ज्ञान र व्यवहारबीचको बोध गर्ने र काम गर्नेबीचको सम्बन्ध बारे

२०८१ असार ३ गते, आईतवार

माक्र्सपूर्वको भौतिकवादले मानिसको सामाजिक स्वभावबाट छुट्टै रुपमा उसको ऐतिहासिक विकासबाट छुट्टै रुपमा ज्ञानको समस्यालाई हेर्ने गथ्र्यो तसर्थ, त्यसले सामाजिक व्यवहारमाथि ज्ञानको निर्भरतालाई, अर्थात् उत्पादन वर्गसंघर्षमाथि ज्ञानको निर्भरतालाई बुझ्न सकेको थिएन

सबभन्दा पहिलो कुरा के भने माक्र्सवादीहरु मानिसको उत्पादक क्रियाकलापलाई सबभन्दा आधारभूत व्यावहारिक क्रियाकलाप उसका अन्य सबै क्रियाकलापहरुलाई निर्धारित गर्ने क्रियाकलाप ठान्दछन् मानिसको ज्ञान मुख्य रुपले भौतिक उत्पादनमा उसको क्रियाकलापमाथि निर्भर गर्छ, यस क्रियाकलापद्वारा उसले विस्तारविस्तार प्राकृतिक परिघटना, गुण तथा नियमहरु आपूm तथा प्रकृतिबीचको सम्बन्धबारे जानकारी प्राप्त गर्छ, आप्mनो उत्पादक क्रियाकलापद्वारा नै उसले विस्तारविस्तार मानिस मानिसबीचका निश्चित सम्बन्धहरुबारे पनि विभिन्न मात्रामा जानकारी प्राप्त गर्छ उत्पादक क्रियाकलापबाट छु्ट्टै रहेर उपर्युक्त कुनै पनि प्रकारको ज्ञानलाई प्राप्त गर्न सकिँदैन वर्गहीन समाजमा, प्रत्येक व्यक्ति समाजको सदस्यको हैसियतबाट अन्य सदस्यहरुसित मिलेर काम गर्दछ, उनीहरुसित निश्चित उत्पादनसम्बन्धहरु कायम गर्दछ मानिसका भौतिक खाँचोहरुको परिपूर्तिका लागि उत्पादनमा लाग्दछ सबै वर्गसमाजहरुमा, विभिन्न सामाजिक वर्गहरुका सदस्यहरु पनि विभिन्न ढंगबाट निश्चित उत्पादनसम्बन्धहरु कायम गर्छन् आप्mना भौतिक खाँचोहरु पूरा गर्नका लागि उत्पादनमा लाग्छन् यो नै त्यस्तो प्राथमिक स्रोत हो जसबाट मानवीय ज्ञानको विकास हुन्छ

मानिसको सामाजिक व्यवहार उत्पादक क्रियाकलापसम्म मात्र सीमित रहँदैन, बरू त्यसले अन्य धेरै रुपहरु धारण गर्छजस्तो कि वर्गसंघर्ष, राजनैतिक जीवन, वैज्ञानिक तथा कलासम्बन्धी क्रियाकलाप साराशंमा सामाजिक प्राणीको हैसियतबाट मानिसले समाजको व्यवाहारिक जीवनका सबै क्षेत्रहरुमा भाग लिन्छ यसरी, आप्mनो भौतिक जीवनद्वारा मात्र होइन, तर आप्mनो राजनैतिक तथा सांस्कृतिक जीवनद्वारा पनि (राजनैतिक जीवन सांस्कृतिक जीवन दुवै भौतिक जीवनसित घनिष्ठ रुपले गाँसिएको छन्) मानिसले मानिसहरुबीचका विभिन्न सम्बन्धहरुबारे भिन्नाभिन्नै मात्रामा जानकारी प्राप्त गर्छ सामाजिक व्यवहारका यी अन्य रुपहरुमध्ये, खास गरेर विभिन्न रुपमा चल्ने वर्गसंघर्षले मानिसको ज्ञानको विकासमाथि गहिरो प्रभाव पार्छ वर्गसमाजमा प्रत्येक व्यक्तिले एउटा वर्गको सदस्यको हैसियतबाट जीवन बिताउँछ विनाअपवाद हर प्रकारको चिन्तनमा एउटा वर्गको छाप लागेको हुन्छ

माक्र्सवादीहरुको कस्तो विचार भने मानवसमाजमा उत्पादक क्रियाकलाप विस्तारविस्तार तल्लो स्तरबाट माथिल्लो स्तरमा विकसित हुन्छ फलस्वरुप मानिसको ज्ञान पनि, प्रकृतिसम्बन्धी होस् वा समाजसम्बन्धी, विस्तारविस्तार तल्लो स्तरबाट माथिल्लो स्तरमा, अर्थात् छिपछिपेबाट गहिरोमा, एकांगीबाट बहुपक्षीयमा विकसित हुन्छ इतिहासमा ज्यादै लामो समयसम्म, समाजको इतिहाससम्बन्धी मानिसको ज्ञान आवश्यकीय रुपले एकांगी रहेको थियो, किनभने एकातिर शोषकवर्गहरुको पूर्वाग्रहले हमेशा इतिहासलाई विकृत बनाएको थियो भने अर्कोतिर सानोमात्राको उत्पादनले मानिसको दृष्टिकोणलाई सीमित पारेको थियो उत्पादनका विशाल शक्तिहरु (ठूलो मात्राको उद्योग) सँगसँगै आधुनिक सर्वहारावर्गको आविभविपछि मात्र मानिसले समाजको विकासबारे विस्तृत, ऐतिहासिक समझदारी प्राप्त गर्न सक्यो सो ज्ञानलाई विज्ञानमा, माक्र्सवादको विज्ञानमा परिणत गर्न सक्यो

माक्र्सवादीहरुको कस्तो विचार भने मानिसको सामाजिक व्यवहार मात्र बाह्य संसारबारे उसको ज्ञानको सत्यता जाँच्ने कसी हो जब मानिसले सामाजिक व्यवहारको (भौतिक उत्पादन, वर्गसंघर्ष वा वैज्ञानिक प्रयोग) सिलसिलामा इच्छा गरिएका प्रतिफलहरु प्राप्त गर्छ, तब साँच्चिकै उसको ज्ञानको सत्यता प्रमाणित हुन्छ यदि मानिस आप्mनो काममा सफल हुन चाहन्छ, अर्थात इच्छा गरिएका प्रतिफलहरु प्राप्त गर्न चाहन्छ भने, उसले आप्mना विचारहरुलाई वस्तुगत बाह्य संसारका नियमहरुको अनुरुप बनाउनुपर्छ, उसका विचारहरु ती नियमहरुको अनुरुप नभएमा, आप्mनो व्यवहारमा असफल हुनेछ असफल भएपछि उसले पाठहरु सिक्छ, आप्mना विचारलाई सुधारेर सफलतामा फेर्न सक्छ, “असफलता सफलताको जननी हो ठक्कर खाएपछि बुद्धि बढ्छ भन्ने भनाइहरुको अर्थ यही हो ज्ञानसम्बन्धी द्वन्द्वात्मकभौतिकवादी सिद्धान्तले व्यवहारलाई प्राथमिक स्थानमा राख्छ त्यसको भनाइ के भने मानवीय ज्ञानलाई व्यवहारबाट छुट्याउँछन् लेनिनले भन्नुभएको व्यवहार (सैद्धान्तिक) ज्ञानभन्दा माथि , किनभने त्यसमा सर्वव्यापकताको गुण मात्र होइन, तात्कालिन वास्तविकताको गुण पनि हुन्छ द्वन्द्वात्मक भौतिकवादसम्बन्धी माक्र्सवादी दर्शनका दुई प्रमुख विशेषताहरु छन् एउटा विशेषता त्यसको वर्गस्वरुपहो त्यसले खुल्ला रुपमा के घोषणा गर्छ भने द्वन्द्वात्मक भौतिकवादले सर्वहारावर्गको सेवा गर्दछ अर्को विशेषता त्यसको व्यावहारिकता हो त्यसले व्यवहारमाथि सिद्धान्तको निर्भरतामा जोड दिन्छ, कुन कुरामा जोड दिन्छ भने सिद्धान्त व्यवहारमा आधारित रहन्छ फेरि त्यसले व्यवहारकै नै सेवा गर्छ मनोगत भावनाले होइन, बरू सामाजिक व्यवहारमा प्राप्त वस्तुगत परिणामहरुले कुनै ज्ञान वा सिद्धान्तको सच्चाइलाई निर्धारित गर्छन् सामाजिक व्यवहार मात्र सत्यको कसी बन्न सक्छ ज्ञानसम्बन्धी द्वन्द्वात्मकभौतिकवादी सिद्धान्तमा व्यवहारको दृष्टिकोण प्राथमिक आधारभूत दृष्टिकोण हो

