पुस्तक पूजाको विरोध गर

२०८१ जेष्ठ २७ गते, आईतवार

१.            अध्ययन–अनुसन्धान नगरिकन बोल्नु हुँदैन

                यदि तपार्ईंले कुनै पनि समस्याको बारेमा अध्ययन–अनुसन्धान गर्नु भएको छैन भने तपार्ईंलाई त्यसबारे बोल्ने अधिकार छैन । के यो निकै कठोर कुरा भएनर ? पटक्कै होइन । जबसम्म तपार्ईं कुनै पनि समस्याको गहिराईमा पुग्नु हुँदैन, वर्तमानका तथ्यहरु र त्यसका विगतको इतिहासको जानकारी लिनु हुँदैन र त्यसका आधारभूत चीजहरुसित अपरिचित हुनुहुन्छ, त्यतिबेलासम्म तपार्ईंं जेसुकै बोले तापनि अवश्य भूmठो नै हुनेछ । भूmठो बोल्नाले समस्या समाधान हुँदैन भन्ने कुरा प्रत्येक व्यक्तिलाई थाहा छ । यदि त्यसो हो भने तपाईंंलाई बोल्ने अधिकारबाट बञ्चित गरिदिनु अन्यायपूर्ण हुँदैन र ? केही कामरेड सधैँभरि आँखा बन्द गरेर भूmठो कुरा गरिरहेका हुन्छन् । यो त एउटा कम्युनिष्टको लागि लाजमर्दो कुरा हो । एउटा कम्युनिष्टले आँखा बन्द गरेर भूmठो कुरा बोलिरहन कसरी सक्छ ?

यो हुँदैन !

यो हुँदैन !

तपाईंंले अध्ययन–अनुसन्धान गर्नै पर्छ ।

तपाईंंले भूmठो बोल्न छाड्नै पर्दछ ।

२.            कुनै पनि समस्याको अध्ययन–अनुसन्धान गर्नुको अर्थ समस्या समाधान गर्नु हो ।

के तपार्ईंं कुनै समस्याको समाधान गर्न सकिरहनु भएको छैन ? ठीकै छ, लाग्दै जानुहोस्, वर्तमान तथ्यहरु र त्यो समस्याको बिगत इतिहासलाई अध्ययन–अनुसन्धान गर्नुहोस् । यदि तपार्ईंले पूर्ण रुपले अध्ययन–अनुसन्धान गर्नु भयो भने त्यसलाई कसरी समाधान गर्ने भन्ने कुरा बुझ्नु हुनेछ । निर्विवाद रुपमा अध्ययन–अनुसन्धान गरेपछि नै परिणाम थाहा हुन्छ, पहिले हुँदैन ।

अध्ययन–अनुसन्धान नगरिकन “समाधान खोज्ने”या “कुनै विचार विकसित गर्न” को लागि, एक्लै आफ्नै खुट्टामा उभिएर वा कुनै समूहसित मिलेर आफ्नो दिमाग ख्यिाउने काम केवल मूर्खले मात्र गर्दछ । यसमा जोड दिनुपर्दछ कि यस किसिमबाट कुनै प्रभावकारी समाधन वा सही विचार प्राप्त गर्न सम्भव हुने छैन । अर्को शब्दमा भन्नुपर्दा, त्यसखालको व्यक्ति गलत निश्कर्ष या गलत विचारमा फस्न बाध्य हुनेछ ।

अनुसन्धान–कार्यमा लागेका र केही दिन पहिले काम सम्हालेका यस्ता छापामार नेता तथा कार्यकर्ताहरुको कमी छैन, जसले कुनै पनि स्थानमा पुग्ने बित्तिकै राजनीतिक गफ छाँट्न मन पराउँछन् र एउटा चीजको आलोचना, अर्को चीजको भत्र्सना गर्दै झगडा गर्दै हिँड्छन् ।

नेतृत्वदायी पदहरुमा थुप्रै यस्ता व्यक्तिहरु छन्, जसले कठिन समस्याहरुको सामना गर्दा त्यसलाई हल गर्ने क्षमता हासिल नगरिकनै लामा–लामा गफ गर्दछन् । तिनीहरु धैर्यता गुमाउँछन् र यसको आधारमा उनीहरुले सरूवाको माग गर्दछन् कि उनीहरु–अक्षम छन् र सुम्पिएको काम गर्न सक्दैनन्” । यो कायरहरुको भाषा हो । ठीकै छ, तपार्ईं आफ्नै खुट्टाले अगाडि बढ्न सुरू गर्नुस् । तपार्ईंको मातहतमा जति विभागहरु छन्, त्यसको निरीक्षण गर्नुहोस् । कन्फ्यूशियसले जस्तै “हरेक चीजको बारेमा सोधपुछ गर्नुहोस्” । तबमात्र तपार्ईं समस्या समाधान गर्नसक्ने योग्यता हासिल गर्नु हुनेछ । चाहे तपार्ईंको क्षमता जतिसुकै कम किन नहोस् किनकि तपार्ईंको दिमाग खाली नै किन नहोस् जब तपार्ईं फर्किनु हुनेछ, त्यतिखेर यो खाली हुँदैन बरू समस्यालाई हल गर्नको निम्ति आवश्यक तमाम सामग्रीले भरिएको हुनेछ र यही नै त्यो तरिका हो, जसबाट समस्या हल हुन्छ ।

