अर्थ

बोतलमा पेट्रोल !

काठमाडौ, १९ असोज । मधेसी मोर्चाले मध्य तराईमा गरेको बन्द आज ५३ औं दिन पनि जारी छ । लामो समयदेखिको बन्दका कारण स्थानीयको जनजीवन निक्कै कष्टकर बनेको छ । बन्दका कारण बजार, यातायात, पसल, बैंक, सरकारी कार्यालयका साथै शिक्षणसंस्था समेत खुल्न सकेका छैनन् । यातायातका साधन नचल्दा सामान ढुवानी हुन नसकेर बजारमा दैनिक उपभोग्य सामाग्रीको […]

२०७२ आश्विन १९ गते, मंगलवार

इन्धनको आयात बढाउन पहल भैरहेको छ : निगम

काठमाडौं, १९ असोज । भारतले गतशनिबार बेलुकीदेखि नाकाबन्दी खुलाएको बताएपनि अहिलेसम्म सहज आपूर्ति हुन सकेको छैन ।यसैबीच , नेपाल आयल निगमले इन्धनको आयात बढाउन पहल भैरहेको जनाएको छ ।इन्धन बोकेका गाडी नाकामै रोकिँदा देशभरको जनजीवन निकै कष्टकर बनेको छ । सडकमा निकै कम मात्र गाडी चलेका छन् । दसैँ नजिकिंदै गर्दा घर फर्कन नपाइने हो […]

२०७२ आश्विन १९ गते, मंगलवार

दसैंको लागि च्याङ्ग्रा ल्याइँदै

काठमाडौं, १८ असोज । नेपाल खाद्य संस्थानले तराईको समस्याले पर्याप्त खसी-बोका संकलन गर्न नसकेपछि च्याङ्ग्राको संख्या बढाउने भएको छ ।संस्थानले यस वर्ष १ हजार च्याङ्ग्रा काठमाडौं ल्याउने भएको छ । यसअघि ५ सयमात्रै खसी-बोका ल्याउने तयारी भए पनि तराईको अप्ठेरो स्थितिका कारण च्याङ्ग्रा धेरै ल्याउन लागिएको हो । संस्थानले च्याङ्ग्रा किन्न पनि सुरु गरिसकेको छ […]

२०७२ आश्विन १८ गते, सोमबार

काठमाडौं – हेटौंडा बैकल्पिक मार्ग निर्माण तिब्र

काठमाडौं, १७ असोज । सडक डिभिजन कार्यालय ललितपुरले काठमाडौं – हेटौंडा जोड्ने बैकल्पिक सडकको काम तीव्र गतिमा भईरहेको जनाएको छ । तत्कालिन कान्ती राजपथको ट्रयाक चौडाई गरी सडकमा स्तरोन्नतीको काम भइरहेको हो । सडक डिभिजन कार्यालय ललितपुरले २०१६ भित्र सम्पन्न गर्ने गरी २०७० असारबाट सडक स्तरोन्नतीको काम सुरु गरेको हो । अहिले सो सडकमा हेटौंडा […]

२०७२ आश्विन १७ गते, आईतवार

वैदेशिक रोजगारमा ज्यान गुमाउने अत्यधिक

काठमाडौँ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो ७ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा गएका ४ हजारभन्दा बढीले ज्यान गुमाएको देखाएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार वैधानिक रूपमा श्रमस्वीकृति लिएर गएका कामदारमध्ये ७ वर्षमा ४ हजार ४४२ जनाको मृत्यु भएको छ । सरकारले श्रमस्वीकृति लिई विदेश भएका कामदारको मात्र क्षतिपूर्ति दिने गरेको विभागका निर्देशक शिवराम […]

२०७२ आश्विन १६ गते, शनिबार

कृषि सचिव भट्टराई र विश्व बैंकका अधिकारीबीच भेटवार्ता

काठमाडौ, १५ असोज । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले शुक्रबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा विश्व बैंकका अधिकारीहरुसँंग भेटवार्ता गर्नुभएको छ । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) लाई सहजीकरण गर्न आएको बैंकको १२ औं कार्यान्वयन सहयोग मिसनका प्रमूख प्याट्रिक भेरिसिमो नेतृत्वको समुहले सचिव भट्टराईसँंग भेटवार्ता गरेको हो । भेटमा प्याक्टलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने […]

२०७२ आश्विन १५ गते, शुक्रबार

इन्धन भित्र्याउन पहल हुँदैछ : निगम

काठमाडौ, १४ असोज । नेपाल आयल निगमले इन्धन आयातको लागि पहल भैरहेको जनाएको छ । भारतको अघोषित नाकाबन्दीले इन्धनको आपूर्ति ठप्प हुँदा जनजीवन निकै कष्ठकर बनेको छ । भारतबाट आयात ठप्प भएपछि आपूर्तिको अरु विकल्पका बारेमा छलफल भैरहेको निगमका प्रवक्ता दीपक बरालले बताए । निगमसँग अब बढीमा २०/२५ दिनलाई मात्र पुग्ने इन्धन छ । अहिलेसम्म […]

२०७२ आश्विन १५ गते, शुक्रबार

आजदेखि निजी सवारी साधनलाई पेट्रोल नदिइने

काठमाडौ, १४ असोज । आजदेखि काठमाडौ उपत्यकामा निजी (रातो प्लेट भएको) सवारी साधनलाई पेट्रोलियम पदार्थ नदिइने भएको छ । गृह मन्त्रालय, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, तीनवटै सुरक्षा निकाय र विद्युत् प्राधिकरणको हिजो बसेको बैठकले सबै निजी सवारी साधन, ढुवानीका साधन तथा विद्यालय र विश्वविद्यालयका गाडीहरुलाई इन्धन उपलब्ध गराउन […]

२०७२ आश्विन १४ गते, बिहीबार

सुनौली नाकाबाट मालबाहक गाडी भित्रन थाल्यो

काठमाण्डौ,१३ असोज । रुपन्देहीको बेलहिया नाकाबाट इन्धन र अन्य उपभोग्य पदार्थ बोकेका गाडीहरु नेपाल भित्रिन सुरु गरेका छन् । आज नेपाल र भारत दुबै देशका सुरक्षाकर्मी र भन्सार अधिकारीहरुबीचको बैठकले भारतमा रोकिएका मालबाहक साधनहरु नेपालमा पठाउने निर्णय गरेपछि सुनौली नाकाबाट निर्वाधरुपमा मालबाहक सवारी–साधन नेपाल भित्रिन थालेका हुन् । आज दिउँसोसम्ममा १ सय ४ ओटा ट्रक, […]

२०७२ आश्विन १३ गते, बुधबार

निजी सवारीले पेट्रोल नपाउने

काठमाण्डौ,१३ असोज । नेपाल आयल निगमले भण्डारण गरेको पेट्रोलियम पदार्थ सकिन थालेपछि सरकारले भोलीबाट निजी सवारीलाई पेट्रोलियम पदार्थ नदिने भएको छ । भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । कोटा प्रणालीबाट तेल दिने निर्णयमा पुनर्बिचार गर्न आज गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायको संयुक्त बैठकले अत्यावश्यक समान ढुवानी गर्ने बाहेक ट्रक र […]

२०७२ आश्विन १३ गते, बुधबार