अर्थ

निजी कारलाई तत्काल पेट्रोल दिन नसक्ने : आयाल निगम

काठमाडौं, १ पुस । नेपाल आयाल निगमले निजी चार पाङ्ग्रे गाडीलाई तत्काल पेट्रोल वितरण गर्न नसक्ने जनाएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेले पेट्रोलको आयात नबढेकाले तत्काल निजी/कार जीपलाई पेट्रोल वितरण नगर्ने बताए ।उनले पहिलेको तुलनामा पेट्रोलको आयात केहि बढेपनि काठमाडौं भित्रने गरी नबढेकाले तत्काल निजी गाडीलाई पेट्रोल वितरण गर्न नसक्ने बताए । नेपालगञ्ज, विराटनगर […]

२०७२ पुष १ गते, बुधबार

पूर्वी नाकाबाट सहजताका साथ इन्धन भित्रिदैं

काठमाडौं, २९ मंसिर । क्षेत्रीय प्रहरी कार्यालय मोरङका अनुसार पूर्वी नेपालको नाका सहज भएसँगै पेट्रोलियम पदार्थ भित्रिने क्रम बढेको छ । गएराति मात्र पूर्वी नाका झापाको कांकडभिट्टा–पानीट्याङ्की र मोरङको विराटनगर–जोगबनीबाट ठूलो परिमाणमा डिजल–पेट्रोल र मालवाहक गाडी नेपाल भित्रिएका हुन् । यी दुबै नाका भएर हिजो दिनभरमा ३९ ट्याङ्कर डिजल, १४ ट्याङ्कर पेट्रोल, एक ट्याङ्कर हवाई […]

२०७२ मंसिर २९ गते, मंगलवार

अब एसएमएसबाट इन्धन बितरण : निगम

काठमाडौं, २८ मंसिर । नेपाल आयल निगमले आगामी हप्तादेखि एसएमएसबाट इन्धन बिक्रीबारे जानकारी दिने भएको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेले अर्को हप्तादेखि एसएमएस सेवा सुरु गर्न लागिएको बताए । उनका अनुसार अहिले यो एसएमएस सेवाको परीक्षण भइरहेको छ । एसएमएस सेवा लागु भएपछि उपभोक्ताले लाइनमा नबसकिनै तेल पाउने प्रवक्ता घिमिरेले बताए । उपभोक्ताले आफ्नै […]

२०७२ मंसिर २८ गते, सोमबार

सुरुङमार्गका नाममा ब्रम्हलुट

काठमाडौँ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काठमाडौँ–हेटौँडा सुरुङमार्गका नाममा ब्रम्हलुट मच्याइएको भन्दै स्थानीय जनता आक्रोशित बनेका छन् । पूर्वाधार विकास कम्पनीले मकवानपुरे जनतासँग करोडौँ रूपैयाँ उठाएर काम गर्न नसकेको र हिसाबकिताव पनि पारदर्शी नपारेको भन्दै स्थानीय जनता आक्रोशित भएका हुन् । आक्रोशित स्थानीय जनताले सुरुङ मार्गको आश्वासन बोकेर गाउँ छिर्ने सञ्चालकहरूलाई जनस्तरवाटै कारबाही गर्ने […]

२०७२ मंसिर २६ गते, शनिबार

सुन तोलाको ४८ हजार ४ सय

काठमाडौं, २५ मंसिर । आज सुनको भाउ ४ सय रुपैयाँले घटेको छ । बिहीबार तोलाको ४८ हजार ८ सय रुपैयाँ कायम भएको सुनको भाउ घटेर ४८ हजार ४ सय रुपैयाँमा झरेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार भाउ बढेर […]

२०७२ मंसिर २५ गते, शुक्रबार

इन्धन आयात बढ्न थाल्यो : निगम

काठमाडौ, २५ मंसिर । नेपाल आयल निगमले विराटनटर, धनगढी, काँकडभिट्टा र नेपालगञ्जको नाकाबाट इन्धन आयात बढ्न थालेको जनाएको छ । रक्सौल र बेलहिया नाका बाहेक अरु नाकाबाट पहिलोको तुलनामा धेरै इन्धन बोकेका गाडी भित्रन थालेका निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । उनका अनुसार विराटनगर नाकामा केही समस्या छैन । अरु नाका पनि बिस्तारै खुकुलो हुँदै […]

२०७२ मंसिर २५ गते, शुक्रबार

परासीबजार सुचारु

काठमाडौ, २४ मंसिर । नवलपरासीको सदरमुकाम परासी बिहीबारदेखि पूर्णरुपमा खुला भएको छ । संयुक्त मधेसी मोर्चा नवलपरासीले यातायात सञ्चालन गर्न दिएपछि परासी क्षेत्रका सबै व्यवसाय बिहीबारबाट खुला भएका हुन् । तर मोर्चाले लामो दुरीका सवारी साधन सन्चालन र इन्धनको ओसार पसारमा भने रोक लगाइएको जनाएको छ । मधेसी मोर्चाले यसअघि पसल र शैक्षिक क्षेत्र खुला […]

२०७२ मंसिर २४ गते, बिहीबार

चिनसग इन्धन खरिद सम्झौता गरिने

काठमाडौ, २३ मंसिर। चीनले नै इन्धन खरिद सम्झौताका लागि राजनीतिक स्तरमा छलफल गरेर टुंगो लगाउन पटकपटक आग्रह गरेपछि सरकारले एक उपप्रधानमन्त्री चीन पठाउने तयारी गरेको छ । सरकारले चीनको उच्चस्तरको राजनीतिक नेतृत्व तहमा छलफल गरेमा चीनबाट इन्धन ल्याउने विषय टुंगोमा पुग्ने समाचारहरु सार्वजनिक भएपछि सरकारलाई तातो लागेको एक अधिकारीले बताए । चीन सरकारले नेपाललाई कर […]

२०७२ मंसिर २३ गते, बुधबार

भूकम्पपीडितलाई सहयोग गर्नेलाई सम्मान

काठमाडौ, २२ मंसिर । विनाशकारी भूकम्पमा परेकालाई उद्धार, स्वास्थ्योपचार र राहत वितरण सहयोग गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका गैरसरकारी सङ्घसंस्था, सञ्चारमाध्यम, स्वास्थ्यकर्मी र व्यक्ति विशेष गरी दुई दर्जनलाई एक समारोहबीच सम्मान गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिअन्तर्गतको स्वास्थ्य तथा पोषण कलस्टरअन्तर्गत सञ्चालित पीडितको उद्धार, स्वास्थ्योपचार तथा राहत कार्यमा संलग्न सङ्घसंस्था तथा व्यक्ति विशेषलाई सांसद […]

२०७२ मंसिर २२ गते, मंगलवार

चिनियाँ पेट्रोल प्रतिलिटर १८० रुपैयाँ पर्ने

काठमाडौं, २१ मंसिर । चाइना नेसनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो चाइना)ले नेपाल आयल निगमलाई उपलब्ध गराएको मूल्य सूचीअनुसार राजधानी आइपुग्दा करसहित पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पर्छ । त्यसैगरी डिजेल १५५ रुपैयाँ प्रतिलिटर पर्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार पेट्रो चाइनाले ल्हासामा आफूले बिक्री गर्ने करसहितको मूल्यसूची निगमलाई पठाएको हो । कर बाहेक केरुङमा […]

२०७२ मंसिर २१ गते, सोमबार