के तपार्ईं बाहिर निस्कन आवश्यकछ ? यो अनिवार्य छैन । जसलाई तपार्ईंले एउटा कठिन समस्या मान्नु हुन्छ, त्यो समस्याको पुग्नका लागि र त्यसका वर्तमान अवस्थासम्बन्धी जान्नका लागि तपार्ईंंले परिस्थिति–विशेषसित परिचित तथा तथ्यान्वेषी ९ाबअताष्लमष्लन० व्यक्तिहरुको बैठक बोलाउन सक्नुहुन्छ । त्यसरी तपार्ईंंको कठिन समस्या समाधान गर्न सजिलो हुनेछ ।

अध्ययन–अनुसन्धानलाई गर्भावस्थाको लामा महिनाहरुसित र समस्या समाधानलाई जन्मको दिनसित तुलना गर्न सकिन्छ । समस्याको अध्ययन–अनुसन्धान गर्नु, वास्तवमा, त्यसको समाधान गर्नु हो ।

३.            सांस्कृतिक रुपले पिछडिएका चिनियाँ किसानहरुमा अहिले पनि किताबमा जे लेखिएको हुन्छ, त्यो सही हुन्छ भन्ने मानसिकता रहेको छ ।

निकै अनौठो कुरा त के छ भने कम्युनिष्ट भित्र पनि यस्ता मानिसहरु छन्, जसले छलफलको क्रममा प्रायशः के भन्ने गर्दछन् भने ‘मलाई देखाऊ त, किताबमा त्यस्तो कुरा लेखिएको छ’ । यदि हामीले नेतृत्वको कुनै उच्च निकायको निर्देशन सही छ भने त्यसलाई ‘नेतृत्वको कुनै उच्च निकाय’बाट आएको निर्देशन भनेर सजिलैसित लिनु हुँदैन । बरू त्यसको अन्तरवस्तु सङ्घर्षको वस्तुगत तथा मनोगत परिस्थिति अनुरुप छ वा छैन र त्यसले नेतृत्वको आवश्यकतालाई पूरा गर्दछ वा गर्दैन भन्ने जाँच गर्नुपर्दछ । कुनै माथिल्लो निकायबाट आएको भनेर निर्देशनहरुको सन्दर्भमा औपचारिक रूख अपनाउनु र त्यसलाई त्यत्तिकै विचारविमर्श र नगरिकन वास्तविकताको आलोकमा जाँचबुझ नगरिकन आँखा चिम्लिएर लागु गर्नु गलत हुन्छ । यस्तो औपचारिकतावादको दुष्परिणाम यो हुन्छ कि पार्टीको नीति र रणकौशलले जनसमुदायको बीचमा गहिरो जरा गाड्न पाउँदैन । माथिल्लो निकायको कुनै पनि निर्देशनलाई आँखा चिम्लिएर वा देखावटी रुपमा बिना कुनै असहमति लागु गर्नु वास्तवमा त्यसलाई लागु गर्नु होइन बरू त्यसलाई विरोध या ध्वंस गर्ने सबैभन्दा चलाखीपूर्ण तरिका हो । तसर्थ केवल किताबमा मात्र सामाजिक विज्ञानको अध्ययन गर्नु अत्यन्त खतरनाक हुन्छ र त्यसले कसैलाई प्रतिक्रान्तिको बाटोतिर लैजानसम्म सक्दछ । यो तथ्यबाट पनि उक्त कुराको प्रमाणित हुन्छ कि चिनियाँ कम्युनिष्टहरुको एउटा यस्तो जत्था थियो, जसले सामाजिक विज्ञानको अध्ययन गर्दा आपूmलाई केवल किताबमा मात्र सीमित राख्यो, तयो जत्था प्रतिक्रान्तिकारी जत्थामा परिणत हुन पुग्यो । हामीले माक्र्सवाद सही भन्दछौं तर निश्चित रुपले माक्र्स कुनै “ईश्वर” थिए, त्यसले माक्र्सवाद सही छ भन्दैनौँ । बरू के भन्दछौँ भने माक्र्सको सिद्धान्त हाम्रो व्यवहार र सङ्घर्षमा सही सावित भएको छ त्यसैले माक्र्सवाद सही छ । यदि हामीले उनको सिद्धान्त स्वीकार गर्दछौं वा बुझ्दछौँ भने हाम्रो दिमागमा उनको बारेमा “ईश्वरीय उक्ति” जस्ता कुनै औपचारिक वा रहस्यवादी बुझाई हुँदैन । धेरै मानिसहरु, जसले माक्र्सवादी किताब पढिरहेका छन्, क्रान्तिप्रति गद्दारी गरिसकेका छन् ! जबकि निरक्षर मजदुरले माक्र्सवादलाई सही किसिमले बुझ्दछ । हामीले बढीभन्दा बढी माक्र्सवादी किताबहरुको अध्ययन गर्नुपर्दछ । तर त्यो अध्ययनलाई आफ्नो देशको वास्तविक स्थितिसित अनिवार्यरुपले जोड्नुपर्दछ । हामीलाई किताबको आवश्यकता छ । तर हामी किताब पूजा गर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्दछ । वास्तविक परिस्थिति र किताब पूजा गर्ने प्रवृत्तिको बीचमा कुनै साइनो हुँदैन ।