तर अनि कसरी व्यवहारबाट मानवीय ज्ञानउत्पन्न हुन्छ कसरी सो ज्ञानले व्यवहारको सेवा गर्छ ? ज्ञानको विकासको प्रक्रियालाई हेरेमा यो कुरा स्पष्ट हुनेछ

व्यवहारको सिलसिलामा, मानिसले सर्वप्रथम चीजहरुको इन्द्रियगम्य पक्ष, त्यसका छुट्टाछुट्टै पक्षहरु त्यसका बाहिरी सम्बन्धहरुलाई मात्र देख्छ उदाहरणार्थ, बाहिरबाट कोही मानिसहरु येनानमा निरीक्षण भ्रमण गर्न आउँछन् पहिला एकदुइ दिनमा उनीहरुले धेरै मानिसहरुसित भेट्छन् उनीहरु भोज, रात्री समारोह जनसभाहरुमा सामेल हुन्छन्, विभिन्न किसिमका कुराकानी सुन्छन् विभिन्न दस्तावेजहरु पढ्छन् यी सब चीजहरुका इन्द्रियगम्य रुप हुन, त्यसका छुट्टाछु्ट्टै पक्षहरु बाहिरी सम्बन्धहरु हुन् यसलाई ज्ञानको इन्द्रियग्रह्य चरण, अर्थात् इन्द्रियसंवेदान तथा अनुभूतिहरुको चरण भनिन्छ अर्को शब्दमा भन्ने हो भने येनानका उपर्युक्त विभिन्न चीजहरुले निरीक्षण दलका सदस्यहरुको ज्ञानेन्द्रियहरुमा प्रभाव पार्छन्, इन्द्रियसंवेदनाहरु जन्माउँछन्, उनीहरुको दिमागमा धेरै अनुभूतिहरु पैदा गर्छन् साथै सो अनुभूतिहरुमाझ बाहिरी सम्बन्धहरुको एउटा मोटामोटी रुपरेखा पनि छाडिदिन्छन् यो ज्ञानको पहिलो चरण हो यस चरणसम्ममा मानिसले गहन धारणाहरु बनाउन सक्दैन तर्कसंगत निष्कर्षहरु पनि निकाल्न सक्दैन

सामाजिक व्यवहारको सिलसिला चल्दै जाँदा, जुन चीजहरुले व्यवहारको क्रममा मानिसका इन्द्रियसंवेदना अनुभूतिहरु पैदा गर्छन् त्यसको धेरैपटक पुनरावृत्ति हुन्छ अनि ज्ञानप्राप्तिको सिलसिलामा दिमागमा आकस्मिक परिवर्तन (छलागं) हुन्छ परिणामहरु बन्छन् धारणाहरु भनेका चीजको इन्द्रियगम्य रुप त्यसका छुट्टाछुट्टै पक्ष तथा बाहिरी सम्बन्धहरु होइनन् तिनीहरुले चीजहरुका सारतत्व, सम्पूर्णता आन्तरिक साधनहरुलाई ग्रहण गर्छन् धारणा इन्द्रियसंवेदनाको बीचमा परिमाणात्मक भिन्नता मात्र होइन, गुणात्मक भिन्नता पनि अझ अघि बढेर हामी निर्णय तर्कद्वारा तर्कसंगत निष्कर्षहरु निकाल्न सक्छौं तीन राज्यहरुको कहानीमा () भएकोआप्mनो दिमागको प्रयोग गर, एउटा एउटा उपाय पत्ता लागिहाल्छ भन्ने भनाइ वा बोलचालीको भाषामा भनिनेमलाई यसमा सोच्न देउ भन्ने भनाइे निर्णय तर्क गर्नका लागि दिमागमा रहेका धारणाहरुलाई मानिसद्वारा गरिने प्रयासलाई संकेत गर्छ यो ज्ञानप्राप्तिको दोस्रो चरण हो निरीक्षणदलका सदस्यहरुले विभिन्न तथ्यांकहरु संकलन गरिसकेपछि त्यसबाहेक,“त्यसमा सोचबीचार गरिसकेपछि, उनीहरुजापानविरोधी राष्ट्रिय संयुक्त मोर्चा बनाउने कम्युनिष्ट पार्टीको नीति पक्का, इमान्दारीपूर्ण साँचो रहेछ भन्ने निर्णयमा पुग्न सक्दछन् उपर्युक्त फैसला गरेपछि, यदि उनीहरु पनि राष्ट्रलाई बचाउनका लागि एकता कायम गर्न दिलैदेखि चाहन्छन् भने, उनीहरुले एक पाइला अघि बढेरजापानविरोधी राष्ट्रिय संयुक्त मोर्चा सफल हुन सक्छ भन्ने निष्कर्ष निकाल्न सक्छन् धारणा, निर्णय तर्कको यो चरण कुनै चीजबारे ज्ञान प्राप्त गर्ने सम्पूर्ण प्रक्रियामा सबभन्दा महत्वपूर्ण चरण हो, यो तार्किक ज्ञानको चरण हो ज्ञानप्राप्तिको वास्तविक अभिभारा हो संवेदनाद्वारा विचारमा पुग्नुवस्तुगत चीजहरुका आन्तरिक अन्तर्विरोधहरु, तिनका नियमहरु प्रक्रियाहरुबीचका आन्तरिक सम्बन्धहरुबारे विस्तारविस्तार समझदारी प्राप्त गर्नु, अर्थात् तार्किक ज्ञानमा पुग्नु दोहो¥याएर भन्ने हो भने, तार्किक ज्ञान इन्द्रियग्राह्य ज्ञानबाट कुन कुरामा भिन्न भने इन्द्रियग्राह्य ज्ञान चीजहरुका छुट्टाछुट्टै पक्षहरु ? इन्द्रियग्राह्य रुपहरु बाह्य सम्बन्धहरुको घेराभित्र रहन्छ, तर तार्किक ज्ञान एउटा ठूलो छलांग मारेर चीजहरुका सम्पूर्णता सारतत्व भित्री सम्बन्धहरुसम्म पुग्छ, त्यसले वरिपरिको संसारका भित्री अन्तर्विरोधहरुलाई उघारिदिन्छ तसर्थ, तार्किक ज्ञानले वरिपरिको संसारको विकासलाई त्यसको सम्पूर्णतामा, त्यसका सबै पक्षहरुको आन्तरिक सम्बन्धहरुमा ग्रहण गर्न सक्छ

