विद्युत् प्राधिकरणले तीन उद्योगको लाइन काट्यो

२०८१ असार २७ गते, बुधबार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको छ । र प्राधिकरणले मंगलबार राति ९ बजे ती उद्योगको लाइन काटेको हो ।
प्राधिकरणका अनुसार रिलायन्सले ७५ करोड ३७ लाख, अर्घाखाँचीले ४४ करोड ८६ लाख र घोराही सिमेन्ट उद्योगले ५१ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । ती उद्योगहरुले २०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरण सञ्चालक समितिको यही असार ४ गतेको ९७३ औं बैठकले २०७२ माघदेखि २०७५ वैशाख महिनासम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत शक्ति प्रयोग गरेको थप महशुल २५ प्रतिशत थप दस्तुरसहित बक्यौता तिर्न उद्योगहरुलाई १५ दिनको म्याद दिएको थियो । मंगलबार १५ दिनको म्याद गुजारेको भन्दै विद्युत प्राधिकरणले लाइन काट्न सुरु गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से २.५२ प्रतिशतले बढ्यो

२०८१ श्रावण ३ गते, बिहीबार

बजेट कार्यान्वयन मार्गदर्शन जारी

२०८१ श्रावण ३ गते, बिहीबार