उद्योग-वाणिज्य महासंघको संयोजकमा योगेश बुढाथोकी

२०७९ चैत्र ४ गते, शनिबार


काठमाडौ । नेपाल राष्ट्रिय उद्योग-वाणिज्य महासंघको राष्ट्रिय भेलाले योगेश बुढाथोकीको संयोजकत्वमा ३२ सदस्यीय तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ । शुक्रबार काठमाडौमा भएको उद्योग-वाणिज्य महासंघको राष्ट्रिय भेलालाई नेकपाका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले सम्बोधन गर्दै दलाल पुँजीवादको उदय सुगौली सन्धिदेखि भएको र आज सत्तारूढ भएकोले यसको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना अनिवार्य भएको बताए । उनले देशको वर्तमान राजनीतिक र आर्थिक सङ्‌कटको विकल्प नौरङ्गी पुँजीवादले दिन नसक्ने भएकोले व्यवस्था नबदलिकन अवस्था नबदलिने बताए ।
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा जवस फ्रयाज्सन इन्चार्ज शिलुले प्रशिक्षण मन्तव्य राखेकी थिइन।
सहभागी प्रतिनिधीहरुले अनुभूति र जिज्ञाससहित रिपोर्टिङ राखेपछि प्रशिक्षण पश्चात फ्रयाक्सन इन्चार्ज शिलुबाट पुरानो समितिको विघटन र नयाँ समितिको प्रस्ताव गरे लगत्तै कार्य समिति पारित भएको थियो । कार्य समिति पारित भएपछि समापन समारोहको अध्यक्षता नवनिर्वाचित संयोजकले गरे भने उद्‌घोषण सीताराम उप्रेतीले गरेका थिए।
नवनिर्वाचित कार्य समितिलाई युवा सङ्‌गठन‌का केन्द्रीय कोषाध्यक्ष सुभास राईले सफल कार्यकालको शुभकामना दिँदै “एमाले र का‌ङ्ग्रेस निकट उद्योग- व्यापार सङ्‌गठनले विचौलिया र कालाबजारियाको प्रतिनिधित्व गर्छन भने राष्ट्रिय उद्योग-व्यापार महासंघले जनता तथा आम उपभोक्ता र राष्ट्रिय पुँजीको रक्षार्थ सङ्‌घर्ष गर्न अपिल सहित सफल कार्यकालको शुभकामना दिए ।
नवनिर्वाचित कार्यसमितिले निवर्तमान प्रयाक्स इञ्चार्ज र अध्यक्षको विदाई र नवनिर्वाचित प्रयाक्सन इन्चार्ज शिलुको स्वागत अभिनन्दन गरेको थियो । अन्तिममा कार्यक्रमका अध्यक्ष बुढाथोकीले प्रतिबद्धता मन्तव्यसहित कार्यक्रमको समापन गरेका थिए भने काठमाण्डौ, जरसिंह पौवामा भएको भेलाको अध्यक्षता संगठनका अध्यक्ष श्रीकृष्ण बस्नेत, उद्‌घोषण महासचिव योगेस भट्टराईले र स्वागत मन्तब्य सीताराम उप्रेतीले गरेका थिए।

प्रतिक्रियाहरु