पूँजीवादी संविधानमा समाजवादका कुरा

२०८१ असार ४ गते, सोमबार

डा. केशव देवकोटा

नेपालमा पछिल्लो समयमा बिचित्रका राजनीतिक गतिविधिहरु भैरहेका छन् । सबै गतिविधिलाई विश्लेषणा गरेर हेर्दा केही राजनीतिक समूहहरुले नेपाललाई जर्वजस्त सिक्किमीकरणको बाटोमा धकेल्दै लगेको देखिएको छ । देशलाई राजनीतिकरुपमा अस्तब्यस्त बनाउने र आर्थिकरुपमा टाट उल्टाउने गतिविधिहरु तीब्र रुपमा भैरहेका छन् । हुँदाहुँदा सत्तारुढ दलहरुबाटै देशमा राजनीतिक अस्थिरता चरमरुपमा बढेको र विकासका कार्यहरु ठप्प भएको भन्ने आवाजहरु उठ्न थालेका छन् । कतिपय नेताहरुमा भाषणमा संसारका भएभरका जनपक्षीय र कर्णप्रिय शब्दहरु प्रयोग गर्ने तर ब्यवहारमा त्यसको ठीक विपरितका गतिविधिहरु गर्ने बानीको विकास भएको देखिएको छ । ‘जे गरिन्छ त्यो नभन्ने र जे भनिन्छ त्यो नगर्ने’ कतिपय नेताहरुको बानी नै छ । ०७२ को संविधान र त्यसअनुसार देशमा लागू गराईको राजनीतिक ब्यवस्था हाल देशमा देखिएका सबै समस्याहरुको ‘जड’ भएको राजनीतिक क्षेत्रमा मूल्यांकन हुनथालेको छ । जतिसक्दो चाँडो बिद्यमान संविधान र राजनीतिक ब्यवस्थामा सबै पक्षलाई चित्तबुझ्ने गरी प्रक्रियागत ढंगले परिमार्जन गरिएनभने देशमा कुनैपनि बेला अकल्पनीय राजनीतिक दुर्घटना हुनसक्ने संभावना र संकेतहरुसमेत देखिएका छन् । कतिपयले हालैमा दिनमा समेत वर्तमान संविधानबाटै समाजवादमा पुग्नसकिने भन्दै आफ्नो पार्टीका बैठकहरुमा भाषण गरेको र संसदीय राजनीतिको दलदलमा फसिसकेको अवस्थामा पनि जनक्रान्तिमै रहेकोभन्दै भ्रम छर्नखोजेको देखिएको छ । जसलेगर्दा बिभिन्न कोणबाट के पूँजीवादी संविधान र राजनीतिक ब्यवस्थाबाटै बैज्ञानिक समाजवाद स्थापना हुन सक्छ ? भन्ने जिज्ञासाहरु पनि ब्यक्त हुनथालेका छन् । हाल सरकारमा रहेको र आपूmलाई कम्युनिष्ट पार्टी भएको बताउने एमालेलाई यसअघि कतिपयले समाजवादी मोर्चामा सहभागी हुन आग्रहगर्दा पनि उसले मानेको थिएनभने कतिपयले पार्टीको दस्तावेजमा समाजवादको उल्लेख नगरेको खण्डमा एमाले कम्युनिष्ट पार्टी हुनै नसक्ने बताए पनि सो पार्टीले समाजवादको नारालाई खासै ध्यान दिएको देखिएको छैन । कतिपयले पार्टीको नामनै समाजवादी राखेका छन् । नेपालमा समाजवादी नाम धारणगरेका पार्टीहरुको संख्यानै दर्जनभन्दा बढी हुन थालेको छ । तर उनीहरुमध्ये कतिपयले हालै पार्टीको अधिवेशन गर्दा समेत समाजवादको नामै लिएनन्भने कतिपय कम्युनिष्ट राजनीति र पार्टीसमेत त्यागिसकेकाहरुले ‘आपूm नेकांका संस्थापक बिपी कोइरालाको अशली अनुयायी भएको’ बताउँदै यसअघि नेकांलेसमेत नामलिन छाडिसकेको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्धता देखाएको पाइएको छ । समाजवादजस्तो महत्वपूर्ण कुरालाई सस्तो नारा बनाइनु आफैमा खतर्नाक कुरा हो । जो जसले समाजवादका बारेमा जे जसरी प्रचार गरेपनि नेपालको हालको खास राजनीतिक धरातलभनेको ०७२ को संविधान र त्यसअनुसार देशमा लागूगराइएको विद्यमान राजनीतिक ब्यवस्था हो । त्यसैले यो संविधान र राजनीतिक ब्यवस्थाबाट समाजवाद स्थापना हुन÷गराउन सकिन्छ त ? भन्ने गंभिर प्रश्न उठेको छ । यसप्रति जनपक्षीय राजनीतिगर्ने सबै पार्टी र शक्तिको ध्यानाकर्षण जरुरी देखिएको छ ।