पुस्तक पूजाबाट हामीले कसरी मुक्ती पाउन सक्दछौंँ ? त्यसको एउटा मात्र उपाय वास्तविक परिस्थितिको जाँचबुझ अर्थात् अध्ययन गर्नु हो ।

४.            वास्तविक परिस्थितिको जाँचबुझ नगर्ने हो भने विभिन्न वर्गीय शक्तिहरुको आदर्शवादी मूल्याङ्कन वा काममा आदर्शवादबाट अनिवार्य निर्देशित हुनुपर्ने छ, जसले हामीलाई या त अवसरवादमा पु¥याउने छ, या त विद्रोहवादमा ।

                के तपार्ईंलाई यो परिणामप्रति शङ्का छ ? तथ्यले तपार्ईंलाई यो स्वीकार्न विवश बनाउने छ । जाँचबुझ गर्ने कोसिस नगरिकन कुनै पनि राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्नुस्, या कुनै पनि सङ्घर्षको नेतृत्व गर्नुस्, अनि तपार्ईंले थाहा पाउनु हुनेछ कि यस्तो मूल्याङ्कन या नेतृत्व आधारहीन वा आदर्शहीन हुन्छ वा हुँदैन र यसले अवसरवादी वा विद्रोहवादी गल्तिमा पु¥याउँछ वा पु¥याउँदैन । निश्चित रुपमा यस्तो हुनेछ । यस्तो हुनुको कारण काम–कारवाहीमा जानुभन्दा पहिले सतर्कतापूर्वक योजना बनाउन असफल भएर होइन, बरू योजना बनाउनुभन्दा पहिले विशिष्ट सामाजिक परिस्थितिको सतर्कतापूर्वक अध्ययन गर्न असफल हुनुले हो । हाम्रो लालसेनाका छापामार इकाईहरुमा प्रायः यस्तो हुने गर्दछ । ती कुएई जस्ता अधिकृतहरुलाई उसको अपराधअनुसारको सजया दिँदा कुनै फरक पर्दैन । परिणाम के हुन्छ भने दोषी मानिसहरुले उसमाथि अन्याय भयो भन्ने ठान्दछन्, निकै बिवाद बनिरहन्छ । नेताले आफ्नो सम्पूर्ण आज गुमाउँदछन् । के लालसेनामा प्रायः यस्तो

हुँदैन र ?

जनसमुदायको विश्वास जित्न र शत्रुलाई पराजित गर्न हामी सफल हुनेछौं । त्यसको निम्ति प्रथमतः हामीले आदर्शवादको जरोमूलो नै खतम पार्नुपर्ने आवश्यकता छ र सम्पूर्ण अवसरवादी र विद्रोहवादी गल्तिहरुप्रति सतर्कता अपनाउनु पर्दछ । आदर्शवादलाई समूल अन्त्य गर्न प्रयत्न गर्नैपर्छ र वास्तविक परिस्थितिको जाँचबुझ गर्नुपर्दछ । आदर्शवादलाई समूल अन्त्य गर्ने यो नै एकमात्र बाटो हो ।

५.            सामाजिक तथा आर्थिक जाँचबुझको लक्ष्य वर्गशक्तिहरुको सही मूल्याङ्कनसम्म पुग्नु र फेरि सङ्घर्षको लागि सही युद्ध कौशलको सुत्रीकरण गर्नु हो ।

