दर्शनको विकास  इतिहास

२०८१ असार २५ गते, सोमबार
हस्तबहादुर के.सी

पृष्ठभूमि

दर्शनको उत्पतिको इतिहासको अध्ययनबाट के पाइएको छ भने उत्पादनको निम्ति संघर्ष, वैज्ञानिक प्रयोग र वर्गसंघर्षका बीचबाट दर्शनको जन्म भएको थियो र दासस्वामी समाजको विकास प्रक्रियाका बीचबाट प्राचीन युनान, भारत र चीनमा दर्शन विकसित हुँदै आएको पाइन्छ ।

अर्को कुरा विश्व अर्थात् प्रकृति र समाजको जन्म कसरी भयो ? यी आफै जन्मिए कि यिनलाई जन्माउने कुनै ईश्वर वा अलौकिक शक्ति छ ?

प्रकृति र समाजको उत्पत्ति र विकास कसरी भयो ? के प्रकृति र समाजमा कुनै व्यवस्था र नियम संगति छ ? मानव जीवनका उद्देश्य, आदर्श, कर्तव्य र मूल्य के हुन् ? के मान्छेले प्रकृति र समाजबारे सत्यपूर्ण ज्ञान प्राप्त गर्नसक्रछ ? के मानिस आफ्नो ज्ञान र व्यवहारिक क्रियाशीलताका आधारमा प्रकृति र समाजलाई बदल्न समर्थ छ ? यी र यस्तै अनेकौं प्रश्नहरुको सही जवाफ खोज्ने मान्छेको जिज्ञासावृत्तिको उपज र अभिव्यक्ति नै दर्शन हो भन्ने कुरा प्रष्ट भएको पाइन्छ ।

हामीले के पाउँछौं भने दर्शन शब्दको पहिलो प्रयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन् । उनले दर्शनलाई बुझाउने फिलोसोफी ९एजष्यिकयउजथ० शब्दको प्रयोग गरे फिलोस (प्रेम) र सोफिया (विवेक) जस्ता शब्दको मिलनबाट फिलोसोफी बन्यो, जसको अर्थ विवेक प्रेम वा विद्यानुराग हुन्छ । दर्शन शब्द संस्कृत भाषाको “दृश्” धातुबाट बनेको छ । दृश्को अर्थ हेर्नु, जाँच्नु र बुझ्नु हुन्छ । प्राचीन तथा मध्यकाल हुँदै आधुनिक कालसम्म आउँदा दर्शन निकै विकसित एवं परिमार्जित बन्न पुगेको छ । यद्यपि पहिले दर्शन धेरै व्यापक अर्थमा प्रयोग गरिन्थ्यो र यस अन्तर्गत ज्ञान–विज्ञानका प्रायशः सबै शाखा पर्ने गर्दथे । तर दर्शनको अन्तर्वस्तुको मूल आधार सत्यको खोज रही आएको छ । महान् दार्शनिक हेगेलका दृष्टिमा दर्शनको विषय सत्यको संज्ञान हो । माक्र्सले दर्शनलाई आफ्नो समयको विश्वको बौद्धिक सारतत्व बताउनुभएको छ । यहाँ विश्व भनेको प्रकृति र समाज हो । मान्छेले समसामयिक विश्वसगँ अन्तरक्रिया गर्दछ र यसैक्रममा विश्वको बौद्धिक सारतत्वका रुपमा दर्शनको प्रादुर्भाव हुन्छ भन्ने हो । साथै एंगेल्सले दर्शनलाई विश्वदृष्टिकोण भन्नुभएको छ ।

खासमा दर्शन सामाजिक चेतनाको एउटा विशिष्ट रुप हो । वर्गीय समाजमा सामाजिक चेतनाको रुप पनि वर्गीय हुन्छ । ठीक त्यसैगरी दर्शनको स्वरुप पनि वर्गीय हुन्छ । वर्गीय समाजमा हरेक वर्गले आ–आफ्नो विचार, उद्देश्य, मत, संकल्प, भावना एवम् क्रियाकलापको औचित्य पुष्टि गर्न जरुरी हुन्छ र दर्शनले ठीक यसै औचित्य पुष्टिको काम गर्दछ । अतः हरेक दार्शनिक प्रणालीभित्र मूलतः तीन तत्वको समग्रताको नाम नै दर्शन अर्थात् विश्वदृष्टिकोण हो ।

दर्शन के हो ? यसलाई कसरी बुझ्ने र परिभाषित गर्ने ?