व्यवहारमा आधारित छिपछिपेबाट गहिरोमा विकसित हुने ज्ञानको विकासप्रक्रियासम्बन्धी यस द्वन्द्वात्मकभौतिकवादी सिद्धान्तलाई माक्र्सवादको उदय हुनुअघि कसैले पनि प्रतिपादित गरेको थिएन माक्र्सवादी भौतिकवादले पहिलोपल्ट यस समस्यालाई सही रुपमा समाधान ¥यो त्यसले भौतिकवाद द्वन्द्वात्मक दुवै ढंगबाट के देखायो भने ज्ञानप्राप्तिको क्रिया झनझन गहन हुँदै जान्छ यो यस्तो क्रिया हो जसद्वारा सामाजिक मानिस उत्पादन वर्गसंघर्षको जटिल निरन्तर दोहरिने व्यबहारको सिलसिलामा इन्द्रियग्राह्य ज्ञानबाट तार्किक ज्ञानतर्फ अघि बढ्छ लेनिनले भन्नुभएको भौतिक तत्वको अमूर्तिकरण, प्रकृतिको नियमको अमूर्र्तिकरण, आदिले, साराशंमा सबै वैज्ञानिक (सही, गम्भीर, तर मूर्खतापूर्ण होइन) अमूर्तिकरणहरुले प्रकृतिलाई अधिक गहन, सही तथा पूर्ण रुपले प्रतिबिम्बित गर्छन् () माक्र्सवादलेनिनवाद के ठान्छ भने ज्ञान प्राप्तिको प्रक्रियाका दुइ चरणहरुमा प्रत्येकका आप्mनै विशेषताहरु छन् तल्लो चरणमा इन्द्रियग्राह्य रुपमा माथिल्लो चरणमा तार्किक रुपमा ज्ञानको अभिव्यक्ति हुन्छ, तर यी दुवै ज्ञानप्राप्तिको एउटै पूर्ण प्रक्रियाका चरणहरु हुन् इन्द्रियग्राह्य ज्ञानर बुद्धिसंगत ज्ञान गुणात्मक रुपले भिन्न छन्, तर ती एक अर्कोबाट छुट्टिएका छैनन्, बरू व्यहारको आधारमा एकताबद्ध छन् हाम्रो व्यवहारले कुन कुरा सावित गर्छ भने जुन चीजको हामी अवलोकन गछौं त्यसलाई हामी तुरून्त बुझ्न सक्दैनौं आफूले बुझेको चीजलाई मात्र हामी अधिक गहिरोसित अवलोकन गर्न सक्छौं संवेदनाले इन्द्रियगम्य चीजको समस्या मात्र समाधान गर्छ, सिद्धान्तले मात्र सारतत्वको समस्या समाधान गर्न सक्छ यी दुवै समस्याहरु समाधान गर्ने कुरालाई व्यवहारबाट अलि पनि छुट्याउन सकिँदैन जो व्यक्ति कुनै चीजबारे जानकारी गर्न चाहन्छ, उसले सो चीजसित सम्पर्कमा आएर, अर्थात् त्यसको वातावरणमा रहेर (अभ्यास गरेर)मात्र जानकारी प्राप्त गर्न सक्छ सामन्ती समाजमा पुँजीवादका नियमहरुलाई पहिले नै थाहा पाउनु असंभव थियो, किनभने पुँजीवादको प्रार्दुभाव भइसकेको थिएन त्यससित सम्बन्धित व्यवहारको अभाव थियो माक्र्सवाद पुँजीवादी समाजमा मात्र उत्पन्न हुन सक्दथ्यो विनारोगकटोको स्व्च्छन्द पुँजीवादको युगमा, माक्र्सले पहिलो नै साम्राज्यवादको युगमा विशेष नियमहरुलाई ठोस रुपमा थाहा पाउन सक्नु हुन्थ्यो किनभने पुँजीवादको व्यवहारको अभाव थियो लेनिनर स्टालिनले मात्र सो काम गर्न सक्नुभयो माक्र्स, एन्जेल्स, लेनिन स्टालिनले आप्mना सिद्धान्तहरुको प्रतिपादन गर्न सक्नाको कारण, उहाँहरुको प्रतिभालाई छाडेर, मुख्यतः के थियो भने उहाँहरुले आप्mनो समयको वर्गसंघर्ष वैज्ञानिक प्रयोगको व्यवहारमा व्यक्तिगत रुपले भाग लिनुभयो, यो शर्त पूरा नभएमा कुनै पनि प्रतिभाशाली व्यक्ति सफल हुन सक्दैनथ्यो आप्mनो घरको ढोकाबाहिर पाइला नटेकिकन विद्वानले सारा संसारको कुरा थाहा पाउँछ भन्ने प्रविधि विज्ञान अविकसित रहेको अतीत कालमा खोक्रो बकवादमात्र थियो विकसित प्रविधि विज्ञानको वर्तमानयुगमा उपर्युक्त भनाइ मनासिब हुन सके तापनि संसारमा जहाँ पनि साँच्चैको व्यक्तिगत ज्ञान त्यस्ता मानिसहरुले पाउँछन् जो व्यवहारमा लागेका हुन्छन् व्यवहारमा लागेका मानिसहरुले आप्mनो व्यवहारद्वाराथाहापाइ सकेपछि उनीहरुको ज्ञानलेख प्राविधिक माध्यमबाटविद्वानकहाँ पुगिसकेपछि मात्र उसले अप्रत्यक्ष रुपबाटसारा संसारको कुरा थाहापाउनसक्छ यदि तपार्ईं कुनै खास चीज वा खास किसिमका चीजहरुबारे प्रत्यक्ष रुपबाट ज्ञान प्राप्त गर्न चाहनुहुन्छ भने, तपार्ईंले यथार्थतालाई फेर्नका लागि, सो चीज वा सो किसिमका चीजहरु फेर्नका लागि व्यावहारिक संघर्षमा व्यक्तिगत रुपले भाग लिनैपर्छ, यसरी मात्र तपार्ईं परिघटनाको रुपमा त्यससित सम्पर्कमा आउन सक्नुहुन्छ, यथार्थतालाई फेर्नकालागि व्यावहारिक संघर्षमा व्यक्तिगत रुपले भाग लिएर मात्र तपार्ईंले सो चीज वा सो किसिमका चीजहरुको सारतत्व पत्ता लाउनर त्यसलाई बुझ्न सक्नुहुन्छ यो नै ज्ञानप्रात्पिको बाटो हो ज्ञानप्राप्तिका लागि प्रत्येक व्यक्ति वास्तवमा यही बाटोमा हिँड्छ, हुनत यस्ता केही मानिसहरु छन् जो जानाजानी यसको तोडमोड गरेर उल्टो रुपमा तर्क गर्छन् संसारमा सबभन्दा हास्यास्पद व्यक्ति त्यस्तोसर्वज्ञ हो जसले यताउताको कुरा सुनेर अधकल्चो ज्ञान प्राप्त गर्छ आपूmलाईविश्वको परमज्ञानी घोषणागर्छ, यसले के मात्र देखाउँछ भने उसले आपूmलाई राम्ररी चिनेकै छैन ज्ञान एउटा विज्ञानको विषय हो, यस सम्बन्धमा अलि पनि बेइमानी वा घमण्ड ग्राह्य हुँदैन बरू, त्यसको ठीक उल्टो, इमान्दारी नम्रता निश्चित रुपमा आवश्यक छन् यदि तपार्ईं ज्ञान प्राप्त गर्न चाहनुहुन्छ भने, तपार्ईंले यथार्थतालाई फेर्ने व्यवहारमा भाग लिनुपर्छ यदि तपार्ईं नाशपातीको स्वाद थाहापाउन चाहनुहुन्छ भने, तपार्ईंले आफैले खाएर नाशपातीको रुपलाई फेर्नुपर्छ यदि तपार्ईं परमाणुका बनौट गुणहरु थाहा पाउन चाहनुहुन्छ भने, तपार्ईंले परमाणुको स्थिति फेर्नकालागि भौतिक तथा रसायनिक प्रयोग गर्नुपर्छ यदि तपार्ईं क्रान्तिका सिद्धान्त तरिकाहरु थाहा पाउन चाहानुहुन्छ भने, तपार्ईंले क्रान्तिमा भाग लिनुपर्छ सारा साँचो ज्ञान प्रत्यक्ष अनुभवबाट प्राप्त भएको ज्ञान थियो, वा हो उनीहरुको प्रत्यक्ष अनुभवको क्रममा, यदि लेनिनद्वारा बताइएकोवैज्ञानिक अमूर्तिकरण को शर्त पूरा भएको वस्तुगत यथार्थता वैज्ञानिक रुपले प्रतिबिम्बित भएको थियो वा छैन भने, सो ज्ञान भरपर्दो हुन्छ, त्यसो नभएमा त्यो भरपर्दो हुँदैन त्यसैले, मानिसको ज्ञानका दुइ भाग मात्र हुन्छन्प्रत्यक्ष अनुभवबाट प्राप्त हुने ज्ञान अप्रत्यक्ष अनुभवबाट प्राप्त हुने ज्ञान अर्को कुरा के भने, मेरो लागि अप्रत्यक्ष अनुभवको कुरा अरू मानिसहरुका लागि प्रत्यक्ष अनुभवको कुरा रहन्छ त्यसैले, समग्र रुपमा लिने हो, भने कुनै पनि प्रकारको ज्ञानलाई प्रत्यक्ष अनुभवबाट छुट्याउन सकिँदैन मानिसका शारीरिक ज्ञानेन्द्रियहरुद्वारा वस्तुगत बाह्य संसारको संवेदन नै सारा ज्ञानको स्रोत हो जसले यस्तो संवेदनलाई इन्कार गर्छ, प्रत्यक्ष अनुभवलाई इन्कार गर्छ वा यथार्थतालाई फेर्न व्यवहारमा व्यक्तिगत रुपले भाग लिने कुरालाई इन्कार गर्छ, भौतिकवादी होइन त्यसैलेसर्वज्ञ व्यक्तिहरु हास्यापस्द हुन्छन् एउटा पुरानो चिनियाँ भनाइ बाघको गुफामा नपसिकन कसरी तपार्ईं बाघको बच्चालाई समात्न सक्नुहुन्छ ? यो भनाइ मानिसको व्यवहारमा लागु हुन्छ यो ज्ञानसम्बन्धी सिद्धान्तमा पनि लागु हुन्छ व्यवहारबाट छुट्टै रुपमा ज्ञानको अस्तित्व रहनै सक्दैन

