कला तथा साहित्य

जनपत्रिका मासिकको फागुन अङ्क प्रकाशित

काठमाडौँ । हरेक महिना १५ गते प्रकाशित हुँदै आएको जनपत्रिका मासिकको फागुन अङ्क प्रकाशित भएको छ । यस अङ्कमा आवरण कथा युरेनियम धातु र नेपालमा युरेनियमकाे अनुसन्धानमूलक समाचार विश्लेषण रहेको छ । हरेक राजनीतिज्ञ, देशभक्त र सरकारका जिम्मेवार निकायको लागि याे अङ्क पठनिय हुनेछ । फागुन अङ्ककाे विशेष लेख आठौं महाधिवेशनको ७ औं पूर्ण बैठकमा […]

२०८० चैत्र १५ गते, बिहीबार

विश्व रंगमञ्च दिवस मनाइदैं

काठमाडौँ । आज ६३ औं विश्व रंगमञ्च दिवस हो। रंगकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन्। कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रंगमञ्चको विशेषता हो। पछिल्लो समयमा नेपालमा पनि रंगकर्मी र रंगमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ।रंगकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन्। यद्यपि, रंगमञ्च भने […]

२०८० चैत्र १४ गते, बुधबार

बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी सुरु हुँदै

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आजदेखि बागमती प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुने भएको छ । प्रतिष्ठानको कार्यालय नक्सालमा हुने प्रदर्शनीमा २३० कलाकारका २५० भन्दा बढी कलाकृति समावेश हुने प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार थुम्केलीले जानकारी दिए। उनका अनुसार प्रादेशिक ललितकला प्रदर्शनी-२०८०’बाट छानिएका कलाकृतिलाई समेटेर आगामी जेठ १५ देखि ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ आयोजना गरिँदैछ ।यसअघि काठमाडौंमा […]

२०८० चैत्र १२ गते, सोमबार

अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव चैत्र १६ गतेदेखि

काठमाडौँ । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव चैत्र १६ देखि १८ गतेसम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने भएको छ। उक्त महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ। महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त […]

२०८० चैत्र ७ गते, बुधबार

सहिद स्मृतिग्रन्थ ‘राष्ट्र‌का लागि बलिदान’ प्रकाशित

काठमाडौँ । एकीकृत जनक्रान्ति कार्यदिशा लागू गर्ने क्रममा जीवन बलिदान गरेका १५ जना सहिदहरुको व्यक्तित्व र कृतित्व झल्कने कृति ‘राष्ट्र‌का लागि बलिदान’ प्रकाशित भएको छ । जसमा नेकपाका महासचिव विप्लव सीको शुभकामना मन्तव्य र प्रवक्ता प्रकाण्ड सीको लेख रहेको छ भने कृतिको सम्पादन तथा संयोजन अनिल सीले गरेका छन् ।सहिदहरु वीरजङ्‌ग, कुमार पौडेल, गोकुल राना […]

२०८० चैत्र ३ गते, शनिबार

‘भागु’ लाई एक लाख रुपैयाँ नगद पुरस्कार

काठमाडौँ । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे । नाटक मेलाकाे समापन समाराेहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चाैधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई […]

२०८० चैत्र ३ गते, शनिबार

शाेभा दुलाललाई पारिजात सृजनशील पुरस्कार

काठमाडौँ । अखिल नेपाल लेखक संघकी अध्यक्ष तथा कवि लेखक शाेभा दुलाललाई यो वर्षको पारिजात सृजनशील पुरस्कार प्रदान गरिने भएको छ । पारिजात स्मृति केन्द्रका महासचिव दिलकुमार श्रेष्ठले फागुन ३० गते विज्ञप्ति जारी गर्दै साे घाेषणा गरेका हुन् । केन्द्रले यो वर्षका अन्य पुरस्कार तथा सम्मान पनि घाेषणा गरेको छ ।

२०८० चैत्र २ गते, शुक्रबार

सी सपना त्रैमासिक पत्रिकाको विमोचन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिलसीले बुधबार घोराहीको निमाहलस्थित सर्वोदय पुस्तकालयमा एक कार्यक्रमका बीच ‘सी सपना’ त्रैमासिक पत्रिकाको विमोचन गरेका छन । नवीन विचार , राजनीति , उत्पादन , संस्कृति , साहित्य , शिक्षा , स्वास्थ्य र प्रविधिय विमर्शको नविनतम नारासहित प्रकाशित गरिएको सी सपना त्रैमासिक पत्रिकाको संरक्षण […]

२०८० चैत्र १ गते, बिहीबार

‘काँडेतार’ निर्माताद्वारा चलचित्र संघ र चलचित्र निर्माता संघमा उजुरी

काठमाडौँ । ‘काँडेतार’ फिल्मका निर्देशक तथा निर्माता नवल खड्काले राम्रो अकुपेन्सी हुँदाहुँदै फिल्मलाई किनारा लगाउने रणनीति प्रदर्शकले लिएको भन्दै चलचित्र संघ र चलचित्र निर्माता संघमा उजुरी दिएका छन् । खड्काले चलचित्र संघ र चलचित्र निर्माताको वार्ता कार्यदललाई सम्बोधन गर्दै बुझाइएको पत्रमा दुई संस्थाबीच प्रदर्शन र निर्माणलाई लिएर विगतमा भएका सहमतिबारे प्रश्न उठाइएको छ । खड्काले […]

२०८० फाल्गुन २७ गते, आईतवार

आशा कोईरालाको ‘अमरगाथा’ सार्वजनिक

काठमाडौँ । पूर्वमन्त्री एवं जनयुद्ध अध्ययन प्रतिष्ठानका अध्यक्ष आशा कोईरालाद्वारा लिखित ‘अमरगाथा’ सार्वजनिक भएको छ। जनयुद्धका सहिद तथा बेपत्ता नागरिकहरूको जीवनीमा आधारित उक्त ‘अमरगाथा’ को विमोचन नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले गरेका हुन् ।कोईरालाद्वारा लिखित ‘अमरगाथा’ पुस्तकमा १० बर्षे जनयुद्धका क्रममा तत्कालीन राज्यपक्षबाट मारिएका ६५ जना सहिद तथा बेपत्ता पारिएका १५ जना नागरिकको जीवनी […]

२०८० फाल्गुन २० गते, आईतवार