अर्थ

नाकाबन्दी बिरुद्ध चलचित्रकर्मी

काठमाडौँ, ५ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीले देशमा सङ्कट आएकाले समाधानका खोज्न चलचित्रकर्मीले अभियान सुरु गरेका छन् । ‘चलचित्रकर्मी राष्ट्रिय अभियान नेपाल’ नाम दिइएको उक्त अभियानको उद्देश्य देशवासीले भोगिरहेको समस्या समाधानका लागि सम्बन्धित निकायलाई सबै चलचित्रकर्मी मिलेर घच्घच्याउनु रहेको छ । यहाँ आज आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक हरिहर शर्मा र चलचित्र कलाकार सङ्घका […]

२०७२ मंसिर ५ गते, शनिबार

केराको थाम पनि आम्दानीको स्रोत

काठमाडौँ । महोत्तरीका सर्वसाधारणले केराको थाम बेचेरै हजारौँ आम्दानी गरेका छन् । दीपावली पर्वको अवसरमा घरघरमा देवी लक्ष्मीको स्वागतका लागि द्वार बनाउने प्रयोजनमा केराको थाम नै बेचेर जिल्लाका बजारबाट सर्वसाधारणले हजारौँ आम्दानी गरेका हुन् । खासगरी बजार क्षेत्रका व्यापारिक प्रतिष्ठानले आफ्नो पसल अगाडि स्वागतद्वार बनाउने प्रयोजनका लागि केराका थाम प्रयोग गर्ने मिथिलाको परम्परा भएकाले दीपावली […]

२०७२ मंसिर ५ गते, शनिबार

इन्धन अभाबले आन्तरिक उडान प्रभावित

काठमाडौं,४ मंसिर । नेपाल आयल निगमले इन्धन उपलब्ध गराउन नसकेपछि आज आन्तरिक उडान प्रभावित भएको छ । भारतको नाकाबन्दीपछि आयल निगमको आग्रहमा वायु सेवा निगमले भारतबाट हवाई उडानमार्फत तेल ल्याउने गरेको थियो । तर हिजो वायु सेवा निगमले इन्धन आयात गर्न नसकेपछि आन्तरिक उडान प्रभावित भएको हो । नेपाल आयल निगमले नेवानिलाई हवाई इन्धन आपूर्तिका […]

२०७२ मंसिर ४ गते, शुक्रबार

चीनले अनुदानमा दिएको सबै पेट्रोल नेपाल भित्रियो

काठमाडौं, ३ मंसिर । चीनले अनुदानमा दिएको सबै पेट्रोल हिजो सांझ नेपाल भित्रिएको छ । हिजो केरुङ नाका हुंदै ३५ वटा ट्याङकरबाट बांकी रहेको ३ लाख २२ हजार लिटर पेट्रोल नेपाल ल्याइएको हो । उक्त सबै पेट्रोल रसुवागढीबाट बिहीबार काठमाडौं ल्याईंदै छ । भन्सार जाँचपास गरी तिर्नुपर्ने बाँकी ५ लाख ४५ हजार रकम समेत चुक्ता […]

२०७२ मंसिर ३ गते, बिहीबार

आज चौंथौ राष्ट्रिय कर दिवस

काठमाडौं, १ मंसिर । समृद्ध राष्ट्र निर्माण र फराकिलो कराधारः करदाता मैत्री एवं सुदृढ कर प्रणाली पूर्वाधार भन्ने नाराका साथ आज चौंथौ राष्ट्रिय कर दिवस मनाईंदैछ । २०५४ मंसिर १ गते मूल्य अभिवृद्धि कर (भ्याट) लागु भएको दिनको सम्झनामा हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा […]

२०७२ मंसिर १ गते, मंगलवार

१२५ ट्यांकर इन्धन नेपाल प्रवेश

काठमाडौं, ३० कार्तिक । हिजो दिनभरमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट १२५ वटा इन्धन बोकेका सवारी साधन नेपाल प्रवेश गरेको छ । बिराटनगर–जोगबनी नाकाबाट हिजो १८ ट्याङ्कर डिजल, ५ ट्याङकर पेट्रोल, ४ बुलेट ग्यास सहित १४० वटा मालवाहक सवारी साधन भित्रियो । भैरहवा–सुनौली नाकाबाट ३५ ट्याङ्कर डिजल, २ ट्याङकर पेट्रोल, २० बुलेट ग्यास र २९८ वटा […]

२०७२ कार्तिक ३० गते, सोमबार

आजवाट सरकारले दाउरा बिक्री गर्ने

काठमाडौ, २९ कात्तिक । वन मन्त्रालयको निर्णय अनुसार टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन) ले खाना पकाउने विकल्प स्वरुप आजवाट काठमाडौं उपत्यकाका उपभोक्ताहरुलाई ग्याँसको विकल्पमा दाउरा विक्री गर्ने भएको छ । काठमाडौको गौशाला र ललितपुरको बालकुमारीबाट दाउरा बिक्री गर्न लागिएको छ । एक केजीको १५ रुपैयाँका दरले दाउरा विक्री गरिनेछ । एक महिनासम्म पुग्ने अनुमानसहित एकसय […]

२०७२ कार्तिक २९ गते, आईतवार

मोर्चाका कार्यकर्ताले चीनी लुटे

काठमाडौं, २८ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले काठमाण्डौका लागि चीनी लोड गरेर गुडेका ट्रकहरुमा आगजनी र तोडफोड गर्दै लुटेपाट गरेका छन् । हिजो साँझ बाराको प्रसौनी स्थित रिलायन्स सुगर मिलको गोदामबाट चीनी बोकेर आएका ट्रकहरुलाई गण्डक बहुअरी चोकमा रोकेर उनिहरुले लुटेका हुन् । आन्दोलनकारीहरुले ना ४ ख ३५८४ नम्बरको ट्रकमा आगजनी गरेका छन् […]

२०७२ कार्तिक २८ गते, शनिबार

चीनबाट निरन्तर इन्धन ढुवानी हुन्छ :निगम

काठमाडौं, २७ कार्तिक । नेपाल आयल निगमले रसुवागढी नाकाबाट पेट्रोलियम पदार्थ ढुवानी निरन्तर हुने बताएको छ । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले चीन सरकारले अनुदानमा दिएको पेट्रोल ल्याउने कार्य सकिएपछि चीनबाटै व्यापारिक प्रयोजनको पेट्रोलियम पदार्थ ल्याउने कार्यलाई निरन्तरता दिने तयारी गरिएको बताए । साँघुरो सडकका कारण अहिलेसम्म साना टयाङ्करहरुले ढुवानी गरिरहेको बताउँदै निर्देशक खड्काले […]

२०७२ कार्तिक २७ गते, शुक्रबार

सुनचाँदी ब्यापार ८० प्रतिशतले घट्यो

काठमाडौं, २६ कात्तिक । यस वर्ष तिहारमा सुनचाँदीको कारोबार ८० प्रतिशतले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्ला वर्ष दैनिक ५० देखि ६५ किलोसम्म सुन खपत हुने गरेकमा यसवर्ष २० केजी सुन पनि मुस्किलले कारोबार भएको महासंघले जनाएको छ । यसवर्ष तिहारमा दैनिक औषत ५ सय केजी मात्र चाँदी कारोबार भएको छ । […]

२०७२ कार्तिक २६ गते, बिहीबार