यथार्थतालाई फेर्ने व्यवहारको आधारमा उत्पन्न हुने ज्ञानप्राप्तिको द्वन्द्वात्मक भौतिकवादी क्रियालाई स्पष्ट पार्नका लागि, ज्ञानप्राप्तिको क्रिया विस्तारविस्तार गहन हुने कुरालाई स्पष्ट पार्नका लागि, तल केही थप ठोस दृष्टान्तलाई दिइएका छन्

पुँजीवादी समाजबारे सर्वहारावर्गको ज्ञानको कुरालाई लिऊँ आप्mनो व्यवहारको पहिलो अवधिमा अर्थात् मेशीनतोड्न स्वयंस्पूmर्त संघर्षको अवधिमा, सर्वहारावर्ग इन्द्रियग्राह्य ज्ञानको चरणमा नै रहेको थियो त्यसबेला त्यसलाई पुँजीवादका परिघटनाहरु केही पक्षहरु बाहिरी सम्बन्धबारे मात्र जानकारी थियो त्यसताका सर्वहारावर्गआफैमा वर्ग मात्र थियो आप्mनो व्यवहारको दोश्रो अवधिमा, अर्थात् सचेत तथा संगठित आर्थिक तथा राजनैतिक संघर्षको अवधिमा पुगेपछि, सर्वहारावर्गले पुँजीवादी समाजको सारतत्वलाई, सामाजिक वर्गहरुबीचको शोषणसम्बन्धलाई आप्mनै ऐतिहासिक अभिभारालाई बुझ्न सक्यो, त्यसले आप्mनै व्यवहारबाट आप्mनो लामो संघर्षको अनुभवबाट उपर्युक्त कुराहरु बुझ्नसकेको थियो, माक्र्स एन्जेल्सले सो अनुभवको वैज्ञानिक ढंगबाट निचोड निकालेर सर्वहारावर्गलाई शिक्षित पार्नका लागि माक्र्सवादी सिद्धान्तको सिर्जना गर्नुभयो अनिमात्र सर्वहारावर्गआप्mनैलागि वर्ग बन्यो

यही कुरा साम्राज्यवादबारे चिनियाँ जनताका ज्ञानमा पनि लागु हुन्छ पहिलो चरण छिपछिपे, इन्द्रिग्राह्य ज्ञानको चरण थियो, यो कुरा थाइपिङ स्वर्गीयअधिराज्य आन्दोलन, हो थ्वान आन्दोलन, आदिका अन्धाधुन्ध विदेशविरोधी संघर्षहरुमा प्रकट भएको थियो दोश्रो चरणमा मात्र चिनियाँ जनता बुद्धिसंगत ज्ञानको चरणमा पुगे, उनीहरुले साम्राज्यवादका भित्री बाह्य अन्तर्विरोधहरुलाई देखे, उनीहरुले कुन सारभूत सत्यलाई देखे भने साम्रज्यवादले चीनका दलाल तथा सामन्त वर्गहरुसित मिलेर व्यापक चिनियाँ जनताको उत्पीडन शोषण गरेको यस प्रकारको ज्ञान१९१९ को मई४ आन्दोलनको बेलातिर भयो

अर्को, हामी युद्धको कुरालाई लिऊँ युद्धका सञ्चालकहरुमा युद्धको अनुभवको अभाव भएमा, उनीहरुले प्रारम्भिक चरणमा एउटा विशेष युद्धको

(उदाहरणको लागि बितेका दशकको हाम्रो भूमिसम्बन्धी क्रान्तिकारी युद्ध) सञ्चालनसित सम्बन्धित गहन नियमहरुलाई बुझ्नेछैनन् प्रारम्भिक चरणमा उनीहरुले लडाइँको मात्र धेरै अनुभव पाउनेछन् यसबाहेक धेरै पराजयहरु भोग्नेछन् तर सो अनुभवबाट (जितेको लडाइँ खास गरी हारेको लडाइँको अनुभवबाट) उनीहरुले सम्पूर्ण युद्धको भित्री सूत्रलाई, अर्थात् उपयुक्त विशेष युद्धका नियमहरु बुझ्न सक्छन्, त्यसको रणनीति कार्यनीतिलाई बुझ्न सक्छन् फलस्वरुप विश्वासका साथ युद्धको सञ्चालन गर्न सक्छन् यदि यस्तो समयमा कुनै अनुभवहीन व्यक्तिलाई कमान सुम्पिन्छ भने, उसले पनि युद्धका सच्चा नियमहरु बुझ्न सक्नुअघि, अनेक पराजयहरु भोग्नुपर्ने (अनुभव प्राप्त गर्नुपर्ने) हुन्छ

जब कुनै कामरेड आपूmलाई दिएको कामलाई सकार्न आनाकानी गर्छ, हामी अक्सर यसो भनेको सुन्छौँ, “यो काम गर्न सक्छु जस्तो मलाई लाग्दैन उसलाई आफैमाथि विश्वास नभएको किन ? किनभने उसमा सो कामको सारतत्व तथा स्थितिबारे कुनै व्यवस्थित समझदारी छैन, अथवा किनभने त्यस्तो कामसित उसको थोरै सम्पर्क वा सम्पर्क छैन त्यसैले सो कामको सञ्चालन गर्ने नियमहरुलाई बुझेको छैन सो कामको स्वरुप स्थितिको विस्तृत विश्लेषण गरेपछि, उसलाई आपूmमाथि विश्वास हुनेछ उसले सो काम स्वेच्छाले गर्नेछ यदि केही समयसम्म काम गरेर उसले अनुभव प्राप्त गर्छ यदि खुल्ला दिलले चीजहरुलाई हेर्न इच्छुक मनोगत, एकांगी टपर्टुययाँ ढंगबाट समस्याहरुलाई हेर्दैन भने, आफैले काम गर्ने तरिकाको बारेमा निष्कर्षहरु निकाल्न सक्छ बढी हौसला लिएर काम गर्न सक्छ जो व्यक्तिहरु समस्याहरुप्रति मनोगत, एकांगी टपर्टुप्याँ दृष्टिकोण अपनाउँछन् उनीहरुले मात्र परिस्थितिको ख्याल नगरिकन सम्पूर्ण रुपमा चीजहरुलाई

(सम्पूर्ण रुपमा तिनको इतिहास वर्तमान स्थिति) नहेरिकन चीजहरुको सारतत्वमा (तिनीहरुको स्वरुप तिनीहरुबीचको आन्तरिक सम्बन्धहरु) नपुकिगन, घटनास्थलमा पुग्नेबित्तिकै मै हुँ भन्ने भावनाले आदेश निर्देशनहरु दिनेछन् यस्ता मानिसहरु अनिवार्यरुपले ठक्कर खाएर गिर्छन्

यसरी के देख्न सकिन्छ भने ज्ञानप्राप्तिको प्रक्रियामा पहिलो पाइला बाह्य संसारका चीजहरुसित सम्पर्क हो, यो इन्द्रियसंवेदनाका चरण हो दोश्रो चरण हो संवेदनद्वारा प्राप्त भएका तथ्यांकहरुलाई व्यवस्थित पुननिर्मित गरेर तिनको संयोजन गर्नु, यो धारणा, निर्णय तर्कको चरण हो संवेदनाद्वारा प्राप्त तथ्यांकहरु ज्यादै समृद्ध भए (टुक्राटुक्री नभए) ती यथार्थताको अनुरुप भए (भ्रामक नभए) मात्र ती सही धारणा सिद्धान्तहरुको निर्माणका लागि आधार बन्न सक्छन्

यहाँ दुइटा महत्वपूर्ण कुराहरुमा जोड दिइनु पर्छ पहिलो कुरा, जसको उल्लेख हामीले माथि गरेका छौँ जसलाई यहाँ दोहो¥याउनु आवश्यक , त्यो के हो भने बुद्धिसंगत ज्ञान इन्द्रियग्राह्य ज्ञानमाथि निर्भर रहन्छ बुद्धिसंगत ज्ञान इन्द्रियग्राह्य ज्ञानबाट प्राप्त गर्नु जरूरी छैन भनी जसले सोच्दछ त्यो आदर्शवादी हो दर्शनको इतिहासमा यस्तोबुद्धिवादी सम्प्रदाय पाइएको , जसले बुद्धिको यथार्थतालाई मात्र मान्दछ अनुभवको यथार्थतालाई मान्दैन जसको कस्तो विश्वास भने बुद्धि मात्र भरपर्दो इन्द्रियग्राह्य अनुभव भरपर्दो छैन यस सम्प्रदायको गल्ती के हो भने त्यसले चीजहरुलाईउल्टापुल्टा पारेर राख्छ बुद्धिसंगत ज्ञानको स्रोत इन्द्रियसंवेदन भएको हुनाले नै, सो ज्ञान भरपर्दो भएको हो, नत्रभने त्यो मुहानविनाको पानीजस्तो, जरा नभएको रूखजस्तो, मनोगत स्वतः उत्पन्न हुने भरपर्न नसकिने हुनेछ ज्ञानप्राप्तिको प्रक्रियामा क्रमको दृष्टिबाट हेर्दा इन्द्रियग्राह्य अनुभव पहिले आउँछ ज्ञानप्राप्तिको प्रक्रियामा हामीले सामाजिक व्यहारको महत्वमाथि बल दिनाको ठीक कारण के हो भने सामाजिक व्यवहारले मात्र मानवीय ज्ञान पैदा गर्न सक्छ त्यसले मात्र मानिसलाई वस्तुगत संसारबाट इन्द्रियग्राह्य अनुभव प्राप्त गर्ने बाटोमा लगाउन सक्छ जो व्यक्ति आप्mना आँखाहरु चिम्लने गर्छ, आप्mना कानहरु बन्द गर्छ आपूmलाई वस्तुगत संसारबाट पूरैसित अलग राख्छ, उसले कुनै ज्ञान प्राप्त गर्न सक्दैन ज्ञान अनुभवबाट शुरू हुन्छयो नै ज्ञानसिद्धान्तको भौतिकवाद हो

दोश्रो कुरा के हो भने ज्ञानलाई गहन बनाउनु आवश्यक , ज्ञानको इन्द्रिय ग्राह्य चरणलाई बुद्धिसंगत चरणमा विकास गर्नु आवश्यक ,– यो नै ज्ञानसिद्धान्तको द्वन्द्ववाद हो ज्ञान तल्लो, इन्द्रियग्राह्य चरणमा रोकिन सक्छ, इन्द्रियग्राह्य ज्ञान मात्र भरपर्दो तर बुद्धिसंगत ज्ञान भरपर्दो छैन भनेर सोच्नुको अर्थअनुभववाद को ऐतिहासिक गल्तीलाई दोहो¥याउनु हुन्छ यस सिद्धान्तको गल्ती कुन कुरा बुझ्न नसक्नुमा रहेको भने इन्द्रिय संवेदनबाट प्राप्त तथ्यांकहरुले वस्तुगत संसारको यथार्थताहरुलाई प्रतिबिम्बित गरे तापनि

(यहाँ मैले तथाकथित आत्मनिरीक्षणसम्म अनुभवलाई सीमित राख्ने आदर्शवादी अनुभववादको कुरा गरेको होइन) ती एकांगी टपर्टुप्याँ मात्र हुन्छन् तिनले चीजहरुलाई अपूर्ण रुपमा प्रतिबिम्बित गर्छन् चीजहरुको सारतत्वलाई प्रतिबिम्बित गर्दैनन् कुनै चीजलाई साङ्गोपाङ्ग रुपमा प्रतिबिम्बित गर्नका लागि, त्यसको सारतत्वलाई प्रतिबिम्बित गर्नका लागि, त्यसका नीहित नियमहरुलाई प्रतिबिम्बित गर्नका लागि कुनकुरा आवश्यक भने चिन्तनको प्रयोगद्वारा इन्द्रियसंवदेनका समृद्ध तथ्यांकहरुलाई पुनर्निर्मित गरिनुपर्छ, बेमहत्वका कुराहरुलाई पन्छाएर मुख्यमुख्य कुराहरुलाई ग्रहण गरिनुपर्छ, बेमहत्वका कुराहरुलाई पन्छाएर मुख्य मुख्य कुराहरुलाई ग्रहण गरिनुपर्छ, भूmटलाई हटाएर सत्यलाई कायम गरिनुपर्छ एकबाट अर्कोतर्पm बाहिरबाट भित्रतर्फ अघिबढ्नुपर्छ, जसले गर्दा धारणा सिद्धान्तहरुको व्यवस्था कायम गर्न सकियोस् अर्थात इन्द्रियग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानमा छलांग मार्नुपर्छ यसरी पनुर्निर्मित गरिएको ज्ञान त्यति खोक्रो वा अविश्वसनीय, हुँदैन, त्यसको उल्टो, ज्ञानप्राप्तिको प्रक्रियामा व्यवहारको आधारमा जुन कुरालाई वैज्ञानिक ढंगबाट पुनर्निर्मित गरिएको हुन्छ, त्यसले वस्तुगत यथार्थतालाई लेनिनले भन्नुभए झैँ, बढी गहिरोसित, बढी सच्चाइपूर्वक बढी पूर्ण रुपमा प्रतिबिम्बित गर्छ यसको विपरित, लट्ठकव्यावहारिक मान्छेहरु अनुभवलाई कदर गर्छन् सिद्धान्तलाई घृणा गर्छन्, त्यसैले उनीहरु कुनै सम्पूर्ण वस्तुगत प्रक्रियालाई विस्तृत रुपमा देख्न सक्दैनन्, उनीहरुमा स्पष्ट दिशार दूरदृष्टिको अभाव हुन्छ उनीहरु यदाकदा पाइने सफलताहरु सत्यका झिल्काहरुबाट संतुष्ट रहन्छन् यस्ता व्यक्तिहरुबाट क्रान्तिको संचालन भएमा, तिनीहरुले त्यसलाई अँध्यारो खाल्डोभित्र जाकिदिन्छन्

बुद्धिसंगत ज्ञान इन्द्रियग्राह्य ज्ञानमाथि निर्भर रहन्छ इन्द्रियग्राह्य ज्ञानलाई बुद्धिसंगत ज्ञानमा विकसित गर्नुपर्ने हुन्छयो नै ज्ञानको द्वन्द्वात्मकभौतिकवादी सिद्धान्त हो दर्शनशास्त्रमा बुद्धिवाद अनुभववाद ले ज्ञानको ऐतिहासिक वा द्वन्द्वात्मक स्वरुपलाई बुझ्दछ यी दुइ सम्प्रदायहरुमध्ये प्रत्येकमा सत्यको एउटा पक्ष रहेको , (यहाँ मैले आदर्शवादी बुद्धिबाद तथा अनुभववादवारे होइन, भौतिकवादी बुद्धिबाद तथा अनुभववादबारे मैले आदर्शवादी बुद्धिवादतथा अनुभववादबारे होइन, भौतिकवादी बुद्धिवाद तथा अनुभवबाद बारे चचौ गर्दैछु) तर सम्पूर्ण रुपमा ज्ञानसिद्धान्तको सम्बन्धमा दुवै गलत छन् इन्द्रियग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानतर्फ द्वन्द्वात्मकभौतिकवादी क्रिया ज्ञानप्राप्तिको ठूलो प्रक्रियामा (उदाहरणार्थ, कुनै एउटा चीज वा काम) लागु हुन्छ साथै ज्ञानप्राप्तिको ठूलो प्रक्रियामा (उदाहरणार्थ, सम्पूर्ण समाज वा क्रान्तिबारे जानकारी प्राप्त गर्नु) पनि लागु हुन्छ