                हामीले सामाजिक तथा आर्थिक परिस्थितिहरुको जाँचबुझ किन गर्न परेको हो ः यो प्रश्नको यही नै राम्रो उत्तर हो । त्यो प्रश्नको उत्तरअनुसार, अलग–अलग विभाजित सामाजिक परिघटनाहरुको हैन, बरू सबै सामाजिक वर्ग हाम्रो जाँचबुझको विषय–वस्तु बन्दछ । विगतमा, लालसेनाको चौथो सेनाका कमरेडहरुले आम रुपमा जाँचबुझको काममाथि ध्यान दिए तर उनीहरुमध्ये कैयौँले जुन पद्दति लागु गरे त्यो गलत थियो । त्यसरी उनीहरुको जाँचबुझको परिणाम व्यापारीले खाताजस्तै घिसेपिटे हुन्छ, या त दुर्गम पहाडी इलाकाबाट घना बस्ती भएको सहरमा आएको कुनै सामान्य सोझो किसानले सहरको सम्बन्धमा जे बुझ्दछ वा देख्दछ, ठीक त्यही किसिमको विचित्रको कहानीजस्तो बन्दछ । यस किसिमको जाँच बुझको कुनै उपयोगिता हुँदैन । यसबाट हाम्रो मुख्य उद्देश्य पूरा हुन सक्दैन । हाम्रो मुख्य उद्देश्य विभिन्न सामाजिक वर्गहरुको राजनीतिक तथा आर्थिक स्थिति बुझ्नु हो । प्रत्येक वर्गको वर्तमान स्थिति र उसको विकासको उतार चढावको तस्वीर हाम्रो जाँचबुझको नतिजा हुनुपर्दछ । उदाहरणको लागि, कृषि संरचनाको जाँचबुझ गर्दा हामीले केवल मालिक किसान, धर्म–मालिक, किसान र खेत मजुदरको संख्या मात्र जान्नुहुँदैन, जुन काश्तकारीको सम्बन्ध अनुसार विभाजित हुन्छन्, बरू बढीभन्दा बढी विशेष किसिमले धनी किसान, मध्यम किसान र गरिब किसानहरुको संख्या जान्नु पर्दछ, जुन वर्ग या सामाजिक स्तरअनुसार विभाजित हुन्छन् । व्यापार संरचनाको जाँचबुझ गर्दा हामीले अन्न कपडा, जडीबुटीजस्ता चीजहरुको व्यापारमा लागेको संख्याको जानकारी हासिल गर्नुभन्दा बरू बढीभन्दा खासगरिकन साना व्यापारी, मध्यम व्यापारी र ठूला व्यापारीको संख्याको बारेमा जान्नुपर्दछ । हामीले केवल प्रत्येक व्यापारको स्थितिको जाँचबुझ गरिरहनु पर्दैन, बरू त्यो भन्दा बढी खासगरिकन त्यस भित्रको वर्ग–सम्बन्धको जाँचबुझ गर्नुपर्दछ । केवल विभिन्न व्यापारहरुको बीचको सम्बन्धको मात्र नभएर बढिभन्दा बढि विशेष रुपले विभिन्न वर्गहरुको बीचको सम्बन्धको जाँचबुझ गर्नु पर्दछ । जाँचबुझको लागि हाम्रो मुख्य पद्दति विभिन्न सामाजिकवर्गहरुलाई वेग्लाबेग्लै रुपमा बुझ्ने हुनु पर्दछ र हाम्रो अन्तिम उद्देश्य तिनीहरुको (वर्गहरुको) अन्तरसम्बन्ध जान्नु हो । जसले गर्दा हामी वर्ग–शक्तिहरुको सही मूल्याङ्कन गर्न सक्ने छौं । तब नै कुन–कुन वर्ग क्रान्तिकारी सङ्घर्षको मुख्य शक्ति हो, कुन–कुन वर्गहरुलाई सहयोगीका रुपमा आफ्नो पक्षमा लिने र कुन–कुन वर्गहरुको सत्ता उखेलेर फ्याँक्ने भन्ने कुरालाई परिभाषित गर्दै सङ्घर्षको लागि सही युद्धकौशल सूत्रबद्ध गर्न सकिने छ । यही नै हाम्रो एक मात्र उद्देश्य हो ।

ती कुन–कुन सामाजिक वर्गहरुको जाँचबुझ गर्न आवश्यक छ ? ती हुन् ः

ड्ड           औद्योगिक सर्वहारा

ड्ड           दस्तकार मजुदर

ड्ड           खेत मजदुर

ड्ड           गरिब किसान

ड्ड           सहरिया गरिब

ड्ड           लंपट–सर्वहारा

ड्ड           मालिक दस्तकार

ड्ड           साना व्यापारी

ड्ड           मध्यम किसान

ड्ड           धनी किसान

ड्ड           भूस्वामी

ड्ड           व्यापारिक पुँजीपति

ड्ड           औद्योगिक पुँजीपति

                जाँचबुझको सिलसिलामा हामीले यी सबै वर्गहरु या सामाजिक स्तरहरुको स्थितिमाथि ध्यान दिनुपर्दछ । हामीले अहिले काम गरिरहेका इलाकाहरुका केवल औद्योगिक सर्वहारा र औद्योगिक पुँजीपतिवर्गको मात्र उपस्थिति छैन । अन्य सबै वर्गहरुको सम्पर्कमा हामी लगातार रहिरकेका छौ । यी सबै वर्ग तथा स्तरहरुको सम्बन्धमा हामीले अपनाउने युद्धकौशल नै हाम्रो सङ्घर्षको युद्धकौशल हो ।