नेपालमा समाजवाद स्थापनाका लागि कि बर्तमान संविधानमा दलहरुबीचको सहमतिबाटै आमूल परिवर्तन गरिनु पर्दछ किभने आन्दोलनको बलमा यो संविधान बिद्यमान राजनीतिक ब्यवस्थालाई उखेलेर फ्याक्न सक्नु पर्दछ नेपालमा समाजवादी राजनीति स्थापित गराउने अगाडि बढाउने उपरोक्त दुई उपाय बाहेक अर्को बाटो छैन हाल सत्तामा रहेका केही संविधानमा परिवर्तन हुनु नहुने पक्षमा रहेका छन्भने केहीले आफ्नो निहीत स्वार्थ अनुकूल संविधानमा संशोधन चाहेका छन् ०७२ को संविधान वर्तमान राजनीतिक व्यवस्थाले अंगिकार गरेका संघीयता, जातीय समावेशी समानुपातिक निर्वाचन प्रणाली अधिकांश जनताका लागि समस्या भएका छन्भने केही नेताहरुका लागिमहान उपलब्धी भएका छन् जसलेगर्दा यो संविधानमा आमूल परिवर्तन गरिएन टालटुल गर्ने गराउने प्रयास गरियोभने त्यो अर्को राजनीतिक बिष्फोटको कारण बन्नसक्छ व्यवहारमा माक्र्सवादी राजनीति छाडेर अवसरवादी राजनीति अंगालेकाहरु अराजकतावादहुँदै चरम दक्षिणपन्थी अवसरवादतर्फ अगाडि बढेका हुन्छन् जुन कुरा को, को त्यसरी अगाडि बढेका छन्भन्ने कुरा आम नेपाली जनताका सामु खुल्ला कितावजस्तै छर्लङ्ग खासमा ठूलो एवं रणनीतिक उद्देश्यलाई परित्याग गरेर ससाना मुख्यत निजात्मक स्वार्थ प्रेरित उद्देश्य प्राप्तिलाई आफ्नो गन्तव्य बनाउनुलाई दक्षिणपन्थी अवसरवाद भनिन्छ हाल त्यस्तो गतिविधि कस्ले गरेको ? भन्ने आफैमा स्पष्ट वैज्ञानिक समाजवादको महान् लक्ष्यलाई त्यागेर हिँडिसकेकाहरुले पूँजीवादी संविधानबाटै समाजवाद आउँछभन्ने प्रचार गर्दछन्भने बैज्ञानिक समाजवाद पक्षीयहरुले यसलाई सामान्यरुपमा नभएर गम्भिररुपमा लिनुपर्दछ कसैले पनि समाजमा भ्रम सिर्जनागर्ने आफ्नो निहित स्वार्थ पूरा गर्ने(गराउने प्रयास गर्नु राम्रो कुरा होइन यसलाई विश्वासघाती धोकाको राजनीति मान्न सकिन्छ यदि संसारमा शान्तिपूर्णरुपमा समाजवाद साम्यवादनै स्थापना गर्नगराउन सकिने भए सशस्त्र संघर्षको आवश्यकता किन पथ्र्यो ? भन्ने प्रश्न सहजै उठ्छ मानव इतिहासमै जति पनि राजनीतिक परिवर्तनहरु भएका छन् ति कुनैपनि शान्तिपूर्ण बाटोबाट भएका छैनन् विश्व कम्युनिष्ट आन्दोलनको इतिहासनै सबैका लागि उदाहारण रहेको कार्ल माक्र्स एङ्गेल्सले सन् १८४८ मै कम्युनिष्ट घोषणापत्रमा उपरोक्त कुराको ब्याख्या विश्लेषण गरेको पाइन्छ