तर ज्ञानप्राप्तिको गति यही टुंगिदैन ज्ञानप्राप्तिको द्वन्द्वात्मकभौतिकवादी गति बुद्धिसंगत ज्ञानमा पुगेर रोकिएमा, समस्याको आधा हिस्सा मात्र हल हुनेछ जहाँसम्म माक्र्सवादी दर्शनको सम्बन्ध , त्यसको दृष्टिमा यो समस्याको कम महत्वपूर्ण अर्धाश मात्र हो माक्र्सवादी दर्शनको के मत भने वस्तुगत संसारमा नियमहरुलाई बुझ्नु यसरी संसारको व्याख्या गर्नसक्नु सबभन्दा महत्वपूर्ण समस्या होइन, बरू सबभन्दा महत्वपूर्ण समस्या संसारलाई फेर्नका लागि उपर्युक्त नियमहरुसम्बन्धी ज्ञानलाई सक्रिय रुपमा लागु गर्नु हो माक्र्सवादी दृष्टिकोणअनुसार सिद्धान्त महत्वपूर्ण , क्रान्तिकारी सिद्धान्त नभइकन कुनै क्रान्तिकारी आन्दोलन हुन सक्दैन भन्ने लेनिनको भनाइमा सिद्धान्तको महत्व पूरा रुपमा अभिव्यक्त भएको तर माक्र्सवादले सिद्धान्तको महत्वमाथि जोड दिनाको ठीक तथा एकमात्र कारण के हो भने त्यसले कार्यमा पथप्रदर्शन गर्न सक्छ हामीसित सही सिद्धान्त तर यदि हामी त्यसबारे फतफताउने मात्र गछौंँ, त्यसलाई दराजमा थन्काएर राख्छौँ व्यवहारमा उतार्दैन्नौँ भने त्यो सिद्धान्त, जतिसुकै राम्रो भए पनि, महत्वहीन रहन्छ ज्ञान व्यवहारबाट शुरू हुन्छ, व्यवहारद्वारा सैद्धान्तिक ज्ञान प्राप्त गरिन्छ अनि सो ज्ञान व्यवहारमा फर्कनुपर्छ ज्ञानको सक्रिय कार्यले इन्द्रियग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानतर्फ छलांगमा मात्र आफूलाई अभिव्यक्त गर्दैन, तर बढी महत्वपूर्ण कुरा के हो भने, त्यसले बुद्धिसंगत ज्ञानबाट क्रान्तिकारी व्यवहारतर्फ छलांगमा पनि आफूलाई अभिव्यक्त गर्नुपर्छ जुन ज्ञानले संसारका नियमहरुलाई आत्मसात् गर्दछ त्यसलाई संसारलाई वर्गसंघर्ष क्रान्तिकारी राष्ट्रिय संघर्षको व्यवहारमा वैज्ञानिक प्रयोगको व्यवहारमा फेरि लागु गरिनुपर्छ यो सिद्धान्तलाई जाँच्ने विकसित गर्ने प्रक्रिया हो, ज्ञानप्राप्तिको सम्पूर्ण प्रक्रियाको विस्तार हो सिद्धान्त वस्तुगत यथार्थताको अनुरुप कि छैन, भन्ने जुन समस्या त्यो इन्द्रियग्राह्य ज्ञानबाट बुद्धिसंगत ज्ञानमा हुने माथि उल्लेखित क्रियामा पूर्ण रुपले समाधान हुँदैन हुन सक्दैन यो समस्या समाधान गर्ने एकमात्र उपाय होबुद्धिसंगत ज्ञानलाई सामाजिक व्यवहारतर्फ फेरि निर्देशित गर्नु, सिद्धान्तलाई व्यवहारमा लागु गर्नु त्यसले इच्छा गरिएका उद्देश्यहरुलाई पूरा गर्न सक्छ कि सक्दैन भनेर हेर्नु प्राकृतिक विज्ञानका अनेकौं सिद्धान्तहरुलाई साँचो मानिन्छ, त्यसको कारण के मात्र होइन भने प्राकृतिक वैज्ञानिकहरुबाट तिनको प्रतिपादन गरिँदा तिनलाई साँचो ठानिएको थियो, तर त्यसको कारण के पनि हो भने पछि गरिएका वैज्ञानिक प्रयोगहरुमा ती सिद्धान्तहरु सत्य सावित भए उसैगरी, माक्र्सवादलेनिनवादलाई साँचो मान्नाको कारण के मात्र होइन भने माक्र्स, एन्जेल्स, लेनिन स्टालिनले त्यसको वैज्ञानिक ढंगबाट प्रतिपादन गर्नु हुँदाखेरी त्यसलाई सत्य ठानिएको थियो, तर त्यसको कारण के पनि हो भने पछिको क्रान्तिकारी वर्गसंघर्ष क्रान्तिकारी राष्ट्रिय संघको व्यवहारमा त्यो सत्य सावित भएको द्वन्द्वात्मकभौतिकवाद एउटा सर्वव्यापी सत्य हो, किनभने आप्mनो व्यवहारमा कोही पनि व्यक्ति त्यसको प्रभुत्वबाट उम्कन सक्दैन मानवीय ज्ञानको इतिहासले हामीलाई के बताउँछ भने अनेकौं सिद्धान्तहरुको सच्चाइ अपूर्ण यो अपूर्णतालाई व्यवहारको कसीमा जाँचेर हटाइन्छ अनेकौं सिद्धान्तहरु गलत छन् व्यवहारको कसीमा जाँचेर तिनका गल्तीहरुलाई सच्याइन्छ यही कारणले गर्दा व्यवहार सत्यको कसी हो जीवनको दृष्टिकोण, व्यवहारको दृष्टिकोण ज्ञानसिद्धान्तमा पहिलो आधारभूत कुरो हुनुपर्छ () स्टालिनले ठीकसित भन्नुभएको क्रान्तिकारी व्यवहारसित नगांसिएको खण्डमा सिद्धान्त त्यसरी नै उद्देश्यहीन बन्छ, जसरी क्रान्तिकारी सिद्धान्तद्वारा व्यवहारको बाटो आलोकित नभएमा व्यवहार अँध्यारोमा छामछामछुमछुम गरिरहन्छ

यहाँसम्म पुगेपछि के ज्ञानप्राप्तिको गति पूरा हुन्छ ? हाम्रो जवाफ पूरा हुन्छ पूरा हुँदैन पनि जब सामाजिक विकासको कुनै खास चरणमा मानिसहरु कुनै वस्तुगत प्रक्रियालाई (प्राकृतिक प्रक्रिया होस् वा सामाजिक प्रक्रिया) फेर्ने व्यवहारमा लाग्दछन्, तब आप्mनो दिमागमा पर्ने वस्तुगत प्रक्रियाको प्रतिबिम्बको फलस्वरुप आप्mनो मनोगत क्रियाकलापको प्रयोगको फलस्वरुप, उनीहरुले आप्mनो ज्ञानलाई इन्द्रियग्राहय चरणबाट बुद्धिसंगत चरणमा बढाउन सक्छन् सामान्यतः सम्बन्धित वस्तुगत प्रक्रियाका नियमहरुअनुरुप विचार, सिद्धान्त, योजना वा कार्यक्रमको निर्माण कार्य गर्न सक्छन् अनि तिनीहरुले सो विचार, सिद्धान्त, योजना वा कार्यक्रमलाई त्यही वस्तुगत प्रक्रियाको व्यवहारमा लागु गर्छन् यदि उनीहरुले आफूले चाहेको उद्देश्यहरु हासिल गर्न सक्छन् भने, अर्थात् यदि व्यवहारको त्यही प्रक्रियामा उनीहरुले पूर्वानिर्मित विचार, सिद्धान्त, योजना वा कार्यक्रमलाई यथार्थतामा फेर्न सक्छन् वा मोटामोटी हिसाबले फेर्न सक्छन् भने तब सो खास प्रक्रियाको सम्बन्धमा ज्ञानप्राप्तिको क्रिया पूरा भएको मान्न सकिन्छ उदाहरणका लागि, प्रकृतिलाई फेर्ने सिलसिलामा, कुनै इन्जिनियरिगं योजना पूरा हुनु, कुनै वैज्ञानिक अनुमानको सच्चाइ प्रमाणित हुनु, कुनै औजा बनाउनु वा फसल काट्नु, अथवा समाजलाई फेर्ने सिलसिलामा, कुनै हडताल विजयी बन्नु युद्धमा विजयी हुनु वा कुनै शिक्षायोजना पूरा हुनुयी सबैलाई इच्छा गरिएका उद्देश्यहरु सिद्ध भएको मान्न सकिन्छ तर, सामान्य रुपमा भन्ने हो भने, चाहे प्रकृतिलाई फेर्ने व्यवहारमा होस् चाहे समाजलाई, मानिसहरुका मूल विचार, सिद्धान्त योजना वा कार्यक्रममा कुनै कुनै परिवर्तन नभएकन ती विरलै सिद्ध हुन्छन् बरू वस्तुगत प्रक्रिया कतिसम्म विकसित भएको सो प्रक्रिया कुन हदसम्म अभिव्यक्त भएको (वस्तुगत प्रक्रियाका पक्षहरु सारतत्व अझसम्ममा पूरा रुपमा प्रकट नभएका हुन्छन्) भन्ने कुराले पनि उनीहरुका सीमाहरुलाई निर्धारित गर्छ यस्तो स्थितिमा, व्यवहारको क्रममा अप्रत्यासित परिस्थितिको जानकारी हुनु आएको कारणले गर्दा विचार, सिद्धान्त, योजना वा कार्यक्रमहरु साधारणत, आंशिक रुपमा कहिलेकाँही सम्पूर्ण रुपमा पनि फेरिन्छन् अर्थात् कुरा कस्तो हुन्छ भने गलत ज्ञानलाई सच्याएर त्यसलाई वस्तुगत प्रक्रियाका नियमहरुअनुरुप पार्नुअघि त्यसैले मनोगतलाई वस्तुगतमा फेर्नुअघि, अर्थात् व्यवहारमा प्रत्याशित परिणामहरु प्राप्त गर्नुअघि धेरै पटक असफलताहरुको सामना गर्नुपर्ने हुन्छ तर सो बिन्दुमा पुगेपछि, विकासको कुनै खास चरणमा कुनै वस्तुगत प्रक्रियासम्बन्धी मानिसको ज्ञानप्राप्तिको क्रिया पूरा भएको मान्न सकिन्छ