अतितमा जाँचबुझसम्बन्धमा हाम्रो एउटा गम्भीर कमजोरी के रह्यो भने हामीले सहरी क्षेत्रलाई उपेक्षा गर्ने र ग्रामीण क्षेत्रमा अनावश्यक रुपमा पनि महत्व दिइरहने ग¥यौं । त्यही कारणले गर्दा हाम्रा अधिकांश कामरेडहरुमा सहरी गरिब र व्यापारिक पुँजीपतिहरुसम्बन्धी हाम्रो युद्धकौशलबारे बुझाई प्रायः अस्पष्ट रहिरह्यो । सङ्घर्षको विकासले हामीलाई पहाडबाट मैदानमा आउनु पर्ने बनाइदिएको छ । शारीरिक रुपमा त हामी पहाडबाट तल ओर्लियौ, तर मानसिक रुपमा हामी अहिले पनि माथि पहाडमा रहिरहेका छौं । हामीले सहरलाई पनि ग्रामिण क्षेत्रसरह ठान्नुपर्दछ अन्यथा हामी क्रान्तिकारी सङ्घर्षका आवश्यकताहरुलाई पूरा गर्न असमर्थ हुनेछौं ।

६.            चिनियाँ क्रान्तिकारी सङ्घर्षको विजय चिनियाँ परिस्थितिसम्बन्धी बुझाइमाथि निर्भर हुन्छ ।

                हाम्रो सङ्घर्षको लक्ष्य जनवादको चरण पार गर्दै समाजवाद हासिल गर्नु हो । यस कार्यभार अन्तर्गत, बहुसङ्ख्यक मजदुरवर्गलाई आफ्नो पक्षमा लिएर ग्रामीण किसान तथा सहरिया गरिबहरुलाई जागृत गरी भू–स्वामीवर्ग, साम्राज्यवाद र क्वमिन्ताङ्ग शासनसत्तालाई पल्टाएर जनवादी क्रान्ति पूरा गर्नु पहिलो कदम हो । अघिल्लो कदम हो समाजवादी क्रान्ति, जुन वर्तमान सङ्घर्षको अग्रगामी कडी हुनेछ । यो महान् क्रान्तिकारी कार्यभारलाई पूरा गर्नु नै साधारण या सरल काम छैन र यो सम्पूर्णरुपले सर्वहारावर्गको पार्टीको सही एवम् दृढ युद्धकौशलमाथि निर्भर गर्दछ ।

यदि संघर्षमा युद्धकौशल गलत या ढुलमुल र अस्तव्यस्त हुने हो भने निश्चय नै क्रान्तिले अस्थायी रुपमा पराजयको सामना गर्नुपर्ने छ । के कुरा ख्याल राख्न जरूरी छ भने बुर्जुवा पार्टीले पनि संघर्षसम्बन्धी आफ्ना युद्धकौशललाई लिएर लगातार विचार–विमर्श गरिरहन्छ । मजदुरवर्गलाई दिग्भ्रमित पार्न उनीहरुको बीचमा सुधारवादी प्रभाव कसरी फैलाउने, उनीहरुलाई कम्युनिष्ट पार्टीको नेतृत्वबाट कसरी अलग बनाउने, गरिब किसानहरुको विद्रोहलाई दबाउन धनी किसानहरुलाई कसरी साथ लिने र क्रान्तिकारी सङ्घर्षलाई दबाउन अपराधी गिरोह कसरी सङ्गठित गर्ने भन्ने विषयमा उनीहरुले लगातार विचार–विमर्श गरिरहन्छन् । जब वर्गसङ्घर्ष बढीभन्दा बढी तीब्र गतिमा अगाडि बढ्दछ, जब लडाइँ आमुने सामुन्ने, हुन्छ, त्यतिबेला सर्वहारावर्गको विजय आफ्नो पार्टी कम्युनिष्ट पार्टीको संघर्षसम्बन्धी सही एवम् दृढ युद्धकौशलमाथि आधारित रहेको हुन्छ । कुनै पनि कम्युनिष्ट पार्टीको संघर्षसम्बन्धी सही र अटल युद्धकौशल कार्यालयमा बसेका थोरै व्यक्तिले निर्माण गर्न सक्दैनन् । त्यो त जनसंघर्षको सिलसिला अर्थात् वास्तविक अनुभवको सिलसिलामा प्राप्त हुने कुरा हो । त्यसैले हामीले हरेक समय सामाजिक स्थितिको अध्ययन गर्नुको साथै व्यवहारिक जाँचबुझ गर्न जरूरी छ । ती केही कामरेडहरु, जो लचिला छैनन, रूढिवादी, औपचारिकतावादी र हवाई आशावादी छन्, तिनीहरुले के सोच्ने गर्दछन् भने संघर्षसम्बन्धी वर्तमान रणकौशल पूर्णतः सही छ, पार्टीको छैठौंँ राष्ट्रिय महाधिवेशनको “दस्तावेजहरुको किताब मा स्थायी विजयको ग्यारेण्टी गरेको छ, यही स्थापित पद्दतिमाथि आधारित रहेर निरन्तर विजय प्राप्त गर्न सकिन्छ । यो विचार पूर्णत ः गलत छ । कम्युनिष्टहरुले संघर्षद्वारा अनुकूल नयाँ परिस्थिति निर्माण गर्नु पर्दछ भन्ने कुरासित यो विचारले पटक्कै मेल खाँदैन । त्यस्तो विचारले पूर्णतः रूढीवादी कार्यदिशाको प्रतिनिधित्व गर्दछ । जबसम्म यस्ता विचारलाई पूर्णरुपले त्याग्न सकिँदैन, त्यो नीतिले क्रान्तिलाई ठूलो नोक्सान पु¥याउने छ र स्वयं त्यस्ता विचार बोक्ने कमरेडहरुलाई पनि नोक्सान पु¥याउने छ । स्पष्टै छ कि हाम्रो लालसेनामा केही यस्ता कामरेडहरु छन्, जसले चीजलाई जस्ताको तस्तै बुझ्न छाडेर सन्तुष्ट छन् । ती कामरेडहरुले कुनै पनि चीजलाई राम्ररी बुझ्न चाहँदैनन्, निराधार रुपमा आशावादी हुन्छन् र “यो नै सर्वहारा पद्दति हो” भनेर भ्रम फैलाउँछन् । तिनीहरु पेटभरि खान्छन् र एक कदम पनि नहिँडिकन तथा जाँचबुझको लागि जनताको बीचमा नपुगिकन आफ्नै कार्यालयमा बसेर उँघद्छन् । जब तिनीहरुले मुख खोल्छन् । तिनका घिसेपिटे कुरा सुनेर मानिसलाई वाक्क लाग्दछ । यी कामरेडहरुलाई ब्युझाउनका लागि हामीले आवाजलाई चर्को बनाउनु पर्दछ र उनीहरुलाई चर्को स्वरमा भन्नु पर्दछ –

ड्ड           ढिलो नगरिकन आफ्नो रूढिवादी विचारहरुलाई बदल ।

ड्ड           त्यसको सट्टामा प्रगतिशील र जुझारू कम्युनिष्ट विचार अपनाऊ ।

ड्ड           सङ्घर्षमा उत्र !

ड्ड           जनसमुदायको बीचमा पुगेर तथ्यहरुको जाँचबुझ गर !

७.            जाँचबुझ गर्ने विधि

(क)         तथ्य अन्वेषणसम्बन्धी बैठक बसेर विचार–विमर्शको माध्यमबाट जाँचबुझ गर्ने कामको जिम्मा लेऊ ।

सत्यताको नजिक पुग्ने र निश्कर्षमा वा परिणाममा पुग्ने यो नै एकमात्र बाटो हो । यदि तपार्ईं विचार–विमर्शको माध्यमबाट जाँचबुझको लागि तथ्य अन्वेषणसम्बन्धी बैठक बस्नु हुँदैन र केवल आफ्नो व्यक्तिगत अनुभव सुनाउने एकजना व्यक्तिमाथि भर पर्नुहुन्छ भने सजिलैसित गल्ती हुन पुग्दछ । बैठकमा विचार–विमर्शको लागि सारभूत विषय उठाउनुको सट्टा यदि तपार्ईंंले लापरवाही ढङ्गले विषयवस्तु राख्नुहुन्छ भने सही निष्कर्षमा पुग्न सम्भवत ः कठिन हुनेछ ।

(ख)        तथ्यअन्वेषण सम्बन्धी बैठकमा कुन किसिमका व्यक्तिहरुलाई सङ्लग्न गराउनु पर्छ ?

तिनीहरु सामाजिक तथा आर्थिक स्थितिसित राम्रोसँग परिचित व्यक्ति हुनुपर्दछ । जहाँसम्म उमेरको कुरा छ, उमेरको हिसाबले धेरै पाका व्यक्तिहरु सबभन्दा उपयुक्त हुनेछ किनकि उनीहरुसित प्रशस्त अनुभव हुन्छ, उनीहरुले के भइरहेको छ भन्ने कुरा मात्र नभएर त्यसको कारण र प्रभाव पनि बुझ्न सक्दछन् । सङ्घर्षमा अनुभव प्राप्त युवाहरुलाई पनि सामेल गर्नु पर्दछ, किनकि उनीहरुसित प्रगतिशील विचार र तीक्ष्ण दृष्टि हुन्छ । जहाँसम्म पेशासँग सम्बन्धित कुरा छ, मजदुर, किसान, ब्यापारी, बुद्धिजीवी, कुनै बेला सैनिकलाई र यहाँसम्म कि कहिलेकाहीँ घुमन्तेलाईसम्म पनि सामेल गराउनुपर्दछ । स्पष्ट छ कि, यदि कसैलाई कुनै विषयमा कुनै सम्बन्ध नै छैन भने उसलाई विचार–विमर्शमा सामेल गराउनु जरूरी छैन । उदाहरणको लागि, जाँचबुझको विषयमा वाणिज्य छ भने मजदुर, किसान, विद्यार्थीलाई उपस्थित गराउन जरूरी हुँदैन ।

(ग)         तथ्य अन्वेषणसम्बन्धी बैठक कस्तो राम्रो हुन्छ, ठूलो या सानो ?