उहाँहरुले त्यतिबेला नैपूँजीवादको बनिबनाउ संरचनाभित्र समाजवादको स्थापना सम्भव नहुने कामदारवर्गले बल प्रयोगद्वारा पूँजीपतिवर्गलाई हटाएर आफ्नो शासन सत्ता कायम गर्नुपर्ने बताउनु भएको थियो त्यसैका आधारमा सन् १९१७ मा भी.आई. लेनिनको नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भएको थियो माक्र्सवादको पहिलो प्रयोगकारुपमा रुसी समाजवादी क्रान्तिले संसार हल्लाएको थियो सन् १८७१ मा भएको पेरिस कम्युनको असफलता नै रुसी क्रान्तिको मुख्य आधार थियो त्यसैगरी सन् १९४९ अक्टोबर एकमा चीनमा जनवादी गणतन्त्रको घोषणा भएको थियो आज संसारभर त्यसैको पदचाप पछ्याउने   कम्युनिष्ट पार्टीकै खोल ओडेर त्यसलाई रोक्ने  प्रयासहरु भैरहेका छन् नेपालमा कम्युनिष्ट राजनीतिलाई छिन्नभिन्न गराउन लागिपरेकाहरुले नै पूँजीवादी संविधानमा समाजवादको उल्लेख गरेको त्यसैबाट समाजवादको स्थापना गराउन सकिन्छभन्ने प्रचार गरेको देखिएको संसारमा कहीँ पनि १० बर्ष लगाएर संविधान बनाएको इतिहास छैन तर नेपालमा १० बर्ष लगाएर पनि अधुरो अपुरो संविधान बनेको इतिहास ०७२ को संविधान अधुरो अपुरो रहेको कुरा संविधान बनाउन मुख्यभूमिका रहेकाहरुले नै सार्वजनिकरुपमा स्वीकार गरेको कुरा हो संविधानसभाबाट संविधान बनाएको भनिएको थियो खासमा त्यो कुरानै गलत थियो किनकी दोश्रो संविधानसभामा मुख्यत जनयुद्धकालीन माओवादीको मुख्य शक्तिले भागनै लिएको थिएन

संविधानसभाले मुख्य, मुख्य विषयमा जनमत लगायतका प्रक्रिया प्रयोग गरेर निर्णयगर्न पाएको थिएन त्यसैले नेपालीहरुले अशली संविधानसभाको निर्वाचनका लागि फेरी आवाज उठाउनुपर्ने अवस्था इतिहासमा सेन्ट साइमन, चाल्र्स फ्युरियो, रोबर्ट ओबेनहरुले पनि धनी गरिबबीचको खाडलको अन्त्यगर्ने कल्पना गरेको पाइन्छ तर उनीहरुले पूँजीपतिवर्गलाई सत्ताच्युत गरेर कसरी श्रमिकवर्गले सत्ता प्राप्तगर्न सकिन्छभन्ने कुनै स्पष्ट मार्ग पहिचानगर्न सकेका थिएनन् त्यसैले खासमा ती दार्शनिकहरु काल्पनिक समाजवादी थिए माक्र्स एङ्गेल्सले कम्युनिष्ट घोषणापत्रमार्फत् उनीहरुलाई काल्पनिक समाजवादीको संज्ञा दिनुभएको थियो सशस्त्र संघर्ष बिना श्रमजिवी वर्गको सत्ता प्राप्ति नहुने स्पष्ट गर्नुभएको थियो त्यसैलाई माक्र्सवाद भनिएको हो एमालेको कार्यक्रममा पुगे आपूmलाई नयाँ मदन भण्डारी भएको बताउने, बौद्धमार्गीहरुको कार्यक्रममा पुगे आपूmसँग सम्राट अशोकका धेरै गुणहरु मिल्छन् भन्ने, माओवादीहरुको कार्यक्रममा पुगे आपूmलाई नेपालको माओ भएजस्तो लाग्ने, पार्टीको नाम एकथरी राख्ने गतिविधि त्यसको ठीक विपरित गर्ने कतिपय नेताहरुका कारण नेपालको राष्ट्रिय राजनीति मुख्यत कम्युनिष्ट राजनीतिमा धेरै भ्रमहरु देखापरेका छन् आजको अवस्थामा कम्युनिष्टको आबरणमा कम्युनिष्ट राजनीतिको विपरित गतिविधि गरिरहेकाहरुको भण्डाफोर समाजमा सिर्जना गरिएका भ्रमहरुको पर्दाफास सबैभन्दा महत्वपूर्ण विषय हो माओ भन्नुहुन्छजहाँ कुचो पुग्दैन, त्यहाँको कसिंगर आफँै बिलाएर जाँदैन

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु