अर्थ

चीनबाट निरन्तर इन्धन ढुवानी हुन्छ :निगम

काठमाडौं, २७ कार्तिक । नेपाल आयल निगमले रसुवागढी नाकाबाट पेट्रोलियम पदार्थ ढुवानी निरन्तर हुने बताएको छ । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले चीन सरकारले अनुदानमा दिएको पेट्रोल ल्याउने कार्य सकिएपछि चीनबाटै व्यापारिक प्रयोजनको पेट्रोलियम पदार्थ ल्याउने कार्यलाई निरन्तरता दिने तयारी गरिएको बताए । साँघुरो सडकका कारण अहिलेसम्म साना टयाङ्करहरुले ढुवानी गरिरहेको बताउँदै निर्देशक खड्काले […]

२०७२ कार्तिक २७ गते, शुक्रबार

सुनचाँदी ब्यापार ८० प्रतिशतले घट्यो

काठमाडौं, २६ कात्तिक । यस वर्ष तिहारमा सुनचाँदीको कारोबार ८० प्रतिशतले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्ला वर्ष दैनिक ५० देखि ६५ किलोसम्म सुन खपत हुने गरेकमा यसवर्ष २० केजी सुन पनि मुस्किलले कारोबार भएको महासंघले जनाएको छ । यसवर्ष तिहारमा दैनिक औषत ५ सय केजी मात्र चाँदी कारोबार भएको छ । […]

२०७२ कार्तिक २६ गते, बिहीबार

९ ट्यांकर इन्धन भित्रियो

काठमाडौं, २५ कात्तिक । हिजो रुपन्देहीको बेलहिया नाका भएर इन्धन बोकेका ९ गाडी नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार डिजेल बोकेका तीन र पेट्रोल बोकेका दुई वटा ट्यांकर नेपाल भित्रिएको छ । त्यस्तै एलपी ग्यासका चार वटा बुलेट पनि भित्रिएका छन् । मंगलबार राति १० बजेसम्ममा अरु सामान बोकेका ९६ वटा गाडी […]

२०७२ कार्तिक २५ गते, बुधबार

रसुवागढी नाकाबाट ब्यापारिक कारोबार सुरु

काठमाडौं,२४ कात्तिक । आजदेखि रसुवागढी नाकाबाट चीनसँगको ब्यापारिक वस्तुको आयात पनि सुरु भएको छ । भूकम्पपछि बन्द रहेको नाकाबाट पहिलोपटक ब्यापारिक वस्तु आयात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । केही समयदेखि चीनले दिएको पेट्रोल मात्र आइरहेको रसुवागढी नाकाबाट मंगलबार तीन कन्टेनर स्याउ नेपाल भित्रिएको छ । भूकम्पका कारण बाटोमा पहिरो खसेपछि चीनको केरुङबाट रसुवागढी […]

२०७२ कार्तिक २४ गते, मंगलवार

खाने तेलको हाहाकार

काठमाडौं,२३ कात्तिक । बजारमा खाने तेलको अभाव बढ्दै गएको छ । आयात कम हुँदा १५-२० दिनदेखि खानेतेलको अभाव बढ्दै गएको व्यावसायीले बताएका छन् । तिहारको बेला धेरै चाहिने खाने तेल पाउन छोडेको र पाउँदा पनि दोब्बर तेब्बर मूल्य पर्ने उपभोक्ताको गुनासो छ । खाने तेल र दालको मूल्य अहिले आकाशिएको छ भने कालोबजारी पनि बढ्दै […]

२०७२ कार्तिक २३ गते, सोमबार

सुन तोलाको ४९ हजार

काठमाडौं, २२ कात्तिक । नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघले आज सुन तोलामा ४ सय रुपैयाँले घटेर तोलाको ४९ हजार रुपैयाँमा कारोबार भैरहेको जनाएको छ । शुक्रबार तोलामा ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज फेरि घटेको हो । यसअघि गएको हप्ताको पहिलो दिन आइतबार तोलाको ५० हजार ५ सय रुपैयाँ रहेको सुन त्यसयता […]

२०७२ कार्तिक २२ गते, आईतवार

पेट्रोल लिन थप ट्याङकर केरुङ्ग जादै

काठमाडौं, २२ कार्तिक । सनिबार पेट्रोल लिन २३ वटा ट्याङकर केरुङ गएका छन् भने हिजोनै सातवटा ट्याङकर मार्फत ६६ हजार लिटर पेट्रोल काठमाडौं आएको छ । काठमाडौं ल्याइएका सबै पेट्रोल थानकोट डिपोमा संकलन गरिएको छ । आज पनि काठमाडौंबाट पेट्रोल लिन थप ट्याङकर रसुवा जाँदैछन् ।चीनबाट ल्याइएको पेट्रोलबाट हालसम्म १ करोड १५ लाख रुपैयाँ राजश्व […]

२०७२ कार्तिक २२ गते, आईतवार

सिमा नाका पूर्ण रुपमा ठप्प

काठमाडौं, २१ कार्तिक । भारतले सिमा नाका ठप्प परेको छ । भारतले प्रमुख व्यापारिक नाकाहरुबाट मालबाहक सबारी साधन नेपाल पठाउन झन् कडाई गरेको छ । केही नाकाबाट सिमित परिमाणमा मालबाहक गाडी भित्रिएपनि भारतीय डिपोहरुले कम इन्धन दिनुका साथै नाकामै आइसकेका ट्याङ्करहरुलाई पनि सहज प्रवेश नदिंदा पेट्रोलियम पदार्थको आयात ठप्प भएको हो । पूर्वको कांकडभिट्टा–पानीट्याङ्की नाकाबाट […]

२०७२ कार्तिक २१ गते, शनिबार

सुन तोलाको ४९ हजार ४ सय

काठमाडौं, २० कात्तिक । हिजो तोलाको ४९ हजार ५ सय रुपैयाँमा बिक्रि भएको सुन आज तोलामा एक सय रुपैयाँले घटेर ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो हप्ता सुन तोलाको ५१ हजार २ सय रुपैयाँसम्म पुगेको थियो । केही दिन यता सुनको भाउ लगातार घट्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ […]

२०७२ कार्तिक २० गते, शुक्रबार

एक अर्बभन्दा बढी मूल्यका सामान चीनबाट नेपाल भित्रिदैं

काठमाडौ, २० कात्तिक । नेपाल ल्याउनका लागि विभिन्न उपभोग्य चिनियाँ सामान केरुङ आइपुगेको छ । नेपाल–चीन केरुङ व्यापार संघका सचिव मुकुन्द पौडेलका अनुसार मुसा नामक चिनियाँ ट्रान्सपोर्ट कम्पनीले एक अर्बभन्दा बढीको तयारी पोसाक, लसुन, स्याउलगायत सामग्री नेपाल भित्र्याउने प्रक्रिया अगाडि बढाएको छ । नेपालका लागि ल्हासाबाट चिनियाँ भू–भागको ढुवानी गर्ने जिम्मा लिएको सो ट्रान्सपोर्टका कम्पनीका […]

२०७२ कार्तिक २० गते, शुक्रबार