यो कुरा त जाँचबुझ गर्नेवालाको बैठक सञ्चालन गर्ने क्षमतामाथि निर्भर गर्दछ । यदि उनीहरु त्यसमा कुशल छन् भने बाह्र जना, बीस जना या त्यो भन्दा बढी व्यक्तिहरुलाई बैठकमा बोलाउन सकिन्छ । धेरै जनाको बैठकबाट तपार्ईंलाई नै फाइदा हुनेछ, उत्तरहरुबाट तपार्ईंले निकै सही आँकडा (जस्तै, कुल किसान बस्तीमा गरिब किसानहरुको प्रतिशत जान्न) र निकै सही निष्कर्ष (जस्तै, भूमिलाई समान ढंगले पुनः वितरण गर्ने वा विभेदिकृत पुनः वितरण गर्ने भन्ने कुरा जान्न) हासिल गर्न सक्नु हुनेछ । अवश्य यसले तपार्ईंलाई नोक्सान पनि हुन्छ । यदि तपार्ईं बैठक सञ्चालन गर्न कुशल हुनु भएन भने बैठकलाई व्यवस्थित बनाउन कठिन हुनेछ । त्यसैले कुनै बैठकमा भाग लिने व्यक्तिको संख्या कति हुन भन्ने कुरा जाँचबुझ गर्नेवालाको क्षमतामाथि भर पर्दछ । तथापि, न्यूनतम पनि तीन जनाको संख्या हुनै पर्दछ, अन्यथा प्राप्त सूचना सीमित भएका कारण वास्तविक स्थितिको जानकारी पाउन सकिने छैन ।

(घ)         जाँचबझुसम्बन्धी विस्तृत रुपरेखा पहिले नै तयार गरिसक्नु पर्दछ र जाँचबुझ गर्नेवालाको त्यस रुपरेखाअनुसार प्रश्न सोध्नु पर्दछ र बैठकमा उपस्थित व्यक्तिहरुबाट उत्तर प्राप्त गर्नु पर्दछ । कुनै बुँदा स्पष्ट भएन वा त्यसमा शङ्का लाग्यो भने त्यसमाथि छलफल वा विचारविमर्श गर्नुपर्दछ । विस्तृत रुपरेखामा मुख्य विषय तथा उपशीर्षकको सार्थ विस्तृत रुपले विवरण पनि सामेल गरिनुपर्दछ । उदाहरणको लागि वाणिज्यलाई मुख्य विषयको रुपमा लिने हो भने कपडा, अन्न, अन्य आवश्यक जडीबुटीजस्ता यसका उपशीर्षक हुन सक्दछन् । फेरि कपडाअन्तर्गत कैलीको (छपाइएको मोटो सुती कपडा), घर बुना कपडा, रेशम, साटनजस्ता विस्तृत विवरण हुन सक्दछन् ।

(ङ)          व्यक्तिगत जिम्मेवारी

नगर सरकारको अध्यक्षदेखि केन्द्रीय सरकारको अध्यक्षसम्म, सैन्य टुकडीको नेतादेखि लिएर सेनाध्यक्षसम्म, पार्टी शाखाको सेक्रेटरीदेखि जनरल सेक्रेटरीसम्म ती प्रत्येक व्यक्ति, जसको जिम्मेवारी नेतृत्व प्रदान गर्ने हो, ले विशिष्ट सामाजिक तथा आर्थिक स्थितिहरुको जाँचबुझ गर्ने कामको व्यक्तिगत रुपमा जिम्मेवारी लिनुपर्दछ र केवल रिपोर्ट पढ्नसम्म मात्र सीमित हुनुहुन्न । किनकि रिपोर्ट पढ्नु र जाँचबुझ गर्नु नितान्त बेग्लाबेग्लै चीज हुन् ।

(च)         गम्भीरतापूर्वक छानवीन गर

                जाँचबुझ गर्ने काममा कुनै नयाँ व्यक्तिलाई कुनै स्थान–विशेष (जस्तै, कुनै सहर वा कुनै गाउँ) या कुनै समस्या–विशेष (मानौ ? अन्न या मुद्राको समस्या) बारे पूरा जानकारी हासिल गर्नको लागि एक वा दुई विस्तृत जाँचबुझ गराउनु पर्दछ । कुनै एक स्थान–विशेष समस्या विशेषको गम्भीरूतापूर्वक छानवीन गर्नाले अर्को स्थान या समस्या सम्बन्धी भविष्यमा जाँचबुझ गर्ने कार्यलाई अपेक्षाकृत सुगम बनाइदिन्छ ।

