अर्थ

क्षतिपूर्तिमा मनलाग्दी

काठमाडौं, १६ भदौ । गृह मन्त्रालयले विभिन्न व्यक्तिहरुलाई क्षतिपूर्ति दिने नाममा मनलाग्दी गरेको छ । क्षतिपूर्ति दिने नाममा गृह मन्त्रालयले आफूखुसी लाखौं रुपैयाँको ‘आर्थिक सहायता’ र ‘क्षतिपूर्ति’ बाँडेको छ । यसरी आर्थिक सहायता पाउनेमा भारतीय नागरिकसमेत परेका छन् । गृहले सुर्खेतका टीकाराम गौतम, मानबहादुर बीसी र गोपालसिंह रजवारको परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत ३० लाख रुपैयाँ […]

२०७२ भाद्र १६ गते, बुधबार

इन्धनको मूल्य घट्यो

काठमाडाैँ, १६ भदाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य बुधबारबाट लागू हुने गरी घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा दुई रूपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३५ रूपैयाँ घटाइएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए । यसअघि पेट्रोलको मूल्य प्रतिलि १०६ रूपैयाँ र ५० पैसा तथा […]

२०७२ भाद्र १६ गते, बुधबार

भारतमा इन्धनको मूल्यमा अत्यधिक गिरावट

काठमाडौं,१५ भदौ । भारतमा एक महिनाको अवधिमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतमा गए मध्यरातदेखि पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ (भारु) कटौती गरिएको छ । त्यस्तै डिजेलमा पचास पैसा प्रतिलिटर मूल्य घटेको छ । भारतीय आयल कर्पोरेशनका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा कटौती भइरहेका कारण इन्धनको मूल्य घटाइएको हो । नेपालमा भने […]

२०७२ भाद्र १५ गते, मंगलवार

अघोषित मिल्क होलिडेले दैनिक ५० हजार लिटर दूध खेर जाँदै

काठमाडौं, १४ भदौ । दुग्ध विकास संस्थानले अघोषित मिल्क होलिडे लागु गरेपछि दैनिक ५० हजार लिटर दूध खेर गएको छ ।बजारको समस्या भएपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थानसहितका निजी डेरीहरुले विभिन्न क्षेत्रबाट दैनिक रुपमा दूधको खरिद गर्न छाडेका हुन् । बजारीकरणको समस्याले दैनिक झण्डै ५० हजार लिटर दूध खेर जान थालेको छ । दूधको उत्पादन […]

२०७२ भाद्र १४ गते, सोमबार

पेट्रोलियम पदार्थको हाहाकार

काठमाडौं, १४ भदौ । अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको सदरमुकाम जलेश्वरमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । विगत १७ दिनदेखि मधेस बन्दका कारण जलेश्वरको सात वटा पेट्रोलपम्पमा पेट्रोल र डिजेल पाउन छाडिएको छ । त्यस्तै जिल्लाको पिपरा, रामगोपालपुर, औरही, सुगा, सहोडवा, मनरा, सम्सी, गौशालासहितका ठाउँमा रहेको पेट्रोलपम्पमा पनि पेट्रोलियम पदार्थ नरहेको जनाइएको छ । जिल्लामा […]

२०७२ भाद्र १४ गते, सोमबार

टेलिकमको ग्राहक सवा करोड नाघ्यो

काठमाडौँ । नेपाल टेलिकमकाले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार उसको कुल ग्राहक १ करोड २८ लाख २७ हजार ७ सय पुगेको छ । यो ग्राहक संख्या ६ वर्ष अगाडिको तुलनामा १ सय ३४ प्रतिशत बढी हो । २०६७ असार मसान्तमा टेलिकमका ग्राहक संख्या ५४ लाख ६४ हजार थियो । ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दूरसञ्चार सेवाको प्रयोग […]

२०७२ भाद्र १२ गते, शनिबार

धराशायी बन्दै वायुसेवा निगम

काठमाडौँ, ११ भदौ । मुलुकको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका वरिष्ठ पदाधिकारीबीचको विवादले संस्थाको सम्पूर्ण काम कारबाही प्रभावित भएको छ । निगमका अध्यक्ष र महाप्रबन्धकबीचको आपसी खिचातानीले संस्थालाई धरासायी बनाउने खेल सुरु भएको भन्दै सम्बद्ध पदाधिकारी नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । दुई पदाधिकारीबीचको विवादले निगममा लामो समयदेखि बोर्ड बैठक बस्न नसक्दा निगमका कतिपय […]

२०७२ भाद्र ११ गते, शुक्रबार

मुद्रा तस्कर प्रहरीको फन्दामा

काठमाडौं, ११ भदौ। विभिन्न मुलुकका मुद्रा अवैद्यरुपमा चीनतर्फ लैजान लागेको अवस्थामा प्रहरीले एक चिनियाँ नागरिकलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । काठमाडौंबाट ल्हासा जान लागेका चिनियाँ नागरिक इ वाङका साथबाट प्रहरीले ६० हजार अमेरिकी डलर, ७६ हजार युरोप र ४८ हजार स्वीस फ्रेन्क बरामद गरेको हो । विमानस्थलमा चेकजाँच गर्नेक्रममा प्रहरीले ठूलो मात्रामा […]

२०७२ भाद्र ११ गते, शुक्रबार

सवारी साधनलाई स्कर्टिङ

काठमाडौ, ११ भदौ । महोत्तरी प्रहरीले राजमार्गमा स्कर्टिङ गर्न शुरु गरेको छ । महोत्तरीको लक्ष्मिनियाँ जंगलमा बुधबार साँझ बन्दकर्ताले दुई वटा गाडीमा आगजनी गरेपछि सशस्त्र र नेपाल प्रहरीले पूर्व पश्चिम राजमार्ग र बर्दिबास सिन्धुली सडक खण्डको जंगल क्षेत्रमा सवारी साधनलाई स्कर्टिङ गर्न थालेको हो । लक्ष्मिनियाँ चोकमा रहेको सुरक्षा पोष्टमा सशस्त्र प्रहरी बस्न छाडेपछि बुधबार […]

२०७२ भाद्र ११ गते, शुक्रबार

मोवाइल बैकिङ्ग सेवा प्रति आक्रर्षण बढ्दो

काठमाडौ, १० भदौ । कालिकोटमा पछिल्लो समयमा मोवाइल बैकिङ्ग सेवा लिनेको संख्या बृद्धि हुदैँ गएको छ । घरमा नै बसेर मोवाइलबाट बैकिङ्ग कारोबार गर्न सकिने भएका कारणले यो सेवा प्रति यहाँका ग्राहकहरु आक्रर्षित भएका हुन् । कालिकोटमा रहेका नेपाल बाणिज्य र ग्लोबल आइएमई बैंकबाट झण्डै ३ हजार जनाले मोवाइल बैकिङ्ग सेवा लिएका छन् । राष्ट्रिय […]

२०७२ भाद्र १० गते, बिहीबार