दर्शनको विषयवस्तु अर्थ र महत्व के हो ? दर्शनमा के कस्ता प्रवृत्तिहरु छन् र तिनका बीच कसरी संघर्ष चल्दै आएको छ ? यी प्रश्नहरुबारे आवश्यक जानकारी प्राप्त गर्नका लागि मुख्यतः दर्शनशास्त्रको मौलिक प्रश्नबारे अध्ययन गर्न जरुरी हुन्छ ।

दर्शनशास्त्रको मौलिक प्रश्न दर्शनशास्त्रको मौलिक प्रश्नबारे एंगेल्स भन्नुहुन्छ– “समग्र दर्शनको र विशेषतः नयाँ दर्शनको महान् मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो ।” एंगेल्सले भन्नुभए झैं चिन्तन र सत्ताको सम्बन्धको प्रश्न दर्शनशास्त्रको मौलिक प्रश्न हो । यहाँ चिन्तन र सत्ता जस्ता दुई महत्वपूर्ण शब्दहरुको उल्लेख गरिएको छ । यहाँ प्रयोग गरिएको चिन्तन अन्तर्गत् समवेदना, अनुभव, इच्छा, संकल्प, भावना, विचार, अवधारणा, सिद्धान्त, दृष्टिकोण जस्ता चेतनाका विविध रुपहरु पर्दछन् । यहाँ सत्ता भनेको अस्तित्व हो, विश्व हो । यस अन्तर्गत प्रकृति र समाज पर्दछन् । अतः चिन्तन र सत्ताको सम्बन्धको प्रश्न विश्वदृष्टिकोणको प्रश्न बन्न पुग्दछ र यही नै दर्शनशास्त्रको मौलिक प्रश्न हो भन्ने कुरा बुझ्न जरुरी छ ।

मुख्यगरी दर्शनशास्त्रको मौलिक प्रश्नका दुई महत्वपूर्ण पहलहरु छन् ।  पहिलो    पहलु       अन्तर्गत चिन्तन र              सत्ताबीच                प्राथमिकता         क्रम निर्धारण गर्ने कुरा आउछँ          । दोस्रो पहलु अन्तर्गत चिन्तन र सत्ताबीचको आपसी अन्तरक्रिया उद्घाटित गर्ने कुरा पर्दछ । मौलिक प्रश्नको पहिलो पहलुको उल्लेख गर्ने सन्दर्भमा मूलतः तीन प्रवृति पाइन्छन् । आदर्शवाद, भौतिकवाद र बीचका धारा । बीचक धारा अन्तर्गत द्वैतवाद, तटस्थतावादवा समन्वयवाद आउछँन् । साथै दर्शनशास्त्रको मौलिक प्रश्नको दोस्रो पहलुको चर्चा गर्दा के पाइन्छ   भने         चिन्तन र              सत्ताको तादात्म्यताको     यस प्रश्नमा जसले सकारात्मक उत्तर दिने गर्दछन् ती भौतिकवाद र नकारात्मक उत्तर दिनेहरु अज्ञेयवादको श्रेणीमा पर्दछन् । चिन्तन र सत्ताको तादात्म्यतासगँ सम्बन्धित प्रश्न विश्व, त्यसको सारतत्व र त्यसका नियमहरुलाई बुझ्ने र तदनुसार विश्वलाई बदल्ने विषयसगँ        सम्बन्धित प्रश्न हो । यो प्रश्नको

जवाफ दिनेमा भौतिकवाद, आदर्शवाद र विभिन्न बीचका धाराहरुका आ–आफ्नै मान्यता रहेका छन् ।

दार्शनिक सिद्धान्त

(क) आदर्शवाद र (ख) भौतिकवाद

(क) यहाँ आदर्शवादको चर्चा गरौं । आदर्शवाद एक यस्तो दार्शनिक सिद्धान्त हो जसले चेतना, आत्मा, संकल्प, विचार वा ईश्वरलाई प्राथमिक मान्दै त्यसैबाट विश्व, पदार्थ वा प्रकृतिको जन्म भएको हो भन्ने कुरा स्वीकार गर्छ । विचार, आत्मा वा आदर्श ९क्ष्मभब०ि जस्तो अभौतिक तत्वलाई प्राथमिक मानेकोले त्यस सिद्धान्तको नाम आदर्शवाद ९क्ष्मभबष्किm० रहन गएको हो । आदर्शवादका पनि दुई हाँगा छन्– वस्तुनिष्ठ आदर्श र व्यक्तिनिष्ठ आदर्श । मानिसको आत्मा वा चेतनाभन्दा बाहिको कुनै सामान्य आत्मा, चेतना वा ईश्वरको अस्तित्वलाई प्राथमिक मान्नु वस्तुनिष्ठ आदर्शवाद ९इदवभअतष्खभ क्ष्मभबष्किm० हो । जस्तैः प्लेटोको परमतत्व वा आकृति ९ँयचm० अद्वैत वेदान्तको परब्रम्ह, हेगेलको निरपेक्ष विचार आदि । जुन दर्शनमा व्यक्तिगत आत्मा, मन, समवेदना, संकल्प, अनुभव, विचार आदिलाई प्राथमिकता दिइन्छ त्यसको नाम व्यक्तिनिष्ठ आदर्शवाद ९क्गदवभअतष्खभ क्ष्मभबष्किm० हो जस्तैः बर्कलेको निजी विचार, फिस्टेको अहम्, नित्सेको संकल्प, माखको समवेदना आदि ।

(ख) अब भौतिकवादको चर्चा गरौं । आदर्शवादको उल्टो सिद्धान्तमा ईश्वर वा कुनैपनि सृिष्टकर्ताको निषेध गर्दै सत्ता अर्थात् विश्व अर्थात् प्रकृति, पदार्थ वा वस्तुगत संसारलाई प्राथमिक दर्जामा राख्ने र त्यसैबाट चिन्तनको जन्म हुने कुरा स्वीकार गरिन्छ । त्यसको नाम भौतिकवाद हो । पदार्थ ९ःबततभच० लाई प्राथमिक दर्जामा राखेकोले यसको नाम भौतिकवाद ९ःबतभचष्बष्किm० रहन गएको हो । जस्तैः पृथ्वी, जल, तेज, वायु, आकाशलाई प्राथमिकता दिने चार्वाक, प्रकृतिलाई प्राथमिकता दिने प्रारम्भिक कालको साङ्ख्य दर्शन, आगोलाई प्राथमिकता दिने हेरेक्लाइटस, परमाणुलाई प्राथमिकता दिने डेमोक्राइटस, ताओ अर्थात् प्रकृतिलाई प्राथमिकता दिने लाओ त्से र पदार्थलाई प्राथमिकता दिने बेकन, फायरवाख, माक्र्स, आदि ।

वास्तवमा विश्वलाई ज्ञेय अर्थात् बोधगम्य मान्ने चिन्तनको सम्बन्ध भौतिकवाद र अज्ञेयवादको सम्बन्ध आदर्शवादसँग रहेको छ । यद्यपि हेगेल जस्ता आदर्शवादीहरुले विश्वलाई ज्ञेय अर्थात् बोधगम्य मानेर भौतिकवादको नजिक पुग्दछन् । तर तमाम् प्रकारका शंकावादी र अज्ञेयवादीहरु विश्वलाई अज्ञेय मान्दछन् । ह्युम र काण्टले विश्वलाई अज्ञेय मान्दछन् । भौतिकवादी र विशेषतः माक्र्सद्वारा विश्वलाई बोधगम्य मानिएको छ । संसारलाई ज्ञेय र अज्ञेय मान्ने चिन्तन ज्ञान सिद्धान्तसगँ दर्शनशास्त्रको पद्धति सम्बन्धित रहेको छ ।

(क) द्वन्द्ववाद  (ख) अधिभूतवाद

यहाँनेर के कुरा बुभ्mन जरुरी छ भने विश्वको विकास प्रक्रिया र त्यसका नियमहरुको अध्ययन गर्ने चिन्तनप्रणालीलाई दर्शनशास्त्रको पद्दति भनिन्छ । यो ज्ञानसिद्धान्तको प्रश्नसँग अभिन्न रुपले जोडिएको छ । दर्शनशास्त्रको इतिहासमा विश्वदृष्टिकोणका दुई आधारभूत पद्दति रहिआएका छन् ती हुन् (१) द्वन्द्ववाद र (२) अधिभूतवाद ।

द्वन्द्ववाद प्राचीन युनानी दिएलेगो ९म्ष्बयिनय० पदावलीबाट विकसित भएको हो । यसको अर्थ हो बहसको कला । त्यस्तै अधिभूतवाद पनि प्राचीन युनानी मेटा–फिजिका ९ःभतब(उजथकष्अब० पदावलीबाट विकसित भएको हो । यसले भौतिकविज्ञान भन्दा पर भन्ने अर्थ बुझाउँछ । दर्शनशास्त्रको विकासको इतिहासमा यी शब्द परिमार्जित बन्दै आएका छन्

र              आज       यिनले    निश्चित अर्थ        बहन       गर्दछन् । सामान्यतः        हामीले द्वन्द्ववादलाई गति तथा परिवर्तन र अधिभूतवादलाई स्थिरताको संवाहक पदावलीका अर्थमा बुभ्mन            सक्छौं ।

यहाँनेर संक्षिप्तमा भन्नुपर्दा अधिभूतवाद र द्वन्द्ववादले विश्वबारे पूरै विपरीत तस्विर पेश गर्दछन् । अधिभूतवादले हरेक वस्तु र प्रक्रियालाई स्थिरता, अलगाउ, एकपक्षीयता र परिवर्तनहीनताको अवस्थामा देख्तछ । यसको ठीक उल्टो द्वन्द्ववादले हरेक वस्तु, प्रक्रिया र विश्वलाई गति, पारस्परिक अन्तःसम्बन्ध, बहुविधता र परिवर्तनको अवस्थामा हेर्दछ । अतः अधिभूतवादले विश्वको गलत तस्विर पेश गर्दछ भने यसको ठीक उल्टो द्वन्द्ववादले विश्वको सही तस्विर पेश गर्ने काम गर्दछ ।

दर्शनशास्त्रको विषयवस्तु

यहाँ दर्शनशास्त्रको विषयवस्तुअन्तर्गत दर्शनको विशिष्ट स्वत्व र परिधिको निर्धारण गरिन्छ । लामो ऐतिहासिक विकास प्रक्रियमा दर्शनको विषयवस्तु धेरै परिमार्जित बन्दै आएको छ र आज यसको विशिष्टिकरण हुन गएको छ ।

दर्शन भनेको विश्वको विश्वदृष्टिकोण हो । दर्शनको विषयवस्तु पनि यसै विश्वदृष्टिकोणको अध्ययनमा आधारित रहेको छ । दर्शनको मूल विषयवस्तु दर्शनको मौलिक प्रश्न अर्थात चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो । सत्ताको अर्को अर्थ विश्व हो, विश्व अन्तर्गत प्रकृति र समाज पर्दछन् । यसरी हेर्दा प्रकृति, समाज र चिन्तनका सामान्य नियमको अध्ययन नै दर्शनशास्त्रको विषयवस्तु बन्न जान्छ । कुनैपनि दार्शनिक प्रणालीमा मूलतः तीन तत्व हुन्छन्–वर्गीय पक्षधरता, सिद्धान्त र पद्धति । वर्गीय पक्षधरता राजनीतिक विचारधारा, प्रवृित्त र राज्यसत्तासँग सम्बन्धित रहेको हुन्छ । यो सामन्तवाद, पुँजीवाद, वैज्ञानिक समाजवाद जस्ता विचारप्रणाली, व्यवस्था र प्रवृत्तिसँग गाँसिएको हुन्छ । चिन्तन र सत्ताबीचको सम्बन्धको प्रश्न दर्शनको सैद्धान्तिक पक्ष हो । यस अन्तर्गत आदर्शवाद, भौतिकवाद सहितको विविध दार्शनिक प्रवृत्तिहरुको अध्ययन गरिन्छ । सत्ता र चिन्तन अर्थात् प्रकृति, समाज तथा चिन्तनको विकास प्रक्रिया र तिनको पारस्परिक सम्बन्धलाई पद्धतिका दृष्टिले पनि अध्ययन गरिन्छ । यो दर्शनको पद्धतिगत अध्ययनको विषय हो । यस अन्तर्गत द्वन्द्ववाद र अधिभूतवाद सहितका विविध पद्धतिहरुको अध्ययन गरिन्छ । दर्शनमा वर्गीय पक्षधरता निश्चित वर्गको राजनीतिक विचारधाराद्वारा निर्देशित रहेको हुन्छ । यस अर्थमा दार्शनिक सिद्धान्त र पद्धतिको निर्माणमा वर्गीय राजनीतिक प्रवृत्तिको भूमिका निर्णायक हुन्छ । माक्र्सवादी मान्यता अनुसार दर्शनको विषयवस्तु पनि ठीक यसै कुरामा आधारित रहेको छ ।