(छ)         तपार्ईं स्वयंले टिप्पणी तयार पार्नुहोस्

                जाँचबुझसम्बन्धी कार्य गर्नेवालाले केवल तथ्य अन्वेषणसम्बन्धी बैठकको अध्यक्षता गर्ने र उपलब्ध व्यक्तिहरुको यथोचित मार्गदर्शन गर्ने काम मात्र गर्नु हुँदैन, बरू स्वयं आफ्नो टिप्पणी बनाउनुर्पछ र स्वयंले निस्कर्ष प्रस्तुत गर्नुपर्दछ । दोस्रो व्यक्तिले यो काम गर्नु राम्रो हुँदैन ।

टिप्पणी

१.            हेर्नुहोस् – कन्फुसियसको उक्ति सङ्ग्रह, तेस्रो पुस्तक, “पायी” “कन्फुसियसले पूर्वजहरुको मन्दिरमा प्रवेश गर्दा हरेक चीजको बारेमा सोधपुछ गर्दथे ।”

२.            ली कुएइ सुपरिचित चिनियाँ उपन्यास शुन्य हुचुआव (दलदलेको नायक । का एक नायक थिए । यस उपन्यासमा उत्तरी शुंग वंश (९६० – ११२७) को अन्तिम तिरेको किसान सङ्घर्षको वर्णन गरिएको छ । ली कुएई सरल, फरासिला र किसानहरुको समस्याप्रति अत्यधिक समर्पित व्यक्ति थिए । तर उनी अधकल्चो र अव्यवहारिक थिए ।

३.            कामरेड माओत्सेतुङले सामाजिक जाँचबुझलाई सर्वाधिक महत्वपूर्ण काम र नेतृत्वको काममा नीतिलाई परिभाषित गर्ने आधार मान्नु हुँदैन बारम्बार जाँचबुझ कार्यमा निकै जोडदिनु हुन्थ्यो । माओत्सेतुङको पहलकदमिमा लालसेनाका चौथो सेनामा जाँचबुझसम्बन्धी काम क्रमशः अगाडि बढ्यो । उहाँले के निर्देशन दिनुभयो भने सामाजिक जाँचबुझ सम्बन्धी काम एउटा नियमित कार्य हुनुपर्दछ र लालसेनाको राजनीतिक विभागले जनसंघर्षहरुको स्थिति, प्रतिक्रियावादीहरुको स्थिति, जनताको आर्थिक जीवन र ग्रामीण इलाकामा प्रत्येक वर्गका मालिकहरुको जमिनको परिमाणजस्ता विवरणहरुलाई समेट्दै जाँचबुझ सम्बन्धी विस्तृत तौरतरिका तयार पार्नुपर्दछ । लालसेना जहाँ पुग्यो, उसले त्यस इलाकाको वर्गीय परिस्थितिको जानकारी हासिल ग¥यो र तब मात्र जनसमुदायको आवश्यकता अनुरुप नाराहरुलाई सूत्रबद्ध ग¥यो ।

४.            “पहाडहरु” को अर्थ यहाँ क्याङ्गसी र हुनान प्रान्तका सीमालगायत चिङ्गकाङ्ग पहाडी क्षेत्रसम्मलाई बताउन खोजिएको हो । “मैदानहरु”को अर्थ दक्षिणी क्याङ्सी र पश्चिम फुकिएनको मैदानी क्षेत्रसम्म हो । जनवरी १९२९ मा क. माओ त्सेतुङ दुईओटा ठूला–ठूला क्रान्तिकारी आधारक्षेत्र स्थापना गर्ने उद्देश्यले लालसेनाको चौथो सेनाको मुख्य भागलाई आफ्नो नेतृत्वमा चिङ्गकाङ्ग पहाडदेखि तल दक्षिणी क्याङ्गसी र पश्चिमी फुकिएन लिएर जानुभएको थियो ।

५.            “दस्तावेजहरुको किताब” मा जुलाई १९२८ मा चिनियाँ कम्युनिष्ट पार्टीको छैठौं राष्ट्रिय महाधिवेशनद्वारा पारित प्रस्ताव राखिएको थियो । जसमा किसानको सवाल, भूमि सवाल र राजनीतिक सत्ताको संगठनसम्बन्धी प्रस्ताव पनि थियो । १९२९ को सुरूआतमा लालसेनाको चौथो सेनाको मोर्चा कमिटिले लालसेनाका पार्टी–संगठनहरुमा विवरणका लागि यी प्रस्तावहरुलाई पुस्तकको रुपमा प्रकाशित गरेको थियो ।

हस्तबहादुर के.सी. द्वारा संकलित तथा सम्पादित पुस्तक ‘माओत्सेतुङका प्रमुख लेखहरु’ बाट

प्रतिक्रियाहरु