तर जहाँसम्म प्रक्रियाको प्रगतिको सवाल , मानिसको ज्ञानप्राप्तिको क्रिया पूरा हुँदैन चाहे प्राकृतिक क्षेत्रमा होस् चाहे सामाजिक क्षेत्रमा, हरेक प्रक्रिया आप्mनो भित्री अन्तर्विरोध संघर्षको कारणले गर्दा अघि बढ्छ विकसित हुन्छ त्यससँगसँगै मानिसको ज्ञानप्राप्तिको क्रिया पनि बढ्नुपर्छ विकसित हुनुपर्छ जहाँसम्म सामाजिक आन्दोलनहरुको सम्बन्ध , सच्चा क्रान्तिकारी नेताहरुले आप्mनो विचार, सिद्धान्त, योजना वा कार्यक्रम गलत सावित भएमा, माथि बताइएझैँ, त्यसलाई सुधार्नमा सिपालु हुनुपर्छ त्यसका साथै, कुनै वस्तुगत प्रक्रियाले प्रगति गरिसकेपछि विकासको एउटा चरणबाट अर्को चरणमा फेरिसकेपछि, उनीहरुले त्यससँगसँगै आप्mनो आप्mना साथीक्रान्तिकारीहरुको मनोगत ज्ञानलाई बढाउनमा फेर्नमा पनि सिपालु हुनुपर्छ, अर्थात् उनीहरुले कुन कुरा सुनिश्चित पार्नुपर्छ भने प्रस्तावित नयाँ क्रान्तिकारी अभिभाराहरु नयाँ व्यावहारिक कार्यक्रमहरु परिस्थितिमा भएका नयाँ परिवर्तनहरु अनुरुप होऊन् क्रान्तिकारी अवधिमा परिस्थिति खुब छिटोपना साथीक्रान्तिकारीहरुको मनोगत ज्ञानलाई बढाउनमा फेर्नमा पनि सिपालु हुनुपर्छ, अर्थात् उनीहरुले कुन कुरा सुनिश्चित पार्नुपर्छ भने प्रस्तावित नयाँ क्रान्तिकारी अभिभाराहरु नयाँ व्यवहारकि कार्यक्रमहरु परिस्थितिमा भएका नयाँ परिवर्तनहरु अनुरुप होऊन् क्रान्तिकारी अवधिमा परिस्थिति खुब छिटोपना साथीक्रान्तिकारीहरुको मनोगत ज्ञानलाई बढाउनमा फेर्नमा पनि सिपालु हुनुपर्छ, अर्थात् उनीहरुले कुन कुरा सुनिश्चित पार्नुपर्छ भने प्रस्तावित नयाँ क्रान्तिकारी अभिभाराहरु नयाँ व्यवहारकि कार्यक्रमहरु परिस्थितिमा भएका नयाँ परिवर्तनहरु अनुरुप होऊन् क्रान्तिकारी अवधिमा परिस्थिति खुब छिटोछिटो फेरिन्छ, यदि परिवर्तित परिस्थिति अनुसार क्रान्तिकारीहरुको ज्ञान छिटोछिटो फेरिएन भने, उनीहरुले क्रान्तिलाई विजयसम्म अघि बढाउन सक्नेछैनन्

तर, अक्सर कस्तो हुन्छ भने विचार यथार्थभन्दा पछि परेको हुन्छ, यसको कारण के हो भने अनेकौं सामाजिक अवस्थाहरुले मानिसको ज्ञानलाई सीमित पारेका हुन्छन् हामी क्रान्तिकारी पंक्तिहरुमा त्यस्ता कट्टरपंथीहरुको विरोध गछौँ, जसको विचार बदलिँदो वस्तुगत परिस्थितिसँगसँगै बढ्न सक्दैन त्यसले ऐतिहासिक दृष्टिले आपूmलाई दक्षिणपन्थी अवसरवादको रुपमा अभिव्यक्त गरेको हुन्छ त्यस्ता मानिसहरु कुन कुरा देख्न सक्दैनन् भने विरोधी पक्षहरुको संघर्षले वस्तुगत प्रक्रियालाई अघि बढाइसकेको , तर उनीहरुको ज्ञान पुरानो चरणमा नै रोकिएको सबै कट्टरपन्थीहरुको सोचाइको विशेषता नै यही हो उनीहरुको सोचाइ सामाजिक व्यवहारबाट अलगिएको हुन्छ, उनीहरु अघि बढेर समाजको रथलाई बाटो देखाउन सक्दैनन्, उनीहरु रथको पछिपछि मात्र लागेर के फत्फताउँछन् भने रथ खुब छिटो अघि लाग्दैछ, उनीहरु त्यसलाई पछिल्तिर ढकेल्न वा उल्टो दिशातर्फ लैजान कोशिश गर्छन्

हामीबामपन्थी शब्दाडम्बरको पनि विरोध गछौँ बामपन्थीहरुको सोचाइ वस्तुगत प्रक्रियाको विकासको खास चरणभन्दा अघिबढेको हुन्छः तिमध्ये कोही आप्mनो काल्पनिक उडानलाई सत्य ठान्छन् अरूहरु भविष्यमा मात्र सिद्ध गर्नसकिने आदर्शलाई अहिले नै जबर्दस्त सिद्ध गर्न चाहन्छन् उनीहरुले बहुसंख्यक जनताको वर्तमान व्यवहारबाट वर्तमान समयका यथार्थताहरुबाट आपूmलाई अलग पार्छन् आप्mना काम कार्बाइहरुमा आपूmलाई दुस्साहसवादीको रुपमा प्रस्तुत गर्छन्