दर्शनको परिधि अर्थात् सीमा त्यसको विषयवस्तुद्वारा निर्धारित हुन्छ । दर्शनको मूल विषयवस्तु त्यसको मौलिक प्रश्न हो । दर्शनले चिन्तन र सत्ताको सम्बन्धको गर्दछ, दर्शनले प्रकृति, समाज र चिन्तनका सामान्य नियमहरुको अध्ययन गर्दछ र दर्शन वर्गीय विचारप्रणालीद्वारा निर्धारित हुन्छ । चिन्तन र सत्ता, सामाजिक चिन्तन र सामाजिक सत्ता, विषय र

विषयी बीचको सम्बन्धको प्रश्न मान्छेको विश्वसितको विविध प्रकारको अन्तरक्रियाको प्रश्न हो । दर्शनको विषयवस्तु र परिधि यसै अन्तरक्रियामा आधारित रहेको छ । प्रकृति समाज र चिन्तनको क्षेत्रका सामान्य नियमहरुको अध्ययन गर्दछ । यसरी हेर्दा दर्शनको विशिष्ट स्वरुप संश्लेषणात्मक रहेको छ ।

हरेक चीजको मौलिकता, विशिष्ट स्वत्व वा ठोस पहिचान त्यसको आफ्नै विशिष्ट अन्तर्विरोधमा आधारित हुन्छ । ज्ञानविज्ञानका विशिष्ट शाखाहरुको वर्गीकरण र तिनको विशिष्ट सापेक्षता वा स्वायत्ततता पनि यसैद्वारा निर्धारित हुन्छ । यसै कुरामाथि ध्यान दिंदै माओले आफ्नै विशिष्ट स्वत्वका रुपमा दर्शनशास्त्रलाई आदर्शवाद र भौतिकवाद, अधिभूतवाद र द्वन्द्ववादको अध्ययन गर्ने शास्त्रका रुपमा लिनुभएको छ । दर्शनशास्त्र सम्बन्धमा माओ भन्नुहुन्छ– “वर्गसमाजको उदय भएदेखि दुई थरीको ज्ञान देखिएको छ– उत्पादन–संघर्षको ज्ञान र वर्गसंघर्षको ज्ञान । प्राकृतिक विज्ञान र सामाजिक विज्ञान यिनै दुई थरिको ज्ञानका निचोड हुन् र दर्शनशास्त्र चाहीँ प्रकृतिसम्बन्धी ज्ञान र समाजसम्बन्धी ज्ञानको सामान्यीकरण र एकत्रीकरण हो ।”

माओका यी भनाइबाट ज्ञान विज्ञानलाई मूलतः तीन भागमा विभाजित गर्न सकिन्छ– प्राकृतिक विज्ञान, सामाजिक विज्ञान र संश्लेषणात्मक ज्ञानको विज्ञान । यी तीन विज्ञानमध्ये दर्शन संश्लेषणात्मक ज्ञानको विज्ञान हो । तर यसको अर्थ दर्शन प्राकृतिक विज्ञान र सामाजिक विज्ञानबीच समन्वय कायम गर्ने विज्ञान होइन । किनकि दर्शनको आफ्नो स्वतन्त्र मौलिक विषयवस्तु छ, त्यो दर्शनशास्त्रको मौलिक प्रश्न हो जसले दर्शनशास्त्रलाई अन्य विज्ञानभन्दा स्वायत्त हैसियत प्रदान गर्दछ ।

