताएको छ । नेपाल सरकार र भारत सरकारबीच हुने सो सम्झौतामा हस्ताक्षर गर्न यही भदौ ६ गते भारतका पेट्रोलियम मन्त्री, इन्डियन आयल कर्पाेरेसनका अध्यक्षलगायत ११ सदस्यीय टोली नेपाल आउने जानकारी आयल निगमले गराएको छ । दुबै मुलुकका सरकारबीच सम्झौतापछि […]

२०७२ भाद्र ४ गते, शुक्रबार

ठग भाइकृष्ण खड्का प्रहरी फन्दामा

काठमाडौं, २ भदौ । बैंकिङ कसुर मुद्दामा फरार भएका भाइकृष्ण खड्कालाई प्रहरीले पक्राउ गरेको छ । क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडबाट तीन करोड ५० लाख रुपैयाँ ऋण लिएर नतिर्ने काडमाडौंको गागलफेदीका ४५ वर्षका श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्जले जनाएको छ । श्रेष्ठले सान्दर्भिक विल्डर्स प्रालिको नाममा लिएको ऋण दुरुपयोग गरेका […]

२०७२ भाद्र २ गते, बुधबार

अब प्रिपेड मोबाइलमा डाटा प्याकेज

काठमाडौं। नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल फोनका लागि डाटाको नयाँ प्याकेज ल्याएको छ। सरकारी स्वामित्वको मुलुककै सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायकले ठूलो संख्यामा रहेका प्रिपेड मोबाइल प्रयोगकर्तालाई लक्ष्यित गर्दै मंगलबारदेखि लागू हुनेगरी डाटा प्याकेज सार्वजनिक गरेको हो। टेलिकमको प्रिपेड डाटा टेरिफअनुसार २०० एमबीको १३० रुपैयाँ पर्नेछ। ५०० एमबीको ३०० रुपैयाँ पर्नेछ भने १ जिबीको पाँच […]

२०७२ भाद्र १ गते, मंगलवार

घुस्याहा नासु घुस अख्तियारको फन्दामा

काठमाडौँ, ३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम क्षेत्रीय कार्यालयले कैलालीको अग्रौला छोटी भन्सार कार्यालयका नायब सुब्बालाई घुससहित आइतबार साँझ पक्राउ गरेको छ । अख्तियारको क्षेत्रीय सम्र्पक कार्यालय भीमदत्तनगरले दिएको जानकारी अनुसार भारतबाट नेपाल आयात गरिने सामान बिना भन्सार आउन दिने भन्दै सेवाग्राहीबाट लिएको रु २१ हजार नगदसहित उक्त छोटी भन्सार कार्यालयका नासु यादव […]

२०७२ श्रावण ३२ गते, सोमबार