अर्थ

मोर्चा कार्यकर्ताद्वारा भारतीय गाडीमा आगजनी

काठमाडौं , ९ पुस । मधेशी मोर्चाका कार्यकर्ताले गएराति रौतहटमा भारतीय गाडीमा आगजनी गरेका छन्। मोर्चाका कार्यकर्ताले गएराति रौतहटको नेपाल भारत सीमासँगै जोडिएको सरमझुवाको बंकुल बजार नजिक बिआर ०१ पीए ६७९८ नम्बरको भारतीय बोलेरो जिपमा आगजनी गरेका हुन्। जिपमा राखेर नेपाली बजारमा ल्याउँदै गरेको ५ सय लिटर डिजलसमेत मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर आगजानी गरेका छन्। […]

२०७२ पुष ९ गते, बिहीबार

सुन तोलाको ४८ हजार तीन रुपैयाँ

काठमाडौं , ८ पुस । नेपाल सुनचाँदी व्यावसायी महासंघले सुनको भाउ बुधबार घटेको बताएको छ । आज सुन तोलाको ४८ हजार तीन रुपैयाँमा कारोबार भइरहेको छ । यो मंगलबारको तुलनामा तोलमा दुई सय रुपैयाँले बढी हो । मंगलबार तोलको ४८ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेको छ […]

२०७२ पुष ८ गते, बुधबार

रसुवागढी भन्सारमा दैनिक दुई करोड रुपैंया राजश्व असुली

काठमाडौं , ९ पुस । रसुवागढी भन्सार कार्यालयले केहि दिन यता दैनिक करिब दुई करोड रुपैंयां राजश्व असुली गर्न सफल भएको छ । यस आर्थिक वर्ष ०७२/०७३ को पहिलो चौमासिकमा नौ करोड ६९ लाख ८९ हजार मात्र राजस्व संकलन गरेको कार्यालयले केरुङ नाका बाट निकासी, पैठारी बढे संगै राजश्व दैनिक दुई करोडसम्म जम्मा गर्न सफल […]

२०७२ पुष ९ गते, बिहीबार

बिश्व बजारमा कच्चा तेलको मुल्य ह्वात्तै घट्यो

काठमाडौं, ७ पुस । बिश्व बजारमा कच्चा तेलको मुल्यमा भारी गिरावट आएको छ । सन् २००४ पछि कच्चा तेलमा आएको यो पहिलो गिरावट हो । हाल तेलको मुल्य प्रति ब्यारेल ३६ दशमलव ०५ अमेरिकी डलर कायम गरिएको छ । जबकी गत जुन जुलाईमा प्रति ब्यारेल ३६ दशमलव ५६ अमेरिकी डलर कायम गरिएको थियो । गत […]

२०७२ पुष ७ गते, मंगलवार

मौसमका कारण उडान प्रभावित

काठमाडौं, ६ पुस । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडानहरु बाक्लो कुहिरो र मौसम धुम्मिएकाले प्रभावित भएका छन् । ‘विहान ६ बजेसम्म भिजिबिलिटी ५ सय मिटर पनि थिएन । विहान १०-११ नबजेसम्म उडान हुन नसक्ने देखिएको छ,’ मौसमविद मिनकुमार अर्यालले बताए । अर्यालका अनुसार हिउँदे झरी विगतका वर्षहरुको तुलनामा ढिला भएकाले पनि चिसो बढेको छ । […]

२०७२ पुष ६ गते, सोमबार

जाइका अध्यक्ष कितोका तीनदिने भ्रमणमा नेपाल आउँदै

काठमाडौ, ५ पुस । जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष सिनिची कितोका तीनदिने भ्रमणमा आज आइतबार काठमाडौ आउँदैछन् । काठमाडौस्थित जापानी दूतावासका अनुसार भूकम्प प्रभावित क्षेत्रको अवलोकन, पुर्ननिर्माणमा भइरहेको प्रगति तथा जापान र नेपालबीचको समग्र सहकार्य रणनीतिबारे छलफल गर्ने उद्देश्यले जाइका अध्यक्ष नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री […]

२०७२ पुष ५ गते, आईतवार

बराहा ज्वलेरीको ज्यादति बढ्दै

काठमाडौँ । नेपाललगायत विदेशमा समेत नाम कमाएको पुरानो गहना पसल बराहा ज्वलेरीले पछिल्लो समयमा बद्मासी गरेको भन्दै ग्राहकहरुले गुनासो गर्न थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा र उपत्यका बाहिर प्रायः सबै प्रमुख सहरहरुमा शाखा रहेको साथै हङकङ, बेलायतलगायतका देशहरुमा समेत शाखामार्फत् कारोबार गर्दै आइरहेको बराहा ज्वलेरीले ग्राहकको मन जित्नुभन्दा ग्राहकहरुलाई चिड्याउने काम गरेको ग्राहकहरुको […]

२०७२ पुष ४ गते, शनिबार

‘फ्रि भिसा र फ्रि टिकट’ लागु हुन्छ : ओली

काठमाडौ, ४ पुस । प्रधानमन्त्री केपी ओलीले विदेशमा नेपाली कामदार ‘फ्रि भिसा र फ्रि टिकट’ मा पठाउने सरकारी निर्णय पूर्ण कार्यान्वयन गर्न सरकार दृढ रहेको बताएका छन् । ‘अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस’ का अवसरमा शुक्रबार शुभकामना मन्तव्य दिँदै श्रम तथा रोजगारमन्त्रीसमेत रहेका ओलीले यस्तो दृढता व्यक्त गरेका हुन् । डिसेम्बर १८ मा मनाइने ‘अन्तर्राष्ट्रिय आप्रवासी […]

२०७२ पुष ४ गते, शनिबार

शनिबारदेखि दैनिक १० घण्टा लोडसेडिङ

काठमाडौं, २ पुस । नेपाल विद्युत् प्राधिकरणले आगामी शनिबारदेखि लोडसेडिङको समय बढाएर दैनिक १० घन्टा पुर्याउने भएको छ । प्राधिकरणले नदीमा जलस्तर घट्दै गएर विद्युत उत्पादनमा कमी आएको भन्दै लोडसेडिङ बढाउन परेको बताएकोछ । हाल साढे ८ घन्टा लोडसेडिङ हुँदै आएकोमा शनिबारदेखि दैनिक १० घन्टा विद्युत् कटौती हुनेछ । नदीहरुमा जलस्तर घट्दै गएको र भूकम्पले […]

२०७२ पुष २ गते, बिहीबार

मूल्यवृद्धि १२ प्रतिशत नजिक : राष्ट्र बैंक

काठमाडौँ । तराई¬ मधेसमा भइरहेको लगातारको बन्द हडताल तथा अघोषित नाकाबन्दीले आपूर्ति प्रणालीमा अवरोधका कारण काठमाडौँमा सबैभन्दा बढी मूल्यवृद्धि भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिका बारेमा चालु आव २०७२÷७३ को चार महिनाको तथ्याङ्कका आधारमा सबैभन्दा बढी काठमाडौँमा ११.८ प्रतिशतले मूल्यवृद्धि भएको छ । उक्त तथ्याङ्कका आधारमा पहाडमा ११.४ […]

२०७२ पुष २ गते, बिहीबार