आदर्शवाद यांत्रिक भौतिकवाद, अवसरवाद दुस्साहसवाद, सबैको विशेषता के हो भने तिनमा मनोगत वस्तुगतको बीचमा खाल्डो रहेको हुन्छ, ज्ञान व्यवहारबाट छुट्टिएको हुन्छ माक्र्सवादीलेनिनवादी ज्ञानसिद्धान्तको विशेषता नै वैज्ञानिक सामाजिक व्यवहार हो त्यसैले, त्यसले उपयुक्त गलत प्रवृत्तिहरुको दृढ रुपमा विरोध नगरिरहनु सक्दैन माक्र्सवादीहरु कुन कुरा मान्छन् भने ब्रह्माण्डको विकासको निरपेक्ष तथा सामान्य प्रक्रियामा प्रत्येक विकासको कुनै खास चरण कुनै खास प्रक्रियासम्बन्धी मानिसको ज्ञान सापेक्ष सत्य मात्र रहन्छ असंख्य सापेक्ष सत्यहरुको कुल जोड नै निरपेक्ष सत्य बन्छ () कुनै वस्तुगत प्रक्रियाको विकास अन्तर्विरोध संघर्षहरुले भरिपूर्ण रहन्छ त्यस्तै मानवीय ज्ञानको गतिको विकास पनि अन्तर्विरोध संघर्षहरुले भरिपूर्ण रहन्छ वस्तुगत संसारका सबै द्वन्द्वात्मक गतिहरु मानवीय ज्ञानमा ढिलो वा चाडो प्रतिबिम्बित हुन सक्छन् सामाजिक व्यवहारामा, उत्पत्ति, विकास विनाशको प्रक्रिया अनन्तरुपले चलिरहन्छ कुनै खास विचार, सिद्धान्त, योजना वा कार्यक्रमहरु मुताविक वस्तुगत यथार्थतालाई फेर्ने मानिसको व्यवहार जतिजति अघि बढ्दै जान्छ त्यतित्यति वस्तुगत यथार्थतासम्बन्धी उसको ज्ञान पनि गहन हुँदै जान्छ वस्तुगत यथार्थताको फेर्ने मानिसको व्यवहार जतिजति अघि बढ्दै जान्छ त्यतित्यति वस्तुगत यथार्थतासम्बन्धी उसको ज्ञान पनि गहन हुँदै जान्छ वस्तुगत यथार्थताको संसारमा हुने परिवर्तनको गति कहिल्यै टुंगिदैन, त्यस्तै व्यवहारद्वारा मानिसबाट गरिने सत्यबोध पनि कहिल्यै टुंगिदैन माक्र्सवादलेनिनवादले सत्यलाई कदापि रित्याइसकेको छैन, बरू त्यसले व्यवहारको क्रममा सत्यको ज्ञान प्राप्त गर्ने बाटोलाई अनवरतरुपले खुलस्त पारिदिन्छ हाम्रो निष्कर्ष के हो भने मनोगत वस्तुगतबीच, सिद्धान्त व्यवहारबीच, बोध गर्ने काम गर्नेबीच ठोस, ऐतिहासिक एकता कायम गरिनुपर्छ, हामी ठोस इतिहासबाट अलग रहने साराबामपन्थी वा दक्षिणपन्थी गलत विचारधाराहरुको विरोध गछौँ

समाजविकासको वर्तमान युगको, इतिहासले सर्वहारावर्ग त्यसको पार्टीको काँधमाथि संसारलाई सही रुपमा बुझ्ने त्यसलाई फेर्ने जिम्मेदारी हालिदिएको वैज्ञानिक ज्ञानअनरुप निर्धारित यो प्रक्रिया, अर्थात् संसारलाई फेर्ने व्यवहार संसारमा चीनमा एउटा ऐतिहासिक घडीमा पुगिसकेको यस्तो ऐतिहासिक घडीमा पुगेको जुन मानव इतिहासमा अभूतपूर्वछ, अर्थात् यो घडी हो जसमा संसारबाट चीनबाट अंधकारलाई पूर्णतया हटाउनको लागि संसारलाई एक अभूतपूर्व उज्यालो संसारमा फेर्नका लागि प्रयत्न गरिँदैछ संसारलाई फेर्नका लागि गरिने सर्वहारावर्ग क्रान्तिकारी जनताको संघर्षले निम्नलिखित अभिभाराहरु पूरा गर्नुपर्छः वस्तुगत संसारलाई फेर्नुर त्यससँगै आप्mनै वस्तुगत संसारबीचका सम्बन्धहरुमा परिवर्तन गर्नु पृथ्वीको एक भागमा, अर्थात् सोभियत संघमा यस्तो परिवर्तन भइसकेको त्यहाँका जनता परिवर्तनको यस प्रक्रियालाई अघि बढाइरहेका छन् चीन शेष संसारका जनता परिवर्तनको यस प्रक्रियालाई अघि बढाइरहेका छन् चीन शेष संराका जनता परिवर्तनको यस प्रक्रियाबाट यात गुज्रिरहेका छन् या गुज्रनेछन् जुन वस्तुगत संसारलाई फेर्नुपरेकोछ, त्यसमा परिवर्तनका सबै विरोधीहरु पनि समावेश छन्, उनीहरुले स्वेच्छापूर्ण, सचेत परिवर्तनको चरणमा प्रवेश गर्नुअघि, परिवर्तनका लागि बाध्यताको चरणबाट गुज्रनुपर्छ जब समस्त मानव जातिले स्वेच्छापूर्वक सचेत रुपमा आफँैलाई संसारलाई फेर्छ, तब विश्वसाम्यवादको युगमा पुग्नेछ

व्यवहारद्वारा सत्य पत्ता लाऊ, फेरि व्यवहारद्वारा सत्यको पारख गर त्यसलाई विकसित गर इन्द्रियग्राह्य ज्ञानबाट शुरू गर सक्रियतापूर्वक त्यसलाई बुद्धिसंगत ज्ञानमा विकसित गर, अनि बुद्धिसंगत ज्ञानबाट शुरू गर मनोगत तथा वस्तुगत दुवै संसारलाई फेर्नका लागि सक्रिय रुपले क्रान्तिकारी व्यवहारको पथप्रदर्शन गर व्यवहार ज्ञान, फेरि व्यवहार फेरि ज्ञान यो क्रम अनन्त रुपले दोहरिएर रहन्छ प्रत्येक आवृत्तिका साथसाथै व्यवहार ज्ञानको सारतत्व माथिल्लो स्तरमा पुग्छ यो नै सम्पूर्ण द्वन्द्वात्मकभौतिकवादी ज्ञानसिद्धान्त हो, यो नै बोध कार्यको एकतासम्बन्धी द्वन्द्वात्मकभौतिकवादी सिद्धान्त हो

टिप्पणीहरु

.      वी.आइ.लेनिन, “हेगेलको तर्कविज्ञानको रुपरेखा रसियाली संस्करण, मास्को १९५८, भाग ३८, पृष्ठ २०५

.      हेर्नुहोस् कार्ल माक्र्स, “फायरबाखसम्बन्धी प्रस्थापनहरु, कार्ल माक्र्स फ्रेडरिक एन्जेल्स, चुनिएका रचनाहरु, दुइ भागमा, अंग्रेजी संस्करण, विदेशी भाषा प्रकाशन गृह, मास्को, १९५८ भाग , पृष्ठ ४०३ वी.आइ लेनिन, संकलित रचनाहरु, अंग्रेजी संस्करण वि.भा.प्र.गृ. मास्को, १९५२, पृष्ठ १३६४२

.      तीन राज्यहरुको कहानी (१४) औं शताब्दीको आखिरीमा १५ औं शताब्दीको शुरूमा) लो क्वनचुङद्वारा लिखित एउटा चिनियाँ ऐतिहासिक उपन्यास हो,

.      वी.आई. लेनिन, “हेगेलको तर्कविज्ञानको रुपरेखा, रसियाली संस्करण, मास्को, १९५८, भाग ३८, पृष्ठ १६१

.      “समझदारी प्राप्त गर्नका लागि, अनुभवको आधारमा बुझ्न शुरू गर्नु, अध्ययन गर्नु अनुभववादबाट सर्वव्यापकको स्तरमा उठ्नु आवश्यक (.. पृष्ठ १९७)

.      वी.आई.लेनिन के गर्ने ?, अंग्रेजी संस्करण वि.भा.प्र.गृ. मास्को, १९६१, भाग पृष्ठ ३६९

.      वी.आई.लेनिन, भौतिकवाद अनुभवसिद्ध आलोचना, अंग्रेजी संस्करण वि.भा.प्र.गृ. मास्को, १९५२, पृष्ठ १४१

.      जे.वी. स्टालिन, लेनिनवादका आधारहरु, अंग्रेजी संस्करण, वि.भा.प्र.गृ. मास्को, १९५४, पृष्ठ ३१

.      हेर्नुहोस् वी.आई.लेनिन, भौतिकवाद अनुभवसिद्ध आलोचना, अंग्रेजी संस्करण, वि.भा.प्र.गृ. मास्को, १९५२, पृष्ठ १२९३६

(–हस्तबहादुर के.सी. द्वारा संकलित तथा सम्पादित पुस्तक ‘माओत्सेतुङका प्रमुख लेखहरु’ बाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु