अर्थ

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौ, २४ असोज । नेपाल राष्ट्र बैंकले हिन्दुहरुको महान पर्व बडा दसैं र दीपावलीका अवसरमा आजदेखि नयाँ नोट साट्न सुरु गर्ने भएको छ । बैंकले पोहारेको तुलनामा यो वर्ष १८ प्रतिशत अर्थात १० अर्ब रुपैयाँ भन्दा बढी नयाँ नोट बजारमा प्रवाह गर्ने तयारी गरेको छ । चाड पर्वमा पूजाका लागि प्रयोग हुने भेटी तथा आफन्तलाई […]

२०७२ आश्विन २४ गते, आईतवार

सिमा सुरक्षा बैठक रद्ध

काठमाडौं,२३ असोज । आज नेपाल र चीनबीच बस्ने भनिएको सिमा सुरक्षा बैठक रद्ध भएको छ । बैठक रद्ध हुनुले भारतले अघोषित नाकाबन्दी लगाइरहेका बेला उत्तरी छिमेकी चिनले समेत अवरुद्ध नाका खोल्न अनिच्छुक देखिएको संकेत मिलेको छ । चिनीया पक्षले तातोपानी नाका सञ्चालन गर्ने लगायतका बिषयमा छलफल गर्न तय गरिएको शनिबारको सिमा सुरक्षा बैठक एकाएक रद्ध […]

२०७२ आश्विन २३ गते, शनिबार

घटस्थापनादेखि दसैं विदा दिने प्रस्ताव मन्त्रिपरिषद्द्वारा अस्वीकृत

काठमाडौं ,२२ असोज । आजको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयले दशैंमा थप बिदा दिने भनी गरेको प्रस्ताव अस्वीकृत गरेको छ । इन्धन संकट भएको भन्दै गृहले दशैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म बिदा दिने प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्को बैठकले देशको असहज परिस्थितिबारे मित्र राष्ट्रलाई जानकारी गराउँदै स्थिति सहज बनाउन सहयोगको लागि आग्रह गर्ने निर्णय गरेको छ । […]

२०७२ आश्विन २२ गते, शुक्रबार

भारतको घुर्की, चीनबाट सामान ल्याए हुन्छ

काठमाडौं, २२ असोज । भारतले घुर्की देखाउदै ‘चीनबाट सामान ल्याउन नेपाल स्वतन्त्र रहेको’ जनाएको छ । भारतले दुई सातादेखि अघोषित नाकाबन्दी गर्दै नेपालतर्फ इन्धन तथा अन्य आवश्यक बस्तु लोड गरिएका ट्यांकर, कन्टेनर तथा ट्रक पठाउन रोक्दै आएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले बिहीबार नियमित पत्रकार भेटघाट कार्यक्रममा नेपालबारे यस्तो धारणा राखेका हुन् । […]

२०७२ आश्विन २२ गते, शुक्रबार

केयर गिभरको रुपमा इजरायल जान आवेदन माग

काठमाडौँ, २१ असोज । इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान चाहनेलाई वैदेशिक रोजगार विभागले आज आवेदन माग गरेको छ । विभागले सूचना जारी गर्दै इजरायल जान चाहनेहरुले कात्तिक २५ गतेभित्रमा आवेदन दिन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीच गत साउन २२ गते नमूना परियोजनाको रुपमा पहिलो चरणमा ३०० जनालाई घरेलु कामदारको […]

२०७२ आश्विन २१ गते, बिहीबार

इपीएसको नतिजा सार्बजनिक

काठमाडौं, २१ असोज । कोरियन भाषा परीक्षा इपीएसको नतिजा बिहीबार सार्वजनिक भएको छ । परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका इपीएस कोरिया शाखा निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए । सहभागीमध्ये १९ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालन तर्फ २ […]

२०७२ आश्विन २१ गते, बिहीबार

छेकम्पार नाका बाह्रै महिना खुल्ने

काठमाडौं, २० असोज । दक्षिणी छिमेक भारतबाट नाकाबन्दी भई इन्धन र खाद्य सामग्रीको अभाव चुलिँदै गएको बेला अर्को छिमेक चीनले उत्तरी गोरखास्थित छेकम्पार नाका वर्षभर खुलाउने निर्णय गरेको छ । तिब्बतको परराष्ट्र कार्यालयले तिब्बत–छेकम्पार नाका बाह्रै महिना सञ्चालनमा ल्याउने निर्णय गर्दै नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयमा पत्राचार गरिसकेको छ । छेकम्पारबाट नजिकका […]

२०७२ आश्विन २१ गते, बिहीबार

इन्धन किन्न ग्लोबल टेन्डर आहृवान

काठमाण्डौ,२१ असोज । सरकारले भारतीय आयल कर्पोरेसन आइओसीलाई दिदै आएको पेट्रोलियम पदार्थ निर्यात एकाधिकारलाई तोड्दै पेट्रोलियम पदार्थ आयातका लागि ग्लोबल टेन्डर खोल्ने भएको छ । नेपालमा जारी भएको संबिधान प्रति असन्तुष्टि जनाउदै असुरक्षाको कारण देखाएर भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीका कारण मुलु्कभर पेट्रोलियम पदार्थको चरम अभाब हुन थालेपछि सरकारले बैकल्पीक ब्यबस्था गर्न लागेको हो । […]

२०७२ आश्विन २१ गते, बिहीबार

करदाता शिक्षा अभिवृद्धि गर्न समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । साना तथा मझौला करदाताहरुलाई कर सम्बन्धी शिक्षा प्रदान गरी कर कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरु परिपालना तथा कर सहभागिता अभिवृद्धिका लागि आन्तरिक राजस्व विभागको तर्फबाट महानिर्देशक श्री चुडामणि शर्मा तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री पशुपति मुरारकाले समझदारी पत्रमा असोज १९ गते हस्ताक्षर गर्नु भएको छ । करदाता शिक्षाका लागि ६ दिन सम्म […]

२०७२ आश्विन २० गते, बुधबार

इन्धन बोकेका एकसय बढी गाडी नेपाल भित्रिए

काठमाडौं, २० असोज । देशभरका नाकाबाट इन्धन बोकेका एकसय बढी गाडी नेपाल भित्रिएका छन । यसैक्रममा विराटनगरको रानी भन्सार नाकाबाट मंगलबार राती ९ बजेपछि २९ वटा पेट्रोलियम पदार्थ बोकेका गाडी नेपाल प्रवेश गरेको छ । जसमा १४ वटा पेट्रोल बोकेका ट्याङ्कर, ११ वटा डिजलका ट्याङ्कर र चार वटा ग्यांस बुलेटका गाडी रहेका छन् । औद्योगिक […]

२०७२ आश्विन २० गते, बुधबार