दर्शनलाई मौलिक प्रश्न, विश्वदृष्टिकोण र स्वतन्त्र विषयवस्तुबाट वन्चित गरी त्यसलाई प्रकृति विज्ञान र भाषाशास्त्रमा गिराउने यो प्रवृत्ति वस्तुतः ध्वंसवादी, बहुलवादी र आदर्शवादी प्रवृत्ति बाहेक अरु केही होइन । दर्शनशास्त्रको मौलिक प्रश्न, वैज्ञानिकता र वास्तविक विषयवस्तुलाई निषेध गर्ने अर्को प्रवृत्तिको नाम अतर्क बुद्धिवाद हो । यसका प्रमुख प्रणेता नित्से हुन् र उनले दर्शनलाई संज्ञानात्मक तथा विश्वदृष्टिकोणमूलक भूमिकाबाट वन्चित गर्दै आवेग, अलंकार र सहजवृत्तिको शास्त्रमा गिराउने काम गरेका छन् ।

अतः आज आपूmलाई उत्तर–आधुनिकतावादी भनाउनेहरुले उक्त प्रत्यक्षवादलाई अंगाल्दै तथा त्यसमा विखण्डनवादलाई जोड्दै दर्शनको मौलिक प्रश्न, विषयवस्तु, सैद्धान्तिक स्वरुप र विश्वदृष्टिकोणपरक मान्यतालाई अधिभूतवादी भनी लत्याउँदै दर्शनलाई साहित्यशास्त्र अलकारशास्त्र र भाषाशास्त्रमा गिराउने काम गर्दै आएका छन् । यस धाराका मुख्य प्रवर्तक डेरिडा हुन् ।

दर्शनको विशिष्टता

वर्गीय समाजमा दर्शनको वर्गीय अर्थ र महत्व हुन्छ । वर्गीय समाजमा दर्शनले वर्ग हैसियत, हित र विचारको प्रतिबिम्वन तथा प्रतिनिधित्व गर्दछ । वर्गसमाजमा कुन दर्शन सत्यको सन्निकट र वैज्ञानिक छ, त्यस कुराको टुंगो सम्बन्धित समाजको भौतिक अवस्था र सामाजिक व्यवहारद्वारा लगाइन्छ ।

यहाँ दर्शनको वास्तविक मूल्य र महत्व कुन कुरामा छ भने त्यसले प्रकृति र समाजको सत्यपूर्ण या भूmट तस्विर पेश गर्दछ । त्यसले हरेक वर्गका मान्छेलाई जुनसुकै रुपमा होस् समस्या बुभ्mन र तिनको समाधान प्रस्तुत गर्न मद्दत पु¥याउँछ । सबै दर्शन सत्यपूर्ण हुन्छन् भन्ने होइन । यसलाई समाज विकासको सापेक्षतामा हेर्नुपर्दछ र सही चिन्तनको विकास पनि ऐतिहासिक विकास प्रक्रियासँगै गाँसिएको हुन्छ । यस परिप्रक्ष्यमा हेर्दा आदर्शवाद र अधिभूतवादले संसारको गलत वा एकपक्षीय तस्वीर पेश गर्छन् । तर संसारको सच्चा तथा समग्र तस्विर प्रस्तुत गर्न द्वन्द्वात्मक भौतिकवादी दर्शन नै समर्थ छ ।

सामाजिक चेतनाका राजनीति, कानून, नीतिशास्त्र, सौन्दर्यबोध, प्रकृतिविज्ञान जस्ता अरु विधिन्न रुप र तिनमा आधारित शास्त्रले मान्छेको मनमा प्रकृति, समाज र चिन्तनको एउटा विशिष्ट पक्षको मात्र जानकारी दिन्छन्, तर दर्शनले ती सबैको सामान्यीकरण गर्दै तिनलाई एकीकृत विश्वदृष्टिकोणका रुपमा समेट्ने गर्दछ ।

तसर्थ आजको युगमा सर्वहारा वर्गको दर्शन अर्थात् माक्र्सवादी दर्शन

नै सुसंगत, क्रान्तिकारी र वैज्ञानिक दर्शन हो । यस दर्शनले नै सर्वहारा वर्ग र श्रमिक जनसमुदायलाई दुश्मनका विरुद्धको संघर्ष र मुक्तिको दिशामा,

पुरानोको ध्वंश र नयाँको निर्माणमा तथा संसारलाई बुभ्mन र बदल्न एवम् भौतिक, वैचारिक र सांस्कृतिक रुपान्तरण गर्दै अघि बढ्नमा राम्रो मद्दत पु¥याउँछ । साथै, माक्र्सवादी दर्शनले प्रकृति विज्ञान र समाज विज्ञानका विविध शाखाहरुमा वैज्ञानिक विश्वदृि ष्टकोण प्रदान गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु