प्रवास

बेइजिङमा राष्ट्रिय दिवस

काठमाडौ, ५ असोज । बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा मङ्गलबार नेपालको राष्ट्रिय दिवस मनाइयो । कार्यक्रमको उद्घाटन कार्यवाहक राजदूत हरिशचन्द्र घिमिरेले दीप प्रज्वलन गरी गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका सहायक मन्त्री कोङ सुआनयुनको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि, चीनका लागि नेपालका पूर्व राजदूत, सार्क राष्ट्रका प्रतिनिधि, आसियान तथा राष्ट्र सङ्घका […]

२०७३ आश्विन ५ गते, बुधबार

गल्कोट समाज जापानद्वारा भूकम्प प्रभावित क्षेत्रमा पक्की बिधालय भबन गराउने निर्णय

काठमाडौँ, २ असोज । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान गराउन सफल जापानमा बिभिन्न पेसा ब्यबसाय अध्ययन तथा रोजगार गरिरहेका गल्कोटेहरुको साझा सस्था गल्कोट समाज जापानले आगामी अग्रेजी नयाँ बर्षमा बृहत सांगीतिक धमाका गर्ने निर्णय गरेको छ । भूकम्प प्रभावित क्षेत्र तथा पिछडिएको क्षेत्रको पहिचान गरि उच्च आबस्यकता भएको स्थानमा ७ कोठे पक्कि बिधालय भबन निर्माण […]

२०७३ आश्विन २ गते, आईतवार

भारतद्वारा संविधान स्वागत गर्न अस्वीकार

काठमाडौ, १ असोज । भारतले ‘समावेशी संवादमार्फत असन्तुष्ट पक्षका माग सम्बोधन गरेर मात्र नयाँ संविधान कार्यान्वयनमा ल्याउन नेपाललाई दबाब दिएको छ । संविधानलाई स्वागत र समर्थन गर्न नेपालले गरेको आग्रह उसले पुनः अस्वीकार गरेको छ । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संविधानमा असन्तुष्ट सबै पक्षका आकांक्षा […]

२०७३ आश्विन १ गते, शनिबार

नेपालको विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवतरण

काठमाडौं, २७ भदौ । नेपाल एअरलाइन्सको आरए –२१८ विमान भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । आइतबार राति दिल्लीबाट काठमाडौंका लागि उडेको विमान करिब २५ मिनेटपछि दिल्लीमै आपतकालिन अवतरण गराइएको हो । आरए –२१८ विमानमा प्राविधिक समस्या देखिएपछि दिल्ली फर्काइएको स्रोतले जनाएको छ । विमानमा १ सय ६० जना सवार […]

२०७३ भाद्र २७ गते, सोमबार

जनता भिखारी होइनन – शोभा गजुरेल

प्रचण्डले मर्नेको घरमा र जन्मने को घरमा २० किलो चामल दिने भए रे नि ? मलाई यौटा साथीले प्रस्न गर्नु भयो , मैले उत्तर के दिउ भनेर सोच्दै थिए । फेरि उहाले नै जवाफ लेख्नु भयो , प्रचण्ड गिरे भन्ने त लागेको थियो तर यति गिरि सकेछन यो चाही आज थाहा पाए । उहाको यो […]

२०७३ भाद्र २५ गते, शनिबार

नेपाल भारत गृहसचिव स्तरीय बैठक शुरु

काठमाडौ, २३ भदौ । नेपाल भारत गृहसचिव स्तरीय बैठक आजदेखि शुरु हुँदैछ । बैठकमा सहभागी हुन गृह सचिव नेतृत्वको टोली हिजो नै दिल्ली पुगिसकेको छ । बैठकमा खुला सिमाका कारण दुवै मुलुकमा हुने र भइरहेका अपराध नियन्त्रणका बारेमा विशेष छलफल हुने तयारी रहेको जनाइएको छ । त्यस्तै लागूऔषध ओसारपसार, भारतीय जाली नोटको कारोबारलगायतका विषयमा पनि […]

२०७३ भाद्र २३ गते, बिहीबार

सिमलाको बाढीमा ६ नेपालीको मृत्यु

काठमाडौँ, १५ भदौ । भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ । भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उहाँकी श्रीमती देउकली पुनमगर, ११ वर्षका छोरा परसु पुनमगर, ६ वर्षका छोरा सुरज पुनमगर, सात वर्षकी छोरी सुनिता […]

२०७३ भाद्र १५ गते, बुधबार

संगठित वेश्यालयमा छापा, नेपाली पनि पक्राउ

काठमाडौ, १४ भदौ । भारतको नयाँ दिल्लीमा एउटा संगठित वेश्यालयमा प्रहरीले छापा मारेर ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली पनि रहेको प्रहरीले जनाएको छ । जीबी रोडस्थित अड्डामा छापा मारेर प्रहरीले वेश्यालयका संचालक आफाक हुसेन र उनकी पत्नी सायरा बानोलाई पक्राउ गरेको हो । उनीहरुले सो क्षेत्रमा ६ वटा त्यस्ता वेश्यालय संचालन […]

२०७३ भाद्र १४ गते, मंगलवार

श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनभिज्ञ

काठमाडौं, १२ भदौ । लागूपदार्थ कारोबार अभियोगमा वर्षैंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ । पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तमाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहका छन् । श्रीलंकाली लागूऔषध व्यरोले ७९।८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ मा पक्राउ परेका […]

२०७३ भाद्र १२ गते, आईतवार

नेपालीविरुद्ध भारतीय अदालतमा मुद्दा

काठमाडौं, ९ भदौ । विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको छ । मुद्दा चलाइएको थाहा पाएपछि सुस्ताबासी त्रसित भएका छन् । नेपालीहरूलाई डर, त्रास देखाइराख्न उनीहरूले मुद्दा चलाएको आरोप सुस्ताबासीको छ । सुस्ताको जनता दलित प्रावि पछाडि घर भएका २७ वर्षीय प्रभु […]

२०७३ भाद्र ९ गते